काठमाडौं, १२ भदौ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्यूरोको बैठकले नेपालका बाढी तथा विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
Advertisement
राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको बैठकले केरुङ क्षेत्रमा आएको बाढी र पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने र नेपालसहित अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बैठकले बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोज तथा उद्धारलाई प्राथमिकता दिँदै विपद्पछिको पुनर्स्थापना र व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।