• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नर्वेका राजा हेराल्डको निधन

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

तीज गीत: विपत्तिको गरौँ सामना

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

चीनको साथबिना इरानमाथि दबाब कठिन

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ३. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ४. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

चीनको साथबिना इरानमाथि दबाब कठिन


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • बेइजिङ, १२ भदौ (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबाबमा पार्ने तयारी गरे पनि चीनको सहयोगबिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् ।

    Advertisement

    मध्यपूर्वमा युद्ध सुरु भएको करिब छ महिनापछि वासिङ्टनले इरानविरुद्ध प्रतिबन्ध विस्तार गर्ने तयारी गरेको छ । अमेरिकी अधिकारीहरूले इरानलाई सहयोग गर्ने राष्ट्र तथा संस्थामाथि समेत कारबाही गर्ने चेतावनी दिएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनलाई अमेरिकी अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

    तर चीनले तेहरानसँगको आफ्नो सहयोगको बचाउ गर्दै आफ्ना आर्थिक तथा रणनीतिक हितको रक्षा गर्ने स्पष्ट पारेको छ । आगामी सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राजधानीको भ्रमण गर्ने तयारी भइरहेका बेला इरानको विषयले चीन–अमेरिका सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने देखिएको छ ।

    सिङ्गापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका राजनीतिक वैज्ञानिक डिलन लोहका अनुसार इरानलाई पूर्ण रूपमा आर्थिक रूपमा अलग गर्न अमेरिकालाई चीनको सहयोग आवश्यक पर्नेछ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो र दुई देशबीचको व्यापारको ठूलो हिस्सा चिनियाँ मुद्रा रेन्मिन्बीमा हुने भएकाले अमेरिकी प्रतिबन्धको प्रभाव सीमित गर्न सकिन्छ ।

    युद्धअघि इरानले दैनिक लाखौँ ब्यारेल तेल निर्यात गर्ने गरेकोमा ठूलो हिस्सा चीन पुग्ने गरेको थियो । वासिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसका फेलो निनो लेजावाका अनुसार तेल इरानको प्रमुख आर्थिक आधार हो । चिनियाँ तेल खरिद घटे पनि त्यसबाट प्राप्त आम्दानी इरानका लागि महत्त्वपूर्ण रहेको फुदान विश्वविद्यालयका प्राध्यापक सन देगाङले बताउनुभयो ।

    चीनले इरानसँग व्यापार र वैकल्पिक भुक्तानी प्रणाली कायम राखिरहे मात्र पनि अमेरिकी प्रतिबन्धको प्रभाव कमजोर पार्न सकिने लेजावाको भनाइ छ । अमेरिकाले इरानसँग कारोबार गर्ने चिनियाँ बैंकमाथि समेत प्रतिबन्ध लगाउन सक्ने सङ्केत दिएको छ । यसै साता इरानलाई ‘महत्त्वपूर्ण प्रविधि’ उपलब्ध गराउन सहयोग गरेको आरोपमा केही चिनियाँ संस्थामाथि प्रतिबन्ध लगाइए पनि प्रमुख चिनियाँ वित्तीय संस्थामाथि भने व्यापक कारबाही गरिएको छैन ।

    प्राध्यापक सनले चिनियाँ कम्पनीमाथि निरन्तर प्रतिबन्ध लगाएर अमेरिकाले बेइजिङबाट इरानविरुद्ध सहयोगको अपेक्षा गर्न नसक्ने बताउनुभयो । चीनको विदेश मन्त्रालयले पनि इरानसँगको सहयोग अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रहेको र त्यसमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

    हर्मुज जलघाँटीको अवरोधबाट चीनले समेत आर्थिक असर भोगिरहेको छ । कमजोर घरेलु उपभोगका कारण आर्थिक दबाबमा रहेको चीनले इरानसँगको व्यापार पूर्ण रूपमा रोक्दा थप समस्या निम्तिन सक्ने विश्लेषकहरूको भनाइ छ । सिङ्गापुरस्थित नेसनल युनिभर्सिटीका सहयोगी प्राध्यापक चोङ जा इयानका अनुसार अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्न चीनसँग खासै कारण छैन ।

    जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक तथा पूर्वी एसिया विज्ञ लिम ताई वेईका अनुसार इरानविरुद्ध प्रभावकारी विश्वव्यापी अभियान सञ्चालन गर्न वासिङ्टनले चीनलाई सहभागी गराउन पर्याप्त प्रोत्साहन दिनुपर्ने हुन सक्छ । फेलो लेजावाका अनुसार इरानलाई सहयोग गर्दा हुने रणनीतिक तथा आर्थिक लाभभन्दा त्यसको लागत उल्लेखनीय रूपमा बढी भएमा मात्र चीन अमेरिकी अभियानमा सहभागी हुने सम्भावना छ ।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नर्वेका राजा हेराल्डको निधन
    नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय
    बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
    सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
    अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ३.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ४.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      नर्वेका राजा हेराल्डको निधन

    • २.
      नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

    • ३.
      बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • ४.
      सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    • ५.
      बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    • ६.
      तीज गीत: विपत्तिको गरौँ सामना

    • ७.
      अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

    • ८.
      बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.