अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति, अर्घाखाँचीले रसुवा जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष थम्मन केसीद्वारा जारी शोक वक्तव्यमा बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
वक्तव्यमा बाढी तथा विपद्बाट भएको क्षतिको उद्धार र राहतका लागि सरकारले उच्च प्राथमिकताका साथ कदम चाल्नुपर्ने माग गरिएको छ । वातावरण विनाशका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको उल्लेख गर्दै पर्यावरण संरक्षणमा सरकार र आम नागरिकको ध्यान जानुपर्नेमा जोड दिइएको छ।
यसैगरी, अर्घाखाँचीका विभिन्न स्थानका मिनकला राना, तारा राना, सुमित मल्ल, इन्जिनियर कृष्ण श्रेष्ठ, प्रशान्त रेग्मी, नारायण थापा, नारायण पन्थी र सुवोध बेबासे लगायत हालसम्म सम्पर्कमा नआएकाहरूको खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

