• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

इरान वार्तामा हतार छैन : ट्रम्प


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • वासिङ्टन, ११ भदौ (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताउनुभएको छ । उहाँले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    अल जजिरासँग बुधबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन कति समय दिइएको भन्ने प्रश्नमा आफूले कुनै समयतालिका नबनाएको बताउनुभयो । उहाँले अमेरिकाले ‘धेरै ठूलो जित’ हासिल गरिरहेको दाबी गर्दै इरानको उच्च मुद्रास्फीति र कमजोर बन्दै गएको अर्थतन्त्रतर्फ सङ्केत गर्नुभयो । सैन्य आक्रमण वा आर्थिक उपायमध्ये कुन प्रभावकारी छ भन्ने प्रश्नमा उहाँले दुवै प्रभावकारी रहेको बताउनुभयो ।

    यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी बिहीबार तेहरान पुगेर इरानी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार उहाँले तनाव घटाउने र वार्ताका लागि अनुकूल वातावरण बनाउने उपायबारे छलफल गर्नुहुनेछ । वार्तामा हर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता तथा फेब्रुअरी २८ अघिको अवस्थातर्फ फर्किनुपर्ने विषय पनि उठाइनेछ ।

    अमेरिकाले तेहरानविरुद्ध सैन्य अभियान सुरु गरेको करिब छ महिनापछि कतार र पाकिस्तानको सक्रियतामा तनाव कम गर्ने कूटनीतिक प्रयास अघि बढेको हो । यस क्रममा राष्ट्रपति ट्रम्पले जारी सैन्य कारबाहीमा गम्भीर घाइते भएको भनिएका इरानी सर्वोच्च नेता मोजतबा खामेनी अझै जीवित रहेको आफूलाई विश्वास रहेको बताउनुभएको छ ।

    यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टन तत्काल इरानविरुद्ध नयाँ सैन्य आक्रमण गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको छ । अमेरिकी प्रशासनले अहिले नौसैनिक अवरोध र आर्थिक उपायमार्फत दबाब बढाउने रणनीति लिएको बताइएको छ । यद्यपि तेहरानबाट पहिले आक्रमण भएमा सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    अगस्ट २४ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरु गर्ने घोषणा गर्नुभएको थियो । अभियानमार्फत इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनलाई सहयोग पुग्ने राजस्व स्रोत रोक्ने उद्देश्य राखिएको बताइएको छ ।

    कतारको पहल पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालैको तेहरान भ्रमणपछि अघि बढेको हो । उहाँले हर्मुजको जलघाँटी पुनः खोल्ने तथा क्षेत्रीय प्रोक्सीमार्फत हुने आक्रमण रोक्ने प्रतिबद्धताको बदलामा नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउने अमेरिकी प्रस्ताव इरानसमक्ष राख्नुभएको बताइएको छ ।

    कतार र पाकिस्तान अमेरिका–इरान द्वन्द्व कम गर्ने प्रयासमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय छन् । शुक्रबार अगस्ट २८ मा अमेरिकी सैन्य अभियान सुरु भएको छ महिना पुग्दैछ । यसअघि राष्ट्रपति ट्रम्पले द्वन्द्व चारदेखि छ हप्तामात्र चल्ने बताउनुभएको थियो ।

    गत जुनमा अमेरिका र इरानले हर्मुज हुँदै पारवहन, इरानमाथिका प्रतिबन्ध हटाउने तथा तेहरानको आणविक कार्यक्रमबारे वार्तासहितका विषयमा ६० दिने समझदारी गरेका थिए । उक्त समझदारी यसै महिनाको सुरुमा समाप्त भएको थियो ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.