काठमाडौँ । जापान नेपाली एकता समाजले रसुवा विपत्तिमा आफूहरू साथ रहेको स्पष्ट पारेको छ ।
Advertisement
अध्यक्ष डण्ड केसी र महासचिव धनराज गौतमको हस्ताक्षरमा २०८३ भदौ १० गते प्रेसवक्तव्य जारी गर्दै समाजले सो धारणा व्यक्त गरेको हो ।
समाजले देशमा विपत्ति पर्दा देशविदेशमा रहेका सबै नेपालीले सहयोग तथा राहतकार्यमा जुट्न अपिल गरिएको छ ।
बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।
घाइतेको उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वक्तव्यमा खोजी, उद्धार र सुरक्षित स्थानान्तरको व्यवस्था गर्न पनि सरकारसित माग गरिएको छ ।

