• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

एल निनोले बढायो खडेरीको जोखिम


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • सान साल्भाडोर, १० भदौ । मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य सङ्कटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् । पानीको सतह घटेपछि पनामा नहरमा जहाज आवागमन प्रभावित भएको छ भने एल साल्भाडोरमा वर्षाको अभावले कृषि उत्पादनमा क्षति पुगेको छ ।

    Advertisement

    पनामा मङ्गलबार एल निनोका कारण आपतकालीन अवस्था घोषणा गर्ने होन्डुरस र एल साल्भाडोरपछिको तेस्रो मध्य अमेरिकी देश बनेको हो । पनामाका गृहमन्त्री डिनोस्का मोन्टाल्वोले घोषणाले एल निनोबाट आउन सक्ने जोखिम सामना गर्न आवश्यक तयारी गर्न सहज हुने बताउनुभयो । गम्भीर खडेरीले कृषि उत्पादनमा क्षति पुर्‍याएपछि खाद्य अभाव र अनिकालको चिन्ता बढेको उहाँले बताउनुभयो ।

    यसैबीच, एल साल्भाडोरले प्रभावित समुदायको निगरानी तथा सहायता तीव्र पार्दै देशभर मौसमजन्य र कृषि खडेरीका लागि ‘रेड अलर्ट’ घोषणा गरेको छ । वर्षाको अभावले बाली नष्ट भएपछि सिँचाइ सुविधा नभएका ग्रामीण परिवारलाई कृषि मन्त्रालयले खाद्यान्न सहयोग उपलब्ध गराउने जनाएको छ ।

    एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने मौसमी अवस्था हो । यसले हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याएर विभिन्न क्षेत्रमा असामान्य मौसम निम्त्याउँछ । मध्य अमेरिकामा यसको प्रभावसँगै होन्डुरसले आफ्नो करिब ८० प्रतिशत भूभागमा सतर्कता अपनाएको छ ।

    एल साल्भाडोरका धेरै नगरपालिका होन्डुरस र निकारागुआका केही भागसमेत समेटिएको ‘सेन्ट्रल अमेरिकन ड्राई करिडोर’ मा पर्छन् । यस क्षेत्रमा खडेरीसँगै तापक्रमसमेत बढेको छ । पनामा, एल साल्भाडोर र होन्डुरसले जुन र जुलाईमा मासिक तापक्रमका कीर्तिमान तोडेका छन् भने एल साल्भाडोरमा अगस्टमा मात्रै १४ तापक्रम कीर्तिमान कायम भएका छन् ।

    यसैगरी, पेरुले गत साता एल निनोबाट प्रभावित करिब एकतिहाइ सहरमा आपतकालीन अवस्था घोषणा गरेको थियो । तीव्र गर्मी र असामान्य वर्षाले कृषि तथा खाद्य उत्पादनमा क्षति पुर्‍याउन सक्ने भन्दै त्यहाँ पनि सतर्कता बढाइएको छ । (रासस/एएफपी)

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.