काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–४ स्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न भएको आरोपमा भरतपुर–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।
Advertisement
जाहेरीअनुसार साउन ३१ गते भट्टले बालिकालाई रिसोर्टमा लगेर कोठाभित्र थुनी बलात्कार गरेको आरोप छ।
बालिका प्रतिकार गर्दै भाग्न सफल भएको बताइएको छ। घटनाबारे प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। आरोपी भने फरार रहेको बताइएको छ।