क्यामरुनको सीमासँग जोडिएको सेन्ट्रल अफ्रिकन रिपब्लिकको पश्चिमी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार मंगलबार दिउँसो भएको दुर्घटनापछि उद्धार तथा राहत कार्य जारी छ।
Advertisement
गरुआ–बुलाईका मेयर अदमो अब्दोनले मलबाबाट हालसम्म १०७ शव निकालिएको जानकारी दिएका छन्। घटनामा ज्यान गुमाउनेमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेको जनाइएको छ। पहिरोको कारण भने अझै खुलेको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। यस क्षेत्रमा परम्परागत शैलीमा हुने साना स्तरको सुन उत्खनन धेरै परिवारको आम्दानीको मुख्य स्रोत भए पनि खानी धसिने तथा पहिरो जाने जोखिम उच्च रहँदै आएको छ।
