काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यबाट निष्कासित गरेको छ।
Advertisement
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार पार्टीको निर्देशनविपरीत थापाले एमाले र नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि कारबाही गरिएको हो। राप्रपाले समर्थन फिर्ता लिन दिएको निर्देशनसमेत थापाले नमानेपछि निष्कासन गरिएको अध्यक्ष लिङदेनले बताए।
लिङदेनले सरकारमा सहभागी हुने पार्टीका अन्य नेतामाथि पनि आवश्यकताअनुसार कारबाही गरिने जानकारी दिए।