• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

बाटो अठ्यारो छ, तर भविष्य उज्ज्वल छ : हरि आचार्य


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ ४ । राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा पूर्व सांसद हरि आचार्यले नेकपा (मसाल)को राजनीतिक यात्रा कठिन भए पनि यसको भविष्य उज्ज्वल रहेको दाबी गर्नुभएको छ । उहाँले राजनीतिमा तत्काल सत्ता प्राप्तिको मोहभन्दा विचार, नीति र सिद्धान्तप्रति दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    Advertisement

    भदौ ४ गते विहिबार एक भिडियो अन्तर्वार्ताका क्रममा आचार्यले राष्ट्रिय जनमोर्चा–नेकपा (मसाल)को ‘वैधानिक मोर्चा’ भएको स्पष्ट पार्दै पार्टीले कठिन परिस्थितिमा पनि आफ्‌नो राजनीतिक लाइन नछोडेको बताउनु भयो ।

    “भविष्य उज्ज्वल छ, तर बाटो निकै अठ्यारो छ । निकै कडा छ । त्यसमा राजनीतिमा धैर्यता लिनुपर्छ । धैर्यता भएन भने राजनीतिमा टिक्न सकिँदैन,” उहाँले भन्नु भयो ।

    आचार्यले प्यूठानमा विगतमा मसालको प्रभाव र संगठन निर्माणको प्रसंग उल्लेख गर्दै बहुदल आउँदाअघिको कठिन राजनीतिक परिस्थितिलाई स्मरण गर्नु भयो । उहाँका अनुसार सीमित व्यक्तिहरूले पार्टीको विचार र अस्तित्व जोगाउँदै संगठन निर्माण तथा जनताबीच राजनीतिक चेतना फैलाउने काम गरेका थिए ।

    उहाँले नेकपा (मसाल)ले सत्ता प्राप्तिलाई प्राथमिकता नदिएको दाबी गर्दै विगतमा संविधानसभाको मागसहित संसदीय निर्वाचन बहिष्कार गरेको प्रसंग पनि उल्लेख गर्नु भयो । अन्य राजनीतिक शक्तिहरू निर्वाचनमा सहभागी हुँदा पनि आफ्‌नो पार्टीले लिएको राजनीतिक अडान नछोडेको उहाँको भनाइ थियो ।

    आचार्यले संसदीय राजनीतिमा पार्टीले अपेक्षित मत प्राप्त नगरे पनि त्यसलाई राजनीतिक पराजयका रूपमा मात्र बुझ्न नहुने बताए। उहाँका अनुसार पार्टीको ‘आत्मा’, दृढता र जनताको पक्षमा उठाउँदै आएको आवाजलाई चुनावी मतको संख्याबाट मात्रै मूल्यांकन गर्न सकिँदैन ।

    उहाँले वर्तमान निर्वाचन प्रणालीले आफूहरूजस्ता वैकल्पिक विचार बोकेका शक्तिलाई संसदमा प्रवेश गर्न कठिन बनाएको तर्कसमेत गर्नु भयो । विश्वभर बहुदलीय व्यवस्थाभित्र पनि दुईदलीय प्रवृत्ति बलियो बन्दै गएको उल्लेख गर्दै उहाँले यस्तो परिस्थितिमा आफ्‌नो विचार संसदभित्र पुर्‍याउँदा चुनौती अझ बढेको बताउनु भयो ।

    आचार्यले नेपालमा आगामी दिनमा राजनीतिक संघर्ष झन् कठिन बन्न सक्ने बताउनु भयो । उहाँले अमेरिकी तथा भारतीय साम्राज्यवादको विरोधमा आफूहरूको अडानका कारण बाह्य शक्तिबाट समेत दबाब र हस्तक्षेप हुन रोकिएको बताउनु भयो ।

    तर उहाँले राजनीतिक यात्रामा सबैभन्दा ठूलो शक्ति जनसमर्थन नै भएको बताउनु भयो । “जनताप्रति विश्वास गर्नुपर्छ,” आचार्यले भने, जनताले समयक्रममा राजनीतिक शक्तिहरूको वास्तविक चरित्र बुझ्दै जाने र गलत प्रवृत्तिको पर्दाफास गर्ने विश्वास व्यक्त गनुभयो ।

    नेपालको राजनीतिक इतिहासमा जनताले नै विभिन्न शासन व्यवस्था परिवर्तन गरेको उदाहरण दिँदै उहाँले सती प्रथा, दास प्रथा, राणा शासन तथा राजतन्त्रको अन्त्यदेखि पछिल्ला राजनीतिक परिवर्तनसम्म जनताको भूमिकालाई निर्णायक भएको बताउनु भयो ।

    आचार्यले तत्काल सत्ता प्राप्त गर्ने उद्देश्यले राजनीतिक सिद्धान्त र अडान छोड्दा दलहरू कमजोर हुने बताउनु भयो । उहाँका अनुसार ‘छिट्टै सत्तामा पुग्ने’ सोंचले राजनीतिक शक्तिलाई आफ्‌नो मूल उद्देश्यबाट विचलित गराउहाँ सक्छ ।

    नेकपा (मसाल)को राजनीतिक यात्रा कठिन भए पनि पार्टीले आफ्‌नो नीति, सिद्धान्त र जनपक्षीय अडानलाई निरन्तरता दिइरहेको दाबी गर्दै आचार्यले धैर्य र दृढताका साथ अघि बढे भविष्यमा आफ्‌नो विचारले स्थान पाउने विश्वास व्यक्त गर्नुभयो ।

    “सजिलो बाटो रोजेर होइन, अठ्यारो बाटोमा दृढतापूर्वक हिँडेर नै शक्ति निर्माण हुन्छ,” उहाँको धारणाको सार थियो ।

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.