महेश रिजाल, भालुबाङ ।
अखिल नेपाल महिला सङ्घ राप्ती गाउँपालिका वडा नं. १ स्तरीय कमिटीको अध्यक्षमा प्रेमाकुमारी जिसी सर्वसम्मत चयन हुनुभएको छ ।
महिला सङ्घकी दाङ जिल्ला उपाध्यक्ष कमला बेलबासेको प्रमुख आतिथ्यमा सो भेला सम्पनन भएको हो ।
भेलाले सचिवमा उमा भट्टराई, कोषाध्यक्ष शान्ता बेलबासे र सदस्यमा सीता पाण्डे, साजिदा निशा, रोमा खनाल, विष्ण्ॉ भट्टराई र रचना खनाल पनि सवसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी सल्लाहकारमा बिजुला केसी, कमला भुसाल र राधिका आचार्य चयन हुनुभएको छ ।
ढिलो गरी प्राप्त समाचारअनुसार उक्त भेला २०८३ साउन ३१ गते आइतबार सम्पन्न भएको थियो ।
हस्ता आचार्यले अध्यक्षतामा अघि बढेको उक्त भेलामा प्रमुख अतिथिसँगै अन्य अतिथिहरू अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, राष्ट्रिय जनमोर्चा राप्तीका अध्यक्ष बाबुराम थापालगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो ।
भेलामा स्वागत मन्तव्य शान्ता बेलबासे र सञ्चालन उमा भट्टराईले गर्नुभएको थियो ।