• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ८. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • नन्दलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा सहभागी हुन आउनुभएका नन्दलाल सापकोटाजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?

    – आरामै छु ।

    0 यो प्रशिक्षणमा भाग लिन आएको भन्नुभयो । यो कस्तो प्रशिक्षण हो र यसमा के के हुन्छ ?

    – यसमा हाम्रो पार्टीका नीति र सिद्धान्तलाई सही ढङ्गले जनतामा कसरी लैजाने भन्ने विषयमा नै मुख्य रूपमा केन्द्रित भइन्छ । यही प्रशिक्षणका लागि म नवलपुरबाट यहाँ उपस्थित भएको हुँ ।

    0 यो प्रशिक्षणमा अहिलेसम्म के कस्ता विषयको प्रशिक्षण लिनुभयो ?

    – अहिलेसम्म आदिम साम्यवाद, सामन्तवाद र वर्तमान साम्राज्यवादका विषयमा प्रशिक्षण लियौँ । अहिलेको व्यवस्था र अवस्था कुन ढङ्गबाट अगाडि बढेको छ । यो साम्राज्यवादी तत्त्वको फाइदाका लागि बढेको छ कि आम सर्वहारा वर्गका लागि—यिनै विषयमा छलफल भयो । सर्वहारा वर्गकै पक्षमा अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो प्रशिक्षणको मुख्य ध्येय हो । यसका साथै संशोधनवाद विरुद्ध जनचेतना, पदार्थ र चेतना, नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म कुन बाटो (ट्रयाक) बाट जनतालाई पुर्‍याउन सकिन्छ र सर्वहारा वर्गको नेतृत्वको सरकार कसरी क्रियाशील बनाएर चलाउन सकिन्छ भन्ने विषयमा हामीले अध्ययन गर्‍यौँ ।

    अहिलेसम्म यिनै विषयमा पढ्यौँ । जनतामा जाँदा व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्छ भन्ने बुझ्यौँ । संसार बिग्रिएको नै व्यक्तिगत स्वार्थका कारणले हो । हाम्रो मनले ‘मैले मात्रै खाऊँ, म मात्रै सुखसुविधामा रमाऊँ’ भन्छ तर हाम्रो मस्तिष्क वा चेतना कस्तो हुनुपर्छ भने, मैले मात्र खाएर हुँदैन, मेरा घरपरिवार, समाज, जिल्ला, क्षेत्र र सिङ्गै देश छ । देश मात्र नभई संसारका सम्पूर्ण श्रमजीवी र गरिब वर्गले समान रूपमा उपभोग गर्न पाउनुपर्छ । मैले प्रशिक्षणबाट यही कुरा बुझेको छु र जनतामा जाँदा पनि उहाँहरूलाई यहीअनुसार सचेत गराउँदै जाने दृढ विचार लिएको छु ।

    युगदर्शन– अहिलेसम्म कुनकुन प्रशिक्षक (नेता) ले प्रशिक्षण दिनुभयो ?

    – हामीलाई मोहनविक्रम सिंह, दुर्गानाथ खरेल, रामप्रकाश पुरी र मनोज भट्टलगायतका नेताहरूले प्रशिक्षण दिनुभयो । उहाँहरूले राजनीति, सिद्धान्त, वर्ग, पुँजीपति वर्ग, शोषित र शोषक वर्ग, सामन्तवाद, साम्राज्यवाद, पदार्थ र चेतना, नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति, साम्यवादी क्रान्ति, पुँजीवादी युग र दासयुगका विषयमा प्रशिक्षण दिनुभयो । यिनै सिद्धान्त र ज्ञानलाई जनतामा लैजानुपर्छ । प्रशिक्षण, कक्षा र अध्ययनबाट जनताको चेतनास्तर र मनोबल उठाउन सक्यौँ भने मात्र सर्वहारा वर्ग र संसारभरका मजदुरको हकहित सुनिश्चित हुन्छ भन्ने मैले महसुस गरेको छु ।

    0 यो प्रशिक्षणमा ‘व्यावहारिक प्रशिक्षण’ पनि थियो भन्ने जानकारी पाएका थियौँ । यो व्यावहारिक प्रशिक्षण भनेको कस्तो हो ?

    – व्यावहारिक भनेको जग (ग्रास लेभल) का जनतासम्म कसरी पुग्ने भन्ने हो । जनताको चेतनास्तर जुन तहमा छ, त्यहीअनुसारको राजनीति लिएर त्यहाँ पुग्नुपर्छ । उदाहरणका लागि कक्षा १ मा पढ्ने विद्यार्थीलाई कक्षा १० को पाठ्यपुस्तक पढाएर चाँडै बुझाउन सकिँदैन, उसलाई कक्षा १ कै स्तरअनुसार पढाउनुपर्छ । त्यस्तै, पढेलेखेका वा माथिल्लो वर्गलाई उनीहरूकै चेतनाअनुसारको कक्षा दिनुपर्छ । जनतामा केवल सदस्यता वितरण गर्ने मात्र नभई उहाँहरूको सुखदु:ख र गाउँमा घट्ने परिघटनामा सहभागी हुनुपर्छ । अन्याय भएको ठाउँमा विरोध गर्न सिक्नुपर्छ र गलत कुराको प्रतिवाद गर्दै न्यायको बाटोमा डोर्‍याउनुपर्छ । तल्लो तहदेखि जनताको सुखदु:खमा साथ दिएर मात्र हाम्रो राजनीतिक व्यवहार र सङ्गठनलाई माथि उठाउन सकिन्छ भन्ने मैले बुझेको छु ।

    0 नेपालदेखि भारत र पुन: नेपाल फर्किएर लामो राजनीतिक जीवन बिताउनुभयो । ११ गतेदेखि अहिलेसम्म लिएको यो प्रशिक्षण र तपाईंको व्यावहारिक अनुभवलाई तुलना गर्दा ‘मैले यो कुरा सिकेको रहेनछु’ भन्ने त्यस्तो केही महसुस भयो ?

    – म विद्यार्थीकालदेखि नै भारतमा छँदा सन् १९९० मा संस्थापन पक्षबाट राजनीतिमा प्रवेश गरेको हुँ । यस अवधिमा पार्टीमा धेरै उतारचढाव (भुइँचालो) आए तर म सङ्घर्ष गर्दै दृढ भएर तन, मन, धन र नैतिक–भौतिक रूपमा अगाडि बढिरहेको छु । अहिलेको सरकार साम्राज्यवादी शक्तिको इसारामा चलिरहेको छ । चुनावपछि हाम्रो राजनीतिमा अलिकति शिथिलता आएको र सिट सङ्ख्या कम भएको भए पनि हाम्रा कार्यकर्ताको एकता र मत घटेको छैन ।

    0 प्रशिक्षण सकेर फर्केपछि नवलपुरमा कसरी सङ्घर्ष र काम गर्ने भन्नेबारे केही कार्ययोजना बनाउनुभएको छ ?

    नन्दलाल– यहाँबाट सिकेर गएपछि सर्वप्रथम जिल्ला, नगर र टोल समितिका बैठक राख्नेछौँ । प्रशिक्षणमा सिकेका विषय कार्यकर्तामाझ प्रस्तुत गर्नेछौँ । अन्य राजनीतिक दलको भण्डाफोर गर्दै वर्तमान सरकारको नीतिका सीमा उजागर गर्नेछौँ । हाम्रा कार्यकर्तालाई तत्कालीन राजनीतिक परिस्थिति, विरोधीका नीति र हाम्रा आफ्ना नीतिबारे प्रस्ट पार्दै सङ्गठनात्मक कामलाई अगाडि बढाउनेछौँ ।

    0अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने कुरा केही छुटेका छन् ?

    0– युगदर्शन मिडियाले हाम्रा जुलुस, सभा, लेख, पुस्तक, सांस्कृतिक कार्यक्रम र पार्टीका नीतिसिद्धान्तलाई देशविदेशमा पुर्‍याउने काम गरिरहेको छ । यसका लागि युगदर्शन मिडियालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका
    दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश
    अल्बानियामा छिन् ११७ वर्षमा पनि सक्रिय महिला कामिला मार्रा
    अमेरिका र युरोपका छ देशमा महँगी विरुद्ध युवाविद्यार्थीको प्रदर्शन
    साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै
    चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.