• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुँदैन – मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ३. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ४. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ६. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

  • ७. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ८. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ९. तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

  • १०. बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • किसनबहादुर अधिकारी, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    0 राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय पार्टी स्कुलमा सहभागी हुन आउनुभएका किसनबहादुर अधिकारीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?

    – ठिकै छ, सन्चै छु ।

    0 प्रशिक्षणमा भाग लिन आउनुभएको भन्ने जानकारी पायौँ । कस्तो खालको प्रशिक्षण हो यो ?

    – यो सैद्धान्तिक प्रशिक्षण हो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आफ्ना कार्यकर्ता जहाँजहाँ छन्, उनीहरूलाई बेलाबेलामा सैद्धान्तिक क्लास दिएर उनीहरूमा लागेको खिया उतार्ने र फिल्डमा स्वच्छ बनाएर पठाउने काम गर्छ । त्यसैअन्तर्गत हामी पनि यहाँ आएका हौँ ।

    0 कुनकुन विषयमा प्रशिक्षण लिनुभयो ?

    – सैद्धान्तिक क्लासमा द्वन्द्वात्मक भौतिकवादलगायत थुप्रै विषय छन् । यसरी गन्ने हो भने अहिलेसम्म २७ ओटा विषयमा हाम्रो क्लास भयो ।

    0 तपाईंहरूलाई कुनकुन प्रशिक्षकले प्रशिक्षण दिनुभयो ?

    – हामीलाई मोहनविक्रम सिंह, दुर्गा पौडेल, मनोज भट्ट र रामप्रकाश पुरीलगायत थुप्रै ट्युटर साथीहरूले प्रशिक्षण दिनुभयो ।

    0 प्रशिक्षकमा तपाईंहरूको पार्टीभन्दा बाहिरबाट पनि कोही आउनुभएको छ कि छैन ?

    – बाहिरबाट पनि आउनुभएको थियो । कसरी स्वस्थ रहने र आफ्नो जीवनमा स्वस्थ रहनका लागि केके गर्नुपर्छ भन्ने कुरा सिकाउन डाक्टर साहब पनि आउनुभएको थियो । त्यसबाट पनि आफू कसरी स्वस्थ रहने भन्नेबारे केही कुरा बुझ्यौँ ।

    0 यो प्रशिक्षणमा व्यावहारिक प्रशिक्षण पनि राखिएको छ भन्ने कुरा थियो । व्यावहारिक प्रशिक्षण भन्नाले कस्तो खालको प्रशिक्षण हो ? त्यसमा के के भयो ?

    – व्यावहारिक प्रशिक्षण भनेको, यहाँ क्लास लिएर गएपछि आफ्नै फिल्डमा ती विषय लागु गर्ने हो । त्यहाँ गएर कस्तो किसिमको समस्या र परिपाटी छ, त्यसैअनुसार माक्र्सवादी पद्धतिबाट कसरी अगाडि बढाउने भन्ने सोच र विचार बनाएर लैजाने कुरा हुन्छ ।

    0 व्यावहारिक प्रशिक्षणमा प्रशिक्षकले आफ्ना धारणा राख्ने हो कि परम्परागत ढङ्गले प्रशिक्षकले मात्र कुरा राख्ने हुन्छ ?

    – दुवै कुरा हो । उहाँहरूले परम्परागत प्रशिक्षण पनि दिने गर्नुहुन्छ र समाज विकसित हुँदै जाँदा क्रमश: परिवर्तन हुने भएकाले नयाँ किसिमले जानुपर्ने आवश्यकताबारे पनि सिकाउनुहुन्छ ।

    0 अहिलेसम्म जे जति विषयमा प्रशिक्षण लिनुभयो, त्यसमध्ये तपाईंलाई सबैभन्दा बढी छर्लङ्ग भएको विषय कुन लाग्यो ?

    – यस्ता विषय थुप्रै छन् । पहिले पनि क्लास लिइयो तर कुनैमा पनि पूर्णता हासिल गरेका थिएनौँ । माक्र्सवादी सिद्धान्तअनुरूप यसरी जानुपर्छ भन्ने जानेका त थियौँ तर पूर्ण रूपमा व्याख्या गर्ने क्षमतामा अलिकति कमी थियो । यहाँ आएपछि द्वन्द्वात्मक भौतिकवादका कुरामा स्पष्ट भयौँ । आदिम साम्यवादी युगदेखि आजसम्म मानव समाज कसरी प्रगति गर्दै आयो र आजको पुँजीवादी युगमा कसरी आइपुग्यौँ भन्ने कुरा थप प्रस्टसँग बुझ्यौँ ।

    0 तपाईंहरू उमेरको हिसाबले पनि आधा उमेरभन्दा बढी भइसक्यो र सङ्गठनको हिसाबले भारतदेखि लिएर यहाँसम्म लामो अवधि काम गर्नुभयो । यति लामो अनुभवको आधारमा अहिलेको प्रशिक्षणलाई मूल्याङ्कन गर्दा महत्त्वपूर्ण कुरा के लाग्यो ? तपाईंको पुरानो अनुभव र अहिलेको प्रशिक्षणलाई तुलना गर्दा के फरक पाउनुभयो ?

    – सबभन्दा महत्त्वपूर्ण कुरा भौतिकवादी दृष्टिकोण अपनाउनु हो । हामीले समाजमा कुनै पनि काम गर्दा वा आफ्नै दिनचर्यामा पनि भौतिकवादी दृष्टिकोण अपनाएर गयौँ भने सफल भइने रहेछ भन्ने कुरा महत्त्वपूर्ण लाग्यो । हुन त हामी यसलाई सङ्क्षिप्त रूपमा बुझेर सुरुदेखि नै लागेका थियौँ तर यसरी जाँदा भौतिकवादी रूपमा समाजलाई सही ढङ्गले बुझ्न सकिने रहेछ । किसान र आम नेपाली जनताको समस्या सुल्झाउन तथा आजको पुँजीवादी राज्यसत्तालाई विस्थापित गर्न यसै सिद्धान्तअनुरूप नगएसम्म सम्भव हुँदैन भन्ने कुरा मैले बुझेँ ।

    0 तपाईंहरूको पार्टी राष्ट्रिय जनमोर्चा निष्कलङ्क मानिन्छ । आमजनताले पार्टीको विषयमा त्यस्तो नकारात्मक टिप्पणी वा खोट लगाएको देखिन्न । लामो समय यही पार्टीमा हिँड्दा र अहिले प्रशिक्षण लिइराख्दा, नीतिसिद्धान्त सही हुँदैमा पनि सङ्गठनको अपेक्षित विकास नहुनुको पछाडि के कस्ता कमजोरी भेट्याउनुभयो ?

    – कमजोरीको कुरा गर्दा म भर्खरै सम्पन्न चुनावको प्रसङ्ग जोड्न चाहन्छु । विगतको चुनावभन्दा अहिलेको परिस्थिति अर्कै थियो । चुनावका क्रममा हामी जनताका बिचमा व्यापक रूपमा घरदैलो अभियानमा गयौँ । अरू पार्टीहरू शक्ति प्रदर्शन गरेर गए तर हामी व्यापक घरदैलोमा गयौँ ।

    जनताको मनसाय बुझ्दा उहाँहरूको भनाइ थियो– ‘राष्ट्रिय जनमोर्चा सबभन्दा राम्रो पार्टी हो, सानो छ तर निष्कलङ्क छ, यसले कुनै बेइमानी गर्दैन तर यो एउटा सानो पार्टी हो ।’ हामीले उहाँहरूलाई ‘सानो पार्टी भए तपाईंहरू आउनुस् न त, राम्रो काममा त जोडिनुपर्छ’ भन्यौँ । जनतामा जाँदा कसैले पनि तपाईंहरूको पार्टी खराब छ, भ्रष्टाचार गर्छ, नेताहरू यस्ता छन् भन्दैनन् । पार्टी राम्रो छ तर सानो छ भन्छन् ।

    केन्द्रले हामीलाई सही दिशा दिइरहेको छ, त्यसमा कुनै शङ्का छैन तर जिल्लाजिल्लामा नेतृत्व गर्ने हामीले जनतालाई नीति राम्रो छ भनेर सही ढङ्गले बुझाउन र उनीहरूका बिचमा प्रभावकारी रूपमा भिज्न सकेनौँ । मुख्य कमी यही नै हो भन्ने मैले बुझेको छु ।

    0 अर्थात् तपाईंहरू जनताको बिचमा जानुभयो तर जनतालाई सही ढङ्गले बुझाउन सक्नुभएन ?

    – हामीले त बुझाएका छौँ तर उनीहरूले बुझ्न सकिरहेका छैनन् । हामी सही नीति लिएर गएका हौँ । हामीले बुझाउन नसकेको भन्दा पनि उनीहरूले बुझ्न नसकेका हुन्, जसका पछाडि विभिन्न कारण हुन सक्छन् ।

    0 विगत ३५ वर्ष शासन गरेका पुराना र ३५ वर्षपछि आएका नयाँ पार्टीको कुरा छ । तपाईंहरूको पार्टीलाई पुरानो पार्टी भन्न मिल्छ कि मिल्दैन ?

    – हामी पुरानो पार्टी हौँ ।

    0 अनि अहिले ‘पुरानाले देश बिगारे’ भन्छन् नि, यो कुरा सही हो ?

    – देश बिगारेको भन्ने कुरा समाजमा जनताले गर्ने चर्चा मात्र हो । ‘नयाँ आउँछन्, नयाँ चाहियो, नयाँ युवकले केही गर्छन्’ भन्ने कुरा गर्छन् तर त्यो त हामीले देखिहाल्यौँ नि, चैत २४ गतेको आन्दोलनपछि बनेको यो सत्ता यति थोरै समयमा कस्तो रहेछ भन्ने स्पष्ट भइसक्यो । पुराना अरू सबै पार्टी ठिक छन् भन्ने पक्षमा हामी छैनौँ तर जहाँसम्म हाम्रो पार्टीको कुरा छ, यो ठिक छ । अन्तत: हाम्रो पार्टीले अगाडि सारेको नयाँ जनवादी क्रान्ति सम्पन्न नभएसम्म देशका समस्याको स्थायी समाधान हुनेवाला छैन ।

    0 यो प्रशिक्षणको क्रममा नयाँ र पुरानो राजनीतिक बहसका विषयमा छलफल भयो कि भएन ?

    – यस विषयमा छलफल भएको छ ।

    0 प्रशिक्षणका आधारमा जिल्लामा गएर नयाँ ढङ्गले काम गर्छु भन्ने आत्मविश्वास बढेको छ ?

    – छ नि, आत्मविश्वास थुप्रै बढेको छ । हामी पार्टीका क्याडर हौँ, स्वत:स्फूर्त रूपमा काम गर्नु हाम्रो दायित्व हो तर समयक्रममा कार्यकर्तामा अलिकति लागेको खिया उतार्ने काम यहाँ भएको छ । फर्केर निश्चित रूपमा सही किसिमले जनताको बिचमा जान्छौँ ।

    0 फर्केर गइसकेपछि नवलपरासी पश्चिममा राष्ट्रिय जनमोर्चाको सङ्गठन र सङ्घर्षलाई सुदृढ ढङ्गले अगाडि बढाउन के कस्ता योजना बनाउनुभएको छ ?

    – योजना छन् । विगतमा जनताका बिचमा जाने सन्दर्भमा हाम्रातर्फबाट जुन कमीकमजोरी रहेका थिए, ती कुरामा अहिले हामी स्पष्ट भएका छौँ । जनतालाई कसरी सचेत बनाउन सकिन्छ भन्ने कुरा बुझेका छौँ, त्यसैअनुसार फिल्डमा जान्छौँ ।

    0 अन्तमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने छुटेका केही कुरा छन् ?

    – युगदर्शन मिडियाले जनताको बिचमा जनताको आवाज, चाहना र समस्या निरन्तर उठाइरहेको छ । हामी यसको सराहना गर्छौँ । यो मिडिया यसरी नै अगाडि बढ्दै जाओस् र जनताका समस्यालाई व्यापक रूपमा उठाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी
    स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा
    कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न संस्थापन इतर समूह सर्वोच्च जाने
    बंगलादेशी प्रधानमन्त्रीलाई धर्मसंकट
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)
    कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ३.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ४.
      कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ६.
      महिला संघकी महासचिव शकुन्तला रानाको निधन

    भर्खरै

    • १.
      महिला सङ्घ राप्ती–१ को अध्यक्षमा जिसी

    • २.
      सकुन्तला रानानिधनको छैटौँ दिन मसालको श्रद्धाञ्जली सभा

    • ३.
      स्वास्थ्य उपकरण खरिदमा विवादित पन्तलाई जिम्मेवारी, दरबन्दीविपरीत दुई चिकित्सकको सरुवा

    • ४.
      कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन, दलबीच छबुँदे सहमति

    • ५.
      राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    • ७.
      ‘महेन्द्रतन्त्र, ज्ञानेन्द्रतन्त्रपछि अहिले वालेन्द्रतन्त्र’ : बादल

    • ८.
      रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.