काठमाडौं, भदौ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा ओमानले बाधा पुर्याए कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले ओमानले बाटो छेकेमा बमबारी गर्ने बताएका हुन्।
Advertisement
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गर्दै स्ट्रेट अफ हर्मुज खुलाउने प्रयास गरिरहेका छन्। इरानसँगको युद्धका कारण करिब ६ महिनादेखि बन्द रहेको यो जलमार्ग विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ।
यसैबीच, ट्रम्पले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग अमेरिकाको गोप्य सम्पर्क रहेको दाबी गरे पनि इरानी पक्षले त्यसलाई अस्वीकार गरेको छ। अमेरिका–इरानबीचको ६० दिने समझदारीको अवधि सकिन लागे पनि वार्ताको ठोस निष्कर्ष अझै आएको छैन। ओमान भने युद्धमा तटस्थ रहँदै आएको छ।