बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा उनको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
Advertisement
आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले समर्थन गरेका छन्।
कांग्रेस र जनमत पार्टीले विपक्षमा मतदान गरे भने राप्रपा तटस्थ बसेको छ। विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारको निरन्तरता सुनिश्चित भएको छ।
