• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

गाजा योजना अघि बढाउन कुसनरको नेतान्याहुसँग भेट


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • जेरुसेलम, १ भदौ । अमेरिकाको समर्थन रहेको गाजा शान्ति योजना पुनः अघि बढाउने प्रयासस्वरूप हमासका नेताहरूसँग इजिप्टमा वार्ता गर्नुभएका अमेरिकी दूत जारेड कुसनरले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुहुने भएको छ । हमासले योजनाको पछिल्लो चरणप्रति समर्थन जनाए पनि नेतान्याहुले अस्वीकार गरेपछि कुसनरको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँसमेत रहनुभएका कुसनरले आइतबार इजिप्टको भूमध्यसागरीय सहर एल–अलामेनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग भेटवार्ता गर्नुभएको वार्ताबारे जानकारी भएका स्रोतहरूले बताएका छन् ।

    वार्ताका क्रममा कुसनरले हमासलाई गाजालाई भविष्यमा इजरायलका लागि फेरि आतङ्कको स्रोत बन्न नदिने सुनिश्चित गर्न ठोस र प्रमाणित कदम चाल्न दबाब दिनुभएको स्रोतले जनाएको छ । हमासले भने शान्ति योजनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको अर्को स्रोतले बताएको छ ।

    हमासले मध्यस्थकर्ता देशहरू तथा ट्रम्पको प्रस्तावित शान्ति बोर्डलाई इजरायललाई योजना स्वीकार गर्न र कार्यान्वयनको समयतालिका तय गर्न दबाब दिन आग्रह गरेको छ ।

    इजिप्टले सार्वजनिक गरेको तस्बिरमा अल–हय्या देखिनुभएन । तर कुसनरलाई बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित शान्ति बोर्डका सदस्यहरूसँग बसेर छलफल गरिरहेको देखाइएको छ । वार्तामा इजिप्टसँगै प्रमुख मध्यस्थकर्ता कतार र टर्कीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

    अमेरिकाले लामो समयदेखि आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गरेको हमाससँग प्रत्यक्ष सम्पर्क गर्न अस्वीकार गर्दै आएको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो । तर युद्ध अन्त्य गर्ने प्रयासस्वरूप ट्रम्प प्रशासनले हमाससँग प्रत्यक्ष सम्पर्क बढाउँदै आएको छ ।

    यसैबीच, इजिप्ट, कतार र टर्कीसहित जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र इन्डोनेसियाले इजरायलले अमेरिकी शान्ति योजना अस्वीकार गरेकोमा आलोचना गरेका छन् । आठ देशले आइतबार संयुक्त वक्तव्य जारी गर्दै इजरायलको अस्वीकृतिले ट्रम्पको शान्ति प्रयासलाई नै जोखिममा पार्न सक्ने चेतावनी दिएका छन् ।

    जवाफमा नेतान्याहुको लिकुड पार्टीले अरब राष्ट्रहरूले आगामी निर्वाचनमा उहाँलाई सत्ताबाट हटाउन खोजेको आरोप लगाएको छ । संयुक्त अरब इमिरेट्सको समर्थन भने विशेष महत्त्वपूर्ण मानिएको छ । उसले केही वर्षअघि इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्दै आर्थिक तथा रणनीतिक सम्बन्ध विस्तार गरेको थियो । यसलाई नेतान्याहुले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।

    गाजाका लागि शान्ति बोर्डका वरिष्ठ प्रतिनिधि निकोले म्लादेनोभले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता हुन आवश्यक नरहेको आश्वासन दिनुभए पनि नेतान्याहुले अमेरिकी योजनाप्रति असहमति जनाउँदै आउनुभएको छ । बोर्डको प्रारम्भिक योजनामा भने हमासको निशस्त्रीकरणसँगै इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने उल्लेख थियो ।

    शान्ति प्रयास जारी रहे पनि गाजामा इजरायली सैन्य कारबाही रोकिएको छैन । नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलका अनुसार आइतबार इजरायली विमानले नुसिरातको पश्चिममा रहेको एउटा घरलाई निशाना बनाउँदा धेरै जना घाइते भएका छन् । इजरायली सेनाले इस्लामिक जिहादका लडाकूबाट उत्पन्न खतरा सामना गर्न नागरिक क्षति कम गर्ने प्रयास गरिएको जनाएको छ ।

    खान युनिसको पश्चिममा विस्थापित मानिसहरू बसिरहेका पालमा इजरायली सेनाले गोली चलाउँदा पनि केही व्यक्ति घाइते भएका छन् । नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबारको गोलीकाण्डमा मारिएका बालक सुहेल शालुफको शवसमेत फेला परेको छ ।

    गाजाको हमासअन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली कारबाहीमा कम्तीमा एक हजार २६२ प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले मन्त्रालयको मृतकसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय मान्दै आएको छ । इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच सैनिक मारिएको जनाएको छ ।

    (रासस/एएफपी)

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • २.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ३.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ४.
      वेदकालीन समाज

    • ५.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ६.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ७.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ८.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.