• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल


  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले अहिले गठन भएको बालेन्द्र शाहको सरकारलाई अमेरिकी साम्राज्यवादको कठपुतली बताउँदै त्यसद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा उत्पन्न भएको धारणा राखेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ साउन २९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।

    जेनजी आन्दोलन न्यायपूर्ण भए पनि सो आन्दोलनलाई अमेरिकी साम्राज्यवादले हाइज्याक गरेर नेपालमा तिब्बत मामिलामार्फत आफ्नो स्वार्थ लागु गरिरहेको पार्टीले स्पष्ट पारेको छ ।

    वक्तव्यमा दलाई लामालाई चीनमा पुनस्र्थापना गर्ने उद्देश्यसँगै नेपालमा अमेरिकाले आफ्नो हस्तक्षेप बढाउँदै गएको बताइएको छ ।

    वर्तमान सरकारद्वारा अपनाइएको नीतिबाट अमेरिकी साम्राज्यवादलाई मदत पुगेको धारणा व्यक्त गर्दै पार्टीमा सो खतराका विरुद्ध उच्चस्तरको सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

    वक्तव्यमा रोल्पा थबाङ–५ मा साउन २७ गते गएको पहिरोबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरिएको छ । त्यससँगै घाइतेको नि:शुल्क उपचार, जनधनको क्षतिबापत क्षतिपूर्ति र गाउँको पुनरुद्धार गर्न माग गरिएको छ ।

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीको विरोध गर्दै उनले सरकारको विरोध गरेको कारणले सो गिरफ्तारी भएको धारणा व्यक्त गरिएको छ । मसालले पत्रकार श्रेष्ठको शीघ्र रिहाइको माग गरेको छ ।

    सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका प्रति नरहेको सम्बन्धमा धारणा राख्दै पार्टीले त्यसलाई सरकारको अत्यन्त गैरजिम्मेवार कार्य बताएको छ । मसालले शङ्का व्यक्त गरेको छ, जेनजी आन्दोलनमा सिंहदरबारलगायतका भौतिक संरचनामा जुन विध्वंस, आगजनी भयो, त्यसका पछाडि नेपालको राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका कागजात ध्वस्त पार्ने उद्देश्यले त काम गरेको थिएन ?

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “रोल्पाको थबाङ गाउँपालिकाको ५ नम्बर वडामा बुधबार राति गएको भीषण पहिरो र त्यहाँ भएको जनधनको ठुलो क्षतिप्रति नेकपा (मसाल) ले गम्भीर दु:ख प्रकट गर्दै सबै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दछ र त्यहाँका सबै बासिन्दाप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसका साथै त्यहाँका सबै घाइतेको नि:शुल्क उपचार तथा धनजनको क्षतिको लागि क्षतिपूर्ति र गाउँको पुनरुद्धारका लागि पनि हामीले सरकारसित माग गर्दछौँ ।

    नेपालमा दलाई लामा र अमेरिकाको नेपालप्रतिको बढ्दो गतिविधि र चासोप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ । हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका थियौँ कि जेनजीको भ्रष्टाचारसमेतका विरुद्धको सही र न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यवादद्वारा परिचालित तत्त्वद्वारा हाइज्याक गरेर नेपाललाई आफ्नो साम्राज्यवादी रणनीतिको पक्षमा उपयोग गर्ने प्रयत्न गरिएको थियो । त्यही उद्देश्यअन्तर्गत नै नेपालमा अन्तरिम सरकारको गठन गरिएको थियो, संसद्को विघटन गरिएको थियो र आमचुनावको घोषणा गरिएको थियो । ती सबै कामका पछाडिको उनीहरूको उद्देश्य नेपालमा आफ्नो कठपुतली सरकारको स्थापना गर्नु नै थियो र चुनावको माध्यमद्वारा त्यो उद्देश्य पनि पूरा गरियो ।

    हामीले यो पनि बारम्बार स्पष्ट गर्दै आएका छौँ कि अमेरिकाको रणनीतिको एउटा मुख्य उद्देश्य तिब्बतमा दलाई लामाको पुनस्र्थापना नै हो । त्यो कार्य अमेरिकाद्वारा तिब्बतमाथि आक्रमणविना सम्भव छैन । तिब्बतमाथि आक्रमणका लागि अमेरिकालाई नेपालको भूमिको रणनीतिक आवश्यकता छ । त्यसो भएमा नेपाल अमेरिका र चीनका बिचको युद्धभूमि बन्नेछ । त्यसरी, कुनै चासो नभएको युद्धमा हाम्रो देशले ठुलो धनजनको क्षति उठाउनुपर्नेछ । त्यो उद्देश्य पूरा गर्न नै वर्तमान सरकारले छद्म रूपले तर योजनाबद्ध प्रकारले काम गरिरहेको छ । नेपालमा तिब्बत र दलाई लामा वा खम्पाका गतिविधि जसरी बढ्दै गइरहेका छन्, त्यसले त्यही कुराको सङ्केत गर्दछ । दलाई लामाको जन्मजयन्तीको कार्यक्रम नेपालको एउटा विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको कार्यक्रमको आयोजना यद्यपि अहिले स्थगित गरिएको छ र नेपालमा तिब्बतियनको बढ्दो गतिविधि सामान्यजस्ता देखिए पनि ती सबै सिआइएको योजनाबद्ध रणनीतिका अङ्ग हुन् । अहिले दलाई लामाको नेपालमा भ्रमणको कुरा पनि उठिरहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि यी सबै कार्यका पछाडि अमेरिकी साम्राज्यवादको तिब्बतसम्बन्धी रणनीतिले नै काम गरिरहेको कुरा स्पष्ट छ ।

    हामीले बारम्बार यो कुरा पनि स्पष्ट गर्दै आएका छौँ कि नेपालका पुराना राजनीतिक पार्टीले एमसिसीलाई पारित गरेर साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाएका थिए र त्यसरी सत्तामा रहनका लागि अमेरिकी साम्राज्यवादको अनुग्रह प्राप्त गर्ने प्रयत्न गर्दै आएका थिए तर उनीहरूले अपनाउँदै आएको एक चीनको नीतिले तिब्बत वा दलाई लामासम्बन्धी अमेरिकाको रणनीतिसित मेल खाँदैनथ्यो । त्यसैले त्यसले नेपालका पुराना सत्तारूढ प्रमुख राजनीतिक पार्टीलाई विस्थापित गरेर आफ्नो कठपुतली सरकारको गठन गरेको थियो । अहिले सरकारले अपनाइरहेको नीतिबाट वर्तमान सरकारले त्यही उद्देश्य पूरा गर्न काम गरिरहेको कुरा स्पष्ट छ । वर्तमान सरकारको व्यवहार वा भविष्यले त्यो कुरा स्पष्ट गर्दै जानेछ र त्यसबाट नेपालमा भयावह अवस्थाको सिर्जना हुने कुरा पनि निश्चित छ । त्यो खतराप्रति हामीले नेपाली जनताको उच्च ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    यस सन्दर्भमा हामीले बारम्बार यो कुरा पनि स्पष्ट गर्दै आएका छौँ कि नेपालमा अमेरिकाद्वारा परिचालित तत्त्वले जसरी जेनजी आन्दोलनलाई सफलतापूर्वक अमेरिकी साम्राज्यवादको रणनीतिको पक्षमा उपयोग गर्न सके र निर्वाचनमा समेत जनताको भारी बहुमत प्राप्त गरेर कठपुतली सरकारको निर्माण गर्न सके, त्यसका लागि पृष्ठभूमि तयार पारिदिने कार्य पहिलेका सत्तारूढ प्रमुख राजनीतिक पार्टीले नै गरिदिएका थिए । त्यो कारणले उत्पन्न जनताको असन्तोष र निराशाले व्यापक रूपमा लोकप्रियतावादी जनमत तयार हुन सक्यो र त्यसको आधारमा नै अहिले देशमा अमेरिकी साम्राज्यवादको पक्ष बलियो भएको छ र स्वतन्त्र ‘तिब्बत’ पक्षधर शक्तिको भूमिका बढ्दै गइरहेको छ । त्यसबाट गणतन्त्र र धर्मनिरपेक्षता तथा देशको राष्ट्रियता र स्वाधीनतामाथि समेत गम्भीर खतरा उत्पन्न भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतासमेतका पक्षधर शक्तिका बिचको व्यापक वामपन्थी र प्रजातान्त्रिक एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सरकारले गिरफ्तार गर्ने र त्यो साप्ताहिकको कार्यालयमा खानतलासी गर्ने जुन कार्य गरेको छ, त्यसको हाम्रो पार्टीले कडा विरोध र भत्र्सना गर्दछ । यो आम रूपमा थाहा भएको कुरा हो कि जनआस्थाले नेपालमा कथित स्वतन्त्र पार्टीको अमेरिकी साम्राज्यवादपरस्त गतिविधि र वर्तमान कठपुतली सरकारको चरित्र र गतिविधिका विरुद्ध सुरुदेखि नै आवाज उठाउँदै आएको छ । त्यसको कुनै अपराध थिएन र त्यो स्वतन्त्र पत्रकारिताअन्तर्गतको नै कार्य थियो । त्यसैको परिणामस्वरूप राजनीतिक प्रतिशोधका कारणले नै त्यो साप्ताहिकका सम्पादकलाई गिरफ्तार गरिएको कुरा स्पष्ट छ । सरकारको त्यो नीतिले प्रेसको स्वतन्त्रतामाथि नियन्त्रण गर्ने सरकारको फासिष्ट चरित्रलाई पनि बताउँछ । सरकारको त्यस प्रकारको कार्यविधिको कडा शब्दमा विरोध गर्दै हामीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठको शीघ्र रिहाइको माग गर्दछौँ ।

    अहिले सुगौली सन्धिका र सन् १९५० का प्रतिहरू सरकारसित उपलब्ध नभएको कुरा निकै उठिरहेको छ । यो अत्यन्त गम्भीर राष्ट्रघाती कार्य हो । हामीले पहिले नै यो प्रश्न उठाएका थियौँ । नेपालका अन्तर्राष्ट्रिय महत्त्वका सन्धि र सम्झौता नष्ट गर्ने उद्देश्यले पनि सिंहदरबार जलाइएको त थिएन ? यो अत्यन्त गम्भीर प्रश्न हो कि जुन तत्त्व सिंहदरबार र सर्वोच्च अदालतसहित देशव्यापी रूपमा आगलागी, तोडफोड र ध्वंसात्मक कार्यमा संलग्न थिए, उनीहरू नै अहिले सत्तामा छन् । अहिले उनीहरूले नेपालले पनि भारतको सीमा मिचेकोजस्ता गैरजिम्मेवार कुरा गरिरहेका छन् । त्यस्ता तत्त्वको नेतृत्वमा नेपाललाई अरू कति गम्भीर प्रकारको राष्ट्रघात हुँदै जानेछ ? त्यो गम्भीर चिन्ताको विषय हो र त्यसप्रति सम्पूर्ण देशभक्त जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।”

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.