• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

जनकपुरमा नयाँ सवारी लाइसेन्स वितरण र नवीकरण तीन सातादेखि ठप्प


  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
  • जनकपुरधाम । मधेस प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालय, जनकपुरमा नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नवीकरण सेवा करिब तीन सातादेखि अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।

    Advertisement

    कार्यालयका अनुसार यातायात व्यवस्था विभागको सर्भर मर्मत तथा नयाँ प्रणाली (सफ्टवेयर) जडान गर्ने कार्य भइरहेकाले असार २९ गतेदेखि नयाँ लाइसेन्स वितरण र नवीकरण रोकिएको हो। हाल कार्यालयले सवारी कर संकलनको सेवा मात्र सञ्चालन गरिरहेको छ।

    कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार विभागको सर्भरबाट प्रदेशका डाटा स्थानान्तरण तथा नयाँ प्रणाली स्थापना भइरहेकाले सेवा प्रभावित भएको हो। प्राविधिक समस्या केन्द्रबाट समाधान हुन नसक्दा काममा ढिलाइ भएको उनले बताए।

    सेवा अवरुद्ध हुँदा लिखित परीक्षा र ट्रायल उत्तीर्ण गरेका आवेदक तथा नवीकरण गर्न आएका सेवाग्राही प्रभावित भएका छन्। रोजगारका लागि लाइसेन्स आवश्यक पर्ने युवादेखि म्याद सकिन लागेका चालकसम्म समस्यामा परेका छन्।

    मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रंजित कुमार यादवले पुरानो प्रणाली हटाएर थप प्रभावकारी डिजिटल प्रणाली विकास भइरहेको बताए। उनका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि नवीकरण अनलाइनबाटै गर्न सकिने र सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनेछ। उनले साउन महिनाभित्र समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

    बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • २.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ३.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ४.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ५.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ६.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ७.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ८.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.