• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणालीको सहउत्पादन र उत्पादन इजाजतपत्र प्राप्त हुनेमा आशावाद व्यक्त गर्नुभएको छ ।

    Advertisement

    उहाँले रूसविरुद्धको युद्धमा युक्रेनको प्रतिरक्षा क्षमता मजबुत बनाउन अमेरिकी सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै ठूलो मानवीय तथा सैन्य क्षतिका कारण युद्धको मोर्चामा रूसको रणनीतिक अग्रता कमजोर बन्दै गएको दाबी गर्नुभएको छ ।

    ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी चलेको भेटवार्तापछि फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग निकै सकारात्मक छलफल भएको बताउनुभयो । उहाँका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउने सहमति जनाउनुभएको छ । त्यसपछि आफूले अमेरिकाका प्रमुख रक्षा उद्योगका प्रतिनिधिसँग पनि भेट गरी सहउत्पादनको सम्भावनाबारे छलफल गरेको जानकारी दिनुभयो ।

    भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत बैठक निकै सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जनाउनुभएको थियो ।

    युक्रेन र रूसबीचको युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयास प्रभावकारी हुन नसकिरहेका बेला दुवै पक्षले लामो दूरीका आक्रमण तीव्र बनाएका छन् । यस्तो अवस्थामा युक्रेनले विशेषगरी ब्यालिस्टिक मिसाइल रोक्न सक्ने प्याट्रियट प्रणालीको थप आपूर्ति र उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राखेको छ ।

    भेटअघि एएफपीसँग कुरा गर्दै एक वरिष्ठ युक्रेनी अधिकारीले युक्रेनको प्रमुख आवश्यकता थप एन्टी–ब्यालिस्टिक मिसाइल प्राप्त गर्नु र युद्ध अन्त्यका लागि कूटनीतिक पहललाई पुनर्जीवित गर्नु रहेको बताउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी युक्रेनी नागरिकको ज्यान जाने महिना बनेको छ र यसको प्रमुख कारण रूसले ब्यालिस्टिक मिसाइल आक्रमण बढाउनु हो ।

    गत वर्ष पुनः सत्तामा फर्किएपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी हतियारको प्रत्यक्ष आपूर्ति रोक्दै युरोपेली मुलुकमार्फत खरिदको नीति अघि बढाउनुभएको थियो । यद्यपि अमेरिका अझै पनि युक्रेनको प्रमुख साझेदारका रूपमा खुफिया सूचना र स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीमा पहुँच उपलब्ध गराइरहेको छ ।

    फेब्रुअरी २०२५ मा ह्वाइट हाउसमा भएको तीव्र सार्वजनिक विवादपछि चिसिएको ट्रम्प–जेलेन्स्की सम्बन्ध पछिल्ला महिनामा उल्लेखनीय रूपमा सुधारिएको छ । यसै महिनाको सुरुआतमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीको नेतृत्वको प्रशंसा गर्दै प्याट्रियट मिसाइल उत्पादनसम्बन्धी सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो । गत साता जेलेन्स्कीले ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरसँग पनि युक्रेनसम्बन्धी कूटनीतिक प्रक्रिया कसरी पुनः सक्रिय बनाउने भन्ने विषयमा छलफल गर्नुभएको थियो ।

    वासिङ्टन भ्रमणका क्रममा जेलेन्स्की हालै निधन भएका युक्रेन समर्थक रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको स्मृति समारोहमा सहभागी हुनुभएको थियो । त्यसपछि उहाँले रूसमाथि थप प्रतिबन्ध लगाउने द्विदलीय विधेयकसम्बन्धी प्रारम्भिक प्रक्रियागत मतदानअघि अमेरिकी सिनेटरहरूलाई पनि सम्बोधन गर्नुभयो । ग्राहमले लामो समयदेखि उक्त विधेयकका पक्षमा पहल गर्नुभएको थियो । केही प्रावधानप्रति असन्तुष्टि भए पनि द्विदलीय समर्थनसँगै विधेयक अन्तिम स्वीकृतितर्फ अघि बढेको छ ।

    यसबीच, युक्रेनले हालै रूसी तेल डिपो, रिफाइनरी र इन्धन ढुवानी पूर्वाधारमा ड्रोन आक्रमण तीव्र बनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसले हरेक महिना करिब ३० हजार सैनिक गुमाइरहेको दाबी गर्दै त्यसका बाबजुद राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले युद्धको रणनीतिक पहल अब पुटिनको नियन्त्रणमा नरहेको दाबी पनि गर्नुभयो ।

    जेलेन्स्की र ट्रम्पबीचको भेट हुनुअघि युक्रेनले रूसभित्र सयौँ ड्रोन प्रहार गरेको थियो । त्यसको जवाफमा रूसले रातारात युक्रेनमाथि एक सयभन्दा बढी ड्रोन प्रहार गर्नुका साथै ओडेसा बन्दरगाह र कृषि निर्यातसँग सम्बन्धित पूर्वाधारमा आक्रमणलाई निरन्तरता दिएको छ ।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.