• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु


  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
  • अबुजा । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ र यसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ ।

    Advertisement

    कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।

    सन् २०१४–२०१६ को महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमण र ११ हजारभन्दा बढी मृत्यु भएका थिए । त्यसबेला पहिलो सङ्क्रमण देखिएदेखि एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो । तर यस वर्षको प्रकोपमा त्यही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ । त्यस्तै, दुई हजार ५०० सङ्क्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ । तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला प्रकोप निम्त्याउने गरेका छन् ।

    यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो । यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । सन् २०१४–२०१६ को महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण फैलिएको थियो ।

    हालको प्रकोप मुख्य रूपमा कङ्गोमै सीमित रहेको छ । केही सङ्क्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित छन् । यसको विपरीत, सन् २०१४–२०१६ को महामारी लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो । त्यसबेला संयुक्त राज्य अमेरिका र युरोपमा पनि सीमित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका थिए ।

    यस वर्षको प्रकोपमा हालसम्म करिब ४० प्रतिशत मृत्युदर रहेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामीले लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो । अघिल्लो महामारीमा भने मृत्युदर करिब ६६ प्रतिशत पुगेको थियो ।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार इबोला भाइरस समूहका भाइरसमध्ये इबोला भाइरस सबैभन्दा घातक मानिन्छ । उपचार नपाएमा यसबाट सङ्क्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ ।

    स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार पहिलो सङ्क्रमितको स्रोत अझै पहिचान हुन सकेको छैन । अधिकांश नयाँ सङ्क्रमित पहिलेदेखि निगरानीमा रहेका सम्पर्क सूचीभन्दा बाहिरबाट भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

    सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो । पहिलो सङ्क्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र त्यसलाई जुन २०१६ मा समाप्त भएको घोषणा गरिएको थियो ।

    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.