• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ । केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइनुभएको छ भने उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ ।

    Advertisement

    फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन सुरुमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध केन्द्रित भएको थियो । प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति र सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।

    राष्ट्रपति जेलेन्स्कीका लागि यो पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबपछि महत्त्वपूर्ण निर्णय परिवर्तन गर्नुपरेको दोस्रो घटना हो । यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उहाँले आलोचनाको सामना गर्नुभएको थियो ।

    नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उहाँको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याएको सङ्केत दिएको छ ।

    किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उहाँको नियुक्तिले सेनाको मनोबल बढाउन तथा लडाकू क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

    पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीबीचको कार्यशैलीलाई ‘फरक ग्रहका व्यक्ति’ जस्तै रहेको टिप्पणी गरेका छन् । फेडोरोभले प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिलाई प्राथमिकता दिनुभएको थियो भने सिर्स्की परम्परागत स्थल–सैन्य रणनीतिमा जोड दिने पक्षमा रहनुभएको बताइएको छ । विश्लेषकहरूका अनुसार द्रापाती यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्वका रूपमा उदाउनुभएको छ ।

    सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना र सीमित भूभागका लागि सैनिकको अत्यधिक क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । विशेषगरी ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका आरोप सार्वजनिक भएपछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती आरोपपछि अनुसन्धान सुरु भई सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।

    कतिपय सांसद र विश्लेषकले यो घटनालाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक दबाबपछि राष्ट्रपतिले निर्णय पुनरावलोकन गर्नु जनमतप्रतिको उत्तरदायित्वको सङ्केत हो । तर केहीले भने सार्वजनिक दबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन् ।

    युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकले चुनाव स्थगित भएका अवस्थामा नागरिकका लागि विरोध प्रदर्शन नै आफ्नो आवाज सुनाउने प्रमुख माध्यम बनेको बताउनुभयो । उहाँका अनुसार सरकारले जनअसन्तुष्टि सडकमा पुग्नुअघि नै सम्बोधन गर्नुपर्ने थियो ।

    फेडोरोभको बर्खास्तीपछि सामाजिक सञ्जालमा राष्ट्रपति जेलेन्स्कीको निर्णयको व्यङ्ग्य गर्दै अनेकौँ टिप्पणी र सामग्री सार्वजनिक भएका छन्, जसले घटनाको राजनीतिक प्रभावलाई थप उजागर गरेको छ ।

    रक्षामन्त्रीका रूपमा करिब छ महिनाको कार्यकालमा फेडोरोभले युक्रेनी सेनाको आधुनिकीकरणलाई तीव्रता दिने प्रयास गर्नुभएको थियो ।

    उहाँले लामो दूरीका प्रहार प्रणाली, फाइबर–अप्टिक ड्रोन, निगरानी प्रणाली तथा अन्य अत्याधुनिक प्रविधिमा लगानी बढाउनुभएको थियो । साथै, ड्रोन खरिद विस्तार, प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीसम्बन्धी नयाँ सम्झौता, ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र सैन्य खरिद प्रणालीमा सुधारलाई पनि प्राथमिकता दिनुभएको थियो ।

    उहाँले अग्रपङ्क्तिमा खटिने सैनिकका लागि उच्च तलब, थप बिदा तथा सेवा सर्तमा लचकता ल्याउने प्रस्तावसमेत अघि सार्नुभएको थियो, जसले सैनिक समुदायमा व्यापक समर्थन पाएको थियो । यद्यपि फेडोरोभले पुनर्बहाली नभएसम्म अर्को सरकारी जिम्मेवारी स्वीकार गर्न इच्छुक नरहेको बताइएका कारण उहाँको आगामी राजनीतिक भूमिकालाई लिएर युक्रेनमा चासो बढेको छ ।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.