• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अनशनरत सोनम वाङ्चुकलाई प्रहरीले अस्पताल पुर्‍यायो, राजनीतिक प्रतिक्रिया तीव्र


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली। लद्दाखका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बिहान जंतर–मंतरस्थित अनशनस्थलबाट नियन्त्रणमा लिएर सफदरजंग अस्पतालमा भर्ना गरेको छ। लगातार २० दिनदेखि आमरण अनशनमा बसेका वाङ्चुकलाई उपचारका लागि अस्पताल सारिएको प्रहरीले जनाएको छ।

    Advertisement

    दिल्ली प्रहरीले उच्च अदालतको आदेश, चिकित्सकहरूको सल्लाह र वाङ्चुकको बिग्रँदै गएको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई सरकारी अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ। प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज नभएको दाबी गर्दै अदालतको निर्देशनअनुसार आवश्यक स्वास्थ्य सुरक्षा अपनाइएको स्पष्ट पारेको छ।

    यद्यपि, आन्दोलन पक्षले भने प्रहरीले वाङ्चुकलाई जबर्जस्ती उठाएर लगेको आरोप लगाएको छ। वाङ्चुककी पत्नी गीताञ्जली आङ्मोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो अनुमति, परिवारको सहमति तथा विगत २० दिनदेखि स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकहरूको सल्लाहबिना वाङ्चुकलाई मुख वा नसामार्फत कुनै पनि औषधि वा तरल पदार्थ नदिन आग्रह गरेकी छन्।

    ‘कोकरो जनता पार्टी’ले प्रहरीले आन्दोलनमा सहभागी विद्यार्थीमाथि बल प्रयोग गरेको तथा आफ्ना संस्थापक अभिजीत दीपमाथि कुटपिट गरेको आरोप लगाएको छ। अभिजीत दीपले आफूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको दाबी गरेका छन्। साथै, पार्टीले दीपले पनि अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने घोषणा गरेको छ। जुलाई २० मा तय गरिएको ‘चलो संसद’ मार्च पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने पार्टीले जनाएको छ।

    वाङ्चुकलाई अनशनस्थलबाट हटाइएपछि विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको आलोचना गरेका छन्। आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंहले आन्दोलनकारीका माग सम्बोधन गर्नुको सट्टा जबर्जस्ती अस्पताल लगाइएको आरोप लगाए। समाजवादी पार्टीकी सांसद डिम्पल यादवले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको टिप्पणी गरिन् भने शिवसेना (उद्धव ठाकरे समूह) का नेता आदित्य ठाकरेले सरकारले शान्तिपूर्ण आन्दोलनसमेत सहन नसकेको आरोप लगाए।

    यसअघि जुलाई १६ मा दिल्ली उच्च अदालतले वाङ्चुकको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राख्न सरकारलाई निर्देशन दिएको थियो। अदालतले चिकित्सकहरूको रायका आधारमा आवश्यक निर्णय लिन सम्बन्धित निकायलाई आदेश दिएको थियो।

    अनशनका क्रममा सार्वजनिक गरिएको भिडियो सन्देशमा वाङ्चुकले आफ्नो शरीरको करिब २० प्रतिशत तौल घटिसकेको भए पनि मानसिक अवस्था सामान्य रहेको बताएका थिए। उनले शरीरको बोसो र मांसपेशी घट्दै गएको उल्लेख गर्दै आफ्नो आन्दोलन जारी रहने बताएका थिए।

    जंतर–मंतर क्षेत्रमा हाल सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। वाङ्चुक जुन २८ देखि विभिन्न माग राख्दै आमरण अनशनमा बसेका हुन्। शनिबार उनको अनशन २१औँ दिनमा प्रवेश गरेको थियो।

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.