• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • तेहरान । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् । ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने सङ्केत दिएका छन् ।

    Advertisement

    इरानी दैनिक हामशहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्बिरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ । उक्त सामग्रीमा ग्राहमको तस्बिरअघि ट्रम्प घुँडा टेकेर बसेको चित्रसमेत समावेश गरिएको छ ।

    अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ । पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उहाँको ‘अचानक बिरामी’ परेर मृत्यु भएको उल्लेख गरेको छ ।

    यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन् । यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ ।

    प्रतिवेदनअनुसार यी सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन (एमएजिए)’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्र सिद्धान्त अघि सारेका छन् । कतिपयले यस घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन् । यद्यपि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।

    दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम लामो समयदेखि अमेरिकाको आक्रामक विदेश नीतिका समर्थक मानिनुहुन्थ्यो । उहाँले युक्रेनलाई सैन्य सहयोग निरन्तर उपलब्ध गराउन, गाजामा इजरायललाई खुला समर्थन गर्न तथा इरानको वर्तमान शासन परिवर्तन गर्नुपर्ने धारणा बारम्बार सार्वजनिक गर्नुभएको थियो ।

    गाजाको युद्धका क्रममा इजरायलले आवश्यक परे आणविक हतियार प्रयोग गर्न सक्ने अभिव्यक्ति दिएपछि उहाँ थप विवादमा पर्नुभएको थियो । त्यसैगरी फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमणपछि पनि उहाँले इरानी सरकारलाई सत्ताच्युत गर्न खुला आह्वान गर्नुभएको थियो ।

    फक्स न्युजसँगको अन्तर्वार्तामा ग्राहमले इरानको वर्तमान शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलन परिवर्तन हुने र त्यसबाट आर्थिक अवसरसमेत सिर्जना हुने तर्क गर्नुभएको थियो ।

    इरानसँगको पछिल्लो द्वन्द्व सुरु हुनुअघि उहाँले पटक–पटक इजरायल भ्रमण गरी गुप्तचर संस्था मोसादका अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । ती भेटबाट प्राप्त सूचनाले आफ्नै सरकारले उपलब्ध नगराएको जानकारी दिएको उहाँको भनाइ थियो ।

    द वाल स्ट्रिट जर्नलका अनुसार ग्राहमले ती भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल गर्नुभएको थियो । प्रतिवेदनमा नेतान्याहुले उपलब्ध गराएको गुप्तचर सूचनाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा सहमत गराउन भूमिका खेलेको दाबी ग्राहमले गर्नुभएको उल्लेख छ ।

    यसअघि पनि उहाँले संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत क्षेत्रीय शक्तिलाई इरानविरुद्धको सम्भावित सैन्य कारबाहीमा सहभागी हुन आग्रह गर्दै आउनुभएको थियो । (रासस/एएनआई)

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.