• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भनौँ कसलाई ?


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    जल्ने अनि जलाउने
    कथा उस्तैउस्तै
    आफ्नैसँग ठोक्किएर
    सलाई बल्छ
    तेलभित्रै डुबेर र त
    बाती जल्छ
    कसरी भन्नु र खोइ ?
    कसले कसलाई जलायो
    टाउकोमै बसेको बारुदले काँटी जलायो
    साइनो जोडेर
    काँटीले बाती जलायो
    कसरी भन्नु
    कसले कसलाई जलायो ?
    नसानसामै बसेर तेलले बाती जलायो
    बारुदको दोस्ती काँटीले वंश सकायो
    समय केही पक्कै लगायो
    र पनि
    जलेकै ठुटामा मुना पलायो
    तर पनि जल्ने जलेरै त
    कान्ती पलायो
    अझै भन्न सक्तिनँ म
    कसले कसलाई जलायो ?

    जल्छ रवि
    उज्यालो चन्द्र पनि हुन्छ
    यसैले त घामसँगै दिन आउँछ
    रातिले चन्द्र बोलाउँछ
    सङ्घर्षमै जिउनेहरू
    यहाँ घाम हेरे पुग्छ
    घाम जल्छ, बल्छ जुन पनि
    रमाउन त आउँछन्
    तारा पनि, घाम डुबे पनि
    अघिसम्म पानी खोज्नेहरू
    अहिले नै दाउरा थप्न लागेका छन्
    गाग्री लुकाएर हात सेक्न थालेका छन्
    जल्ने जलिसकेको छ
    यात्रा कहाँ रोकिन्छ र ?
    जलाउनेहरू फर्किन्छन्
    शुद्ध हुन सुनपानी छर्किन्छन्
    जल्ने जले पनि
    यसैले त भन्न गाह्रो
    कसले कसलाई जलायो ?

    सुन पनि शुद्ध हुन
    जल्नैपर्छ
    गहना बन्न कसैको आकारमा
    ढल्नपर्छ
    सुनको पनि परिचय फेरिन्छ
    आकार अरुले दिएपछि
    शोभा त्यसकै बढाउनुपर्छ
    गहना उसकै बनेपछि
    सत्य यही हो जलाउनेहरू पनि
    एक दिन जल्नैपर्छ
    छोराले बाउ जलायो
    बाउले हजुरबाउ जलायो
    जिजुबाउले बनाएको घाटमा
    नातिले चिता सजायो
    जसले कसलाई कजाए पनि
    सत्य यही हो जलाउनेहरू
    एक दिन जल्नैपर्छ
    चिता जसले सजाए पनि
    कसरी भन्नु खोई
    यहाँ कसले कसलाई जलायो ?

    चिता जलायो
    सोला पखाल्यो
    मलामी सबै गएकै हुन्
    केरा भुटेर खाएकै हुन्
    वंश मिले पनि अंश मिलेन
    त्यसैले त भन्दैछन््
    आगो उसैले लगायो
    कसरी भन्नु खोई
    कसले कसलाई जलायो ?

    अबोधको छातीमा
    गोली पसेको छ
    इतिहास जलेको छ
    दोषीले मुखमै खरानी घसेको छ
    कैयौँ संरचना जले पनि
    थुप्रै दीपक निभेका छन्
    दियो ढलेको पनि हैन
    तेल सकिएको पनि छैन
    हुरी चलेको छ
    बत्ती छोप्ने कोही छैन
    कसरी भन्नु खोई ?
    बत्ती निभेका छन्
    हुँडार सहर पसेको हैन
    सहरकै मान्छे हुँडार बनेका छन्
    दिन नै अब रात बनेको छ
    आशा र भरोसा लडेर
    खात बनेको छ
    मैदान यहीँको, खेलाडी यहीँको
    रेफ्री कताको थाहा छैन
    कोच झनै परको
    खाबो ढल्यो, छानो डढ्यो
    हेर्दाहेर्दै आफ्नै घरको
    यहाँ यस्तै छ
    लड्ने, मर्ने अबोध छन्
    जित्ने, हार्ने अन्तैका
    अति चलाख झन्
    बिहानै उठेर जल चढाउनेहरू
    सन्ध्यादीप पनि जलाउँछन्
    कुन ठुलो कुन सानो
    महिमा दुवैको सुनाउँछन्

    जिउन जल्ने गर्छ रवि
    यही सिकाउन कलम टिप्छ कवि
    घामविना कहाँ देखिएलान् कुन
    राप र तापको रिफ्लेक्टमा
    देखिने हुन् जुन
    अब भने भन्नैपर्छ
    कसले कसलाई जलायो ?

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.