डा. चन्द्र भण्डारी
Advertisement
सुन्दै जाँदा लाग्छ–
पुरानो भन्ने शब्दलाई
भौतिकवादी विश्वले बढाएका
चरम इच्छा र आकाङ्क्षाभित्र बसिरहेका
डिप्रेसनका कणले हेर्नुहुँदैन
पुरानो समाज
जहाँ अनुभूतिको गहिराइ छ
पुरानो संस्कृति
जहाँ जीवनपद्धति छ
पुरानो माया
जहाँ स्वार्थभन्दा भरोसा ठुलो छ
पुरानो पुस्तक
जहाँ विचारले दिशा देखाउँछ
पुराना प्राध्यापक
जहाँ ज्ञान, विवेक र चरित्र छ
पृथ्वी र चन्द्रमा मात्र होइन
मङ्गल ग्रह पनि “पुरानो” हो
तर खोज सकिएको छैन
जिज्ञासा सकिएको छैन
अल्बर्ट आइन्सटाइन
आइज्याक न्युटन
स्टेफन हकिङ
सबै पुराना हुन्
तर तिनकै विचारले आज पनि
भविष्यलाई धकेलिरहेछ
त्यसैले यदि पुरानो हुनु दोष हो भने
तिमी रोबोट हौँ
(लेखकको फेसबुक वालबाट)