काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि, असार ७ गते छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।