• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत

राजनीति र अर्थतन्त्र–३

करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ५. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

नेपालमा बाढीपहिरो प्रकोप : कारण र न्यूनीकरणका उपाय


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • पहाडमा पहिरो र तराईमा डुबान बर्सेनि आइरहने समस्या हुन् । देशको भौगोलिक, भौगर्भिक तथा हावापानीजन्य अवस्थाले गर्दा बहुसङ्ख्यक नेपालीहरू हर समय एक वा अर्काे प्रकारको बिपत्को अवस्थाबाट गुज्रिरहेका छन् । विश्वमा बिपत्का कारण जोखिममा रहेको २० वटा देशमध्ये नेपाल पनि पर्छ । जलवायु परिवर्तनको प्रभावबाट हुने बिपत्मा नेपाल विश्वमा छैटौँ स्थानमा, भूकम्पको दृष्टिले एघारौँ स्थानमा र बाढीपहिरोको दृष्टिले तिसौँ स्थानमा पर्छ भने दुई वा दुईभन्दा बढी बिपत्को सामना गर्ने देशमा नेपाल दोस्रो स्थानमा पर्छ ।

    Advertisement

    प्राकृतिक प्रकोप प्रकृतिमा खटिरहने घटना हुन् । यिनीहरूलाई पूर्णतया रोक्न सकिँदैन तर यसबाट हुने क्षतिलाई न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । प्राकृतिक प्रकोपलाई दैवीप्रकोप पनि भन्ने गरेको पाइन्छ । घटना घटिसकेपछि देवताको खेल हो भन्नु, कुनै अदृश्य शक्तिले यस्तो घटना घटायो भन्नु र यस्ता प्रकारका बिपत्का घटनालाई ईश्वरसँग जोडेर हेर्नु, अनि ईश्वरको पूजा गरेपछि यसबाट मुक्ति पाउन सकिन्छ भन्नु हाम्रो समाजमा जरो गाडेर बसेको अन्धविश्वास सिवाय केही हुन सक्दैन । यस्तो सोच–व्यवहारले बाढीपहिरोलगायत बिपत् न्यूनीकरणमा टेवा पुग्नुको साटो हामीलाई पुस्तौँपुस्ता पछिसम्म धकेल्ने छ ।

    पछिल्लो तथ्याङ्क हेर्दा नेपाल बाढीपहिरोको उच्च जोखिममा रहेको कुरा प्रष्ट हुन्छ । अतः बाढीपहिरो प्रकोपको कारण पहिचान गरी त्यसको न्यूनीकरणमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनैतिक दल सरकारी तथा गैरसकारी संस्था र सबै सरोकारवाला सचेत हुनुपर्ने देखिन्छ ।

    नेपाल मनसुनी बाढीपहिरो तथा महामारीबाट बर्सेनि प्रभावित हुने गरेको छ । बाढीपहिरोबाट सरुवा रोग सङ्क्रमण, सर्पको बिगबिगीलगायत ठुलो रूपमा धनजनको क्षति हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार, बाढीपहिरोको कारण पछिल्लो १० वर्षमा १ हजार ६ सय १६ जनाले जनाले ज्यान गुमाएका छन्, जसमा ९ सय ४ जना पहिरोमा पुरिएर र ७ सय १२ जना बाढीमा डुबेर÷बगेर मृत्यु भएका छन् । गृह मन्त्रालय राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष बाढीबाट १ सय ५० जनाको मृत्यु र १ अर्ब ८५ करोडभन्दा बढीको भौतिक क्षति हुने गरेको छ । त्यस्तै, बिपत्का कारण नेपालमा कुल गार्हस्थ उत्पादनको लगभग २ प्रतिशत आर्थिक क्षति हुने गरेको छ । गत वर्षको तथ्याङ्क हेर्दा बाढीका कारण ७३ जनाले ज्यान गुमाएका थिए । एक अर्बभन्दा बढीको भौतिक क्षति भएको थियो ।

    कारण
    बिपत्को मुख्य कारण पानी नभई हामी आफै वा हाम्रा नीति र काम गर्ने तौरतरिका हुन् । धेरैजसो पहिरो राजमार्ग वा सडकका लागि पहाड काटिएका ठाउँमा गएका छन् । यसको मुख्य कारण सडक खन्ने हाम्रो प्रविधिको कमजोरी, पहिरोका लागि अतिसंवेदनशील स्थान पहिचान गर्न नसक्नु तथा पहिचान गरे पनि यथोचित बचाउका उपाय बेवास्ता गरिनु नै हुन् । भौगर्भिक रूपमा जटिल तथा संवेदनशील स्थानमा पहाड काटेर सडक बनाउनु अवैज्ञानिक हो । बरु त्यस्ता ठाउँमा सुरुङमार्ग बनाउन सकेको खण्डमा पहिरोबाट हुने मानवीय क्षति कम हुन सक्छ । गाउँगाउँमा बिना अध्ययन वा बिना इन्जिनियरिङ डिजाइनबाट पहाड काटेर बाटो बनाइएको छ । त्यस्ता सडकमा ट्रयाक खनेर लामो समयसम्म पानीको निकास निकालिँदैन, जसले पहिरो निम्त्याउँछ ।

    बाढीपहिरो जानुको अर्काे कारण हाम्रो सोचाइ, अज्ञानता र लोभी मन पनि हो । हामीमध्ये धेरैजसो गाउँको सडक आफ्नै घरको नजिकबाट जाओस् भन्ने चाहन्छौँ, आफ्नो घर बाटोको केन्द्रमा पर्नेगरी बनाउन क्रियाशील रहन्छौँ । पहाड अथवा भिरालो जमिन काटिएको स्थान धेरै पानी पर्दा वा भूकम्प जाँदा पहिरोको लागि जोखिमयुक्त हुन्छ भन्ने कुरालाई बेवास्ता गर्छांै । त्यसैगरी, गाउँघर, भिरपाखा, खेतबारीमा जथाभाबी डोजर लगाउनुले पनि पहाडी क्षेत्र पहिरोको जोखिममा छ । पहिरोको अतिजोखिम क्षेत्र पहिचान गरी त्यस्तो ठाउँमा पूर्वसूचना प्रणाली सेन्सरको विकास पर्याप्त छैन ।

    बाढीपहिरो निम्त्याउने एक कारण घरजग्गा कारोबार पनि हो । नेपालमा चाँडो र धेरै पैसा कमाउने माध्यमको रूपमा घरजग्गा कारोबार भएको छ । जथाभावी प्लटिङ गरिएको छ । खोलाखोल्सी र जङ्गल क्षेत्रसमेत प्लटिङ गरिएको छ । बढ्दो शहरीकरणसँगै जमिन साँघुरिएको छ भने खोलाखोल्सीको प्राकृतिक बहाव बन्द गरिदिएको छ, जसले गर्दा बाढी र डुबानको समस्या आउँछ । सडक डुबानमा पर्नुका कारण भवन, सडक ढलको निर्माण मापदण्ड विपरीत हुनु पनि हो ।

    सडकलगायत भौतिक पूर्वधार निर्माण गर्दा अन्य भौगोलिक धरातल, वातावरण, दिगोपन र सामाजिक सांस्कृतिक पक्षलाई बेवास्ता गर्ने परिपाटीको अन्त्य हुन सकेको छैन । बाढीपहिरो आउनुको अर्काे समस्या बस्ती विकास र जमिनको उपयोग नीति हुन् । विकास निर्माणका कार्य गर्दा वातावरण प्रभाव मूल्याङ्कनलाई त्यति ध्यान दिएको पाइदैन । यसैगरी, भूकम्पले ल्याएका ठुल्ठुला पहिरोमा बस्ती विकास गर्नुले पनि पहिरो निम्त्याएको छ । एक पटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाने प्रबल सम्भावना रहन्छ । त्यसैगरी, ढुङ्गागिटी, बालुवाको निकासी बढ्दो छ । यसले अत्यधिक नदीकटान, बाढीपहिरोजस्ता समस्या बढेका छन् । यसबारे निश्चित मापदण्ड बनाइएको छैन भने अनुगमन प्रक्रिया पनि फितलो छ ।

    काठमाडौँ उपत्यकालगायत शहरमा बाढीआउनुको मुख्य कारण अव्यवस्थित शहरीकरण हो । काठमाडौँको धेरै ठाउँमा खोलाको छेउमा बस्ती बनाइएको छ, सडक बनाइएको छ अर्थात् खोला बग्ने प्राकृतिक बाटोलाई अतिक्रमण गरिएको छ । खोलाको छेउछाउ कटान गर्ला भनेर सुरक्षाका उपाय अपनाइएको छैन । सुकुम्बासी बस्ती अझ बढी जोखिममा छ, जसको उचित व्यवस्थापन गर्न सकिएको छैन । शहरीकरण, कङक्रिटिङ र पक्की सडकका कारण आकाशबाट परेको पानी अत्यन्तै न्यून रूपमा जमिनमुनि छिर्छ, जसले गर्दा वर्षायाममा काठमाडौँ उपत्यका प्रायः जलमग्न हुन्छ । विद्यमान ढलको पानीले पूरा निकास दिन सकेको छैन ।

    तराईमा देखिएको समस्या खोलानजिकै बगरमा अथवा खोलानजिक भएका बस्ती हुन्, जसलाई चुरे र चुरेबाट निस्किएको गेग्रासहित ठुलो गतिमा बग्ने खोलाले टेवा पु¥याएको छ । बाढी ल्याउने अथवा तीव्रता बढाउने प्रमुख कारण सम्बन्धित खोलाको उपल्लो तट र बिचको तटमा जाने पहिरो हुन् । माथिल्लो तट, तल्लो तट र बिचको तटमा समन्वयकारी क्रियाकलाप हुन नसक्दा समस्या देखिएको छ । विकासका लागि हामीले चुरेलाई चिराचिरा पारेका छौँ । त्यसले आज तराइलाई डुबानमा पारेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु भएको छ तर प्रभावकारी हुन सकेको छैन । चुरे र चारकोशे छाडीको दोहन बढ्दो छ ।

    कमजोर भौगोलिक तथा भौगर्भिक अवस्था, मनसुनको अत्यधिक तीव्रताको कारण नेपाल मौसमजन्य प्रकोपको अत्यधिक जोखिममा पर्ने भए तापनि बाढीपहिरोजस्ता बिपत्बाट हुने जनधनको क्षतिमा मानवजन्य क्रियाकलाप, प्रकृतिमाथिको अवैज्ञानिक अतिक्रमण प्रमुख हुन् । बाढी बस्तीमा छिर्न नदिन बनेका तटबन्ध पुराना र जर्जर छन् । बस्ती डुबानमा परेपछि मात्र तटबन्धले प्राथमिकता पाउँछ । भारतले सीमावर्ती क्षेत्रमा आफ्नो भाग जोगाउन उच्च बाँध बनाएका कारण पनि तराई बर्सेनि डुबानमा छ । नेपाल–भारतबिच झण्डै १८ सय मिटर लामो खुल्ला सिमाना छ । कोशी र गण्डक सम्झौतामा कोसी ब्यारेजको सञ्चालन भारतले गर्ने भन्ने छ । प्रकृतिमैत्री बाध, तटबन्ध बनाउन सकिएको छैन ।

    प्राकृतिक प्रकोप जोखिमप्रति सतर्कताका आधुनिक डिजिटल उपकरण, सञ्चार प्रविधि, सुरक्षा, पूर्वसङ्केत/पूर्वसूचना प्रणाली विकास राम्रोसँग हुन सकेको छैन । वनजङ्गल फडान, काठ चोरीनिकासीले एकातिर भूक्षय बाढी पहिरो निम्त्याएको छ भने अर्कातिर प्राकृतिक असन्तुलन पैदा भएको छ । सडक निर्माणमा उपयुक्त इन्जिनियरिङ डिजाइनलाई अवलम्बन गर्न सकिएको छैन । हरित सडक नारामा मात्र सीमित भएको छ । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति र बच्ने उपाय सम्बन्धमा उपयुक्त मापदण्ड बन्न सकेको छैन । पर्याप्त जनचेतना जगाउन सकिएको छैन ।

    न्यूनीकरणका उपाय
    नेपाल सरकारले २०७२ सालको भूकम्पपश्चात् दैवीप्रकोप उद्धार ऐन–२०३९ लाई प्रतिस्थापन गरी बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ पारित गरिसकेको छ र यसलाई २०७५ मा परिमार्जनसमेत गरिसकेको छ । यसको साथै बिपत् जोखिम राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० पनि तयार भइसकेको छ । यो वर्ष सरकारले बाढीपहिरोजन्य जोखिम न्यूनीकरणका लागि भन्दै मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना–२०७७ तयार पारेको छ, जसमा पूर्वतयारी र जोखिमको व्याख्या गरिए तापनि व्यवहारमा लागु गरिएको छैन । यसरी बनेका ऐननियमको पालना गर्नुको साथै नीति, रणनीतिलाई कार्यान्वयन गर्न सकेको खण्डमा केही हदसम्म बाढीपहिरो न्यूनीकरण गर्न सकिन्छ ।

    प्रकोपबाट निम्तिने बिपत्को कारण पत्ता लगाउने, समुदायमा बेलैमा बिपत् जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गराउने, पूर्वसूचना प्रणाली स्थापना गराउनेजस्ता कार्य गर्न ढिलो गर्नुहुँदैन । यस्तो संवेदनशील विषयमा सरकार तथा सरोकारवाला बेलैमा गम्भीर भई समन्वय, सहकार्य तथा सहयोग कायम राख्नु अति आवश्यक छ । जोखिम सतर्कताका आधुनिक डिजिटल उपकरण, सञ्चार प्रविधिको विकास गर्नुपर्दछ । मलिलो उर्बर भूमि, खोलाखोल्सी र जङ्गल क्षेत्र अतिक्रमण गरी फस्टाउँदै गएका घरजग्गा कारोबारलाई नियमन गर्न आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरी उचित व्यवस्थापन गर्नुपर्छ ।

    मनसुनी वर्षा प्रकृतिको नियम हो । बर्सेनि मनसुन सक्रिय भएसँगै आउने बाढीपहिरोको प्रकोप न्यूनीकरण गर्न नागरिक सचेतना बढाउनुपर्छ । विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा प्रकोपसम्बन्धी विषयवस्तु समेटिएको छ । अझ यसलाई प्रकोप व्यवस्थापन सम्बन्धमा दक्ष नागरिक तयार पार्न थप गृहकार्य गर्नुपर्ने देखिन्छ । नदीदोहन, जङ्गल फडानी र चुरे उत्खनन रोक्नुपर्छ । विकास र जलवायु परिवर्तनसँग अनुकूल रहने क्रियाकलापबिच सामञ्जस्य मिलाउनुपर्छ ।

    तराई क्षेत्र डुबानमा पर्नुको कारण भारतसँग गरिएका असमान सन्धिसम्झौता पनि हुन् । कोशी बाँधमा ५६ वटा ढोका रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र बन्द गर्ने गरिन्छ । यो नेपालमा रहेता पनि सम्झौतानुरूप भारतीय अधिकारीद्वारा नियन्त्रित छ । यस्ता समस्या हल गर्न नेपाल र भारत दुवै देशको आपसी सहकार्यमा भर पर्छ । लामो राजनीतिक द्वन्द्व, अस्थिरता र प्राकृतिक प्रकोपले ग्रस्त नेपालले नेपालको नदीको दिगो संरक्षण, बाढी व्यवस्थापनलगायत समग्र पक्षको सूक्ष्म अध्ययन गर्नुपर्छ र राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा संवादको थालनी गर्नुपर्छ ।

    काठमाडौं उपत्यकालगायत शहरमा बाढी न्यूनीकरण गर्न खोलाको अतिक्रमणलाई रोक्नुपर्छ । सुकुम्बासी बस्तीको व्यवस्थापन गर्नुपर्छ । ढलको उचित व्यवस्थापन गर्नुपर्छ । सबैको जोडबलमा सडक विस्तार भएको छ । सडक भत्काउने, बजेट स्वाहा पार्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । सडक निर्माण गर्दा आवाश्यक इन्जिनियरिङ डिजाइन गरी वातावरण प्रभाव मूल्याङ्कनलाई आत्मसाथ गर्नुपर्छ । हरित सडक निर्माणमा ध्यान दिनुपर्छ । सहरीकरणले पैदा भएको एकीकृत बस्तीको अवधारणा सबैभन्दा वैज्ञानिक र व्यावहारिक हुन्छ ।

    हरेक समस्यासँगै समाधान पनि रहेको हुन्छ । प्रकोप न्यूनीकरणमा चोटिलो भाषाण, गुलिया नारा र स्वादिलो प्रतिबद्धताले मात्र पुग्दैन, डाडापाखा भत्काएर विकास गर्ने डोजरे संस्कृतिको विकल्प खोज्नुपर्छ । भारतीय सीमाक्षेत्रका बाँध पुनर्निर्माण गरी प्रकोपमैत्री बनाउनुपर्छ । नारगिक आफू सचेत भई प्रकृतिमैत्री क्रियाकलाप मार्फत् राज्यका लागि दायित्व बहन गर्नुपर्छ । साथै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जिम्मेवार हुनुपर्छ । राजनीतिक दलले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने प्रवृत्ति हटाउनुपर्छ ।

    बाढीपहिरो जोखिमको पूर्वतयारी, जोखिमको बेलाको उद्धार तथा जोखिमपछिको राहत वितरणका लागि प्रकोपपूर्व नै आवश्यक तयारी गर्नुपर्छ, योजना बनाउनुपर्छ । वातावरणमैत्री क्रियाकलापबाट बाढीपहिरो न्यूनीकरणमा सबै सरोकारवाला निकायलाई सहयोग गर्नुपर्छ । कमसल सडक निर्माण, भ्रष्टाचार चोरीनिकासी गर्नेलाई बचाउ गर्न खोज्ने गलत राजनीतिक संस्कारको अन्त्य हुनुपर्छ । यसो गर्न सकेको खण्डमा बाढीपहिरो जोखिम न्यूनीकरण अवश्यम्म्भावी छ ।

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र
    राजनीति र अर्थतन्त्र–३
    सरकार र सत्तारूढ पार्टीको भूमिकाबाट लोकतान्त्रिक गणतन्त्र खतरामा
    आदिवासी जनजातिको अवस्था, समस्या र त्यसको निकासबारे
    नेपालका आदिवासी जनजातिको अवस्था
    आदिवासी जनजाति महिला र मुक्तिको सवाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ५.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न

    • २.
      ओसाकामा सांगीतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

    • ३.
      आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४.
      सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

    • ५.
      राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत

    • ६.
      राजनीति र अर्थतन्त्र–३

    • ७.
      करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

    • ८.
      सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.