• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

श्रम कानुनको पालना र असल श्रम सम्बन्धबारे बुटवलमा अन्तर्क्रिया


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • पोसकान्त पोखरेल
    बुटवल, जेठ २७

    Advertisement

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा श्रम तथा रोजगार कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तर्क्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

    बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन, औद्योगिक शान्ति स्थापना तथा श्रम सम्बन्धका विविध पक्षबारे छलफल गरिएको थियो। कार्यक्रममा रुपन्देही तथा आसपासका क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख वक्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम सम्बन्ध शाखाका उपसचिव गगनसिंह विष्टले असल श्रम सम्बन्ध स्थापना, अन्तर्राष्ट्रिय अभ्यास, विद्यमान चुनौती तथा श्रम विवाद समाधानका उपायबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। उहाँले प्रतिष्ठान र श्रमिक दुवै पक्षको हितका लागि प्रचलित श्रम कानुनको अक्षरशः पालना आवश्यक रहेको बताउनुभयो।

    उहाँले श्रम विवादलाई अदालती प्रक्रियामा लैजानुभन्दा आपसी संवाद, मध्यस्थता तथा सामूहिक सौदाबाजीमार्फत कार्यस्थलमै समाधान गर्नु उत्तम विकल्प हुने धारणा व्यक्त गर्नुभयो। साथै अन्तर्राष्ट्रिय श्रम बजारका असल अभ्यासहरूलाई नेपाली परिवेशअनुकूल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण सम्बन्ध कायम भएमा उत्पादनशीलता वृद्धि हुने बताउनुभयो।

    कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकृत ऋषिराम पन्थीले श्रम सुरक्षा, कानुनी व्यवस्था तथा श्रम सम्बन्धी समसामयिक विषयमा जानकारी दिनुभयो। उहाँले कार्यस्थलमा श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्य तथा व्यावसायिक सुरक्षा सुनिश्चित गर्नु रोजगारदाताको कानुनी दायित्व भएको उल्लेख गर्नुभयो। न्यूनतम पारिश्रमिकको कार्यान्वयन तथा सुरक्षित कार्य वातावरणले श्रमिकको कार्यक्षमता अभिवृद्धि हुने उहाँको भनाइ थियो।

    सूचना अधिकृत पन्थीले श्रम ऐन तथा नियमावलीमा व्यवस्था गरिएका श्रम अडिट, श्रम विवाद निरूपण प्रक्रिया तथा श्रम कार्यालयको समन्वयकारी भूमिकाबारे समेत जानकारी गराउनुभयो। कानुनी प्रावधानबारेको अपर्याप्त जानकारीका कारण उत्पन्न हुने समस्या न्यूनीकरण गर्न श्रम कार्यालयले निरन्तर अनुगमन र सहजीकरण गरिरहेको उहाँले बताउनुभयो।

    कार्यक्रमको अन्तिम चरणमा खुला छलफल सत्र आयोजना गरिएको थियो। उक्त सत्रमा सहभागीहरूले श्रम कानुनको व्यावहारिक कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे जिज्ञासा राखेका थिए। सहभागीका प्रश्न तथा जिज्ञासाको जवाफ उपसचिव विष्ट र सूचना अधिकृत पन्थीले कानुनी तथा व्यावहारिक दृष्टिकोणबाट स्पष्ट पार्नुभएको थियो।

    कार्यक्रममा श्रम कार्यालय बुटवलको कार्यक्षेत्रभित्रका विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी–व्यवसायी तथा रोजगारदाताहरूको सहभागिता रहेको थियो।

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.