• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे तीन किसान सङ्गठनको अन्तरक्रिया


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बारेमा तीन किसान सङ्गठनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

    Advertisement

    २०८३ जेठ २७ गते बुधबार अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालन तथा अखिल नेपाल प्रगतिशील किसान सङ्घका महासचिव राजन साह तेलीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई क्रान्तिकारी किसान महासङ्घका महासचिव धनेश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको पूर्वाद्र्धमा क्रान्तिकारी किसान महासङ्घकै अध्यक्ष सीताराम तामाङले “सुकम्वासी तथा अव्यवस्थित बसोबासीमाथि राज्यको दमननीति र न्यायपूर्ण निकास” शीर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । त्यसलगत्तै त्यसमाथि केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको थियो ।

    अन्तरक्रियामा पहिले विज्ञ तथा किसान सङ्गठनको नेतृत्वले धारणा राख्ने आयोजकको निर्णयअनुसार पहिलो मन्तव्य नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राख्नुभयो ।

    सो क्रममा उहाँले वर्तमान सरकारले आफ्नो वर्गीय चरित्रअनुसार नै सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि दमन चलाएको धारणा राख्नुभयो ।

    पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ राखेको प्रसङ्ग अगाडि सार्दै उहाँले वर्तमान सरकार नेपालमा दलीय व्यवस्था अफापसिद्ध छ भन्ने पुष्टि गर्न लागिपरेको बताउनुभयो ।

    गृहमन्त्रीमा पुन: सुधन गुरुङको नियुक्तिले बालेन्द्र सरकारको आगामी शासन कस्तो हुन्छ भन्ने सङ्केत मिलिसकेको उहाँको भनाइ थियो ।
    मन्तव्यको क्रममा उहाँले सुकुम्वासी, अव्यवस्थित बसोबासीसहित देशमा सम्पूर्ण गरिब, किसान मजदुरले सङ्घर्षका लागि तयार हुनुपर्ने बताउनुभयो ।

    बागमती किनारमा अव्यवस्थित बसोबासीको रूपमा बसोबास गर्दै आउनुभएका इन्द्र राउतले सुरक्षा निकायसँगै डिजिटल माध्यम, सिआइडी र सेनालाई समेत संलग्न गराएर प्रधानमन्त्री बालेनले महानगरपालिका कालीन प्रतिशोध साधेको बताउनुभयो ।

    ‘जसको संसारमा कोही हुन्न, त्यसको राज्य हुन्छ’ भन्ने भाष्य यो सरकारले तोडेको उहाँको भनाइ थियो ।

    संसद्मा रहेका पार्टीहरूले पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसित ‘तिमीहरूले हामीलाई भोट दिएका थिएनौँ, ठिक्क भयो’ भन्ने हिसाबले व्यवहार गरेको बताउनुभयो ।

    सरकारमा सामाजिक फासिवादी चिन्तन देखा परेको बताउँदै उहाँले तीन किसान सङ्गठनलाई सुकुम्वासी सङ्गठनसित सहकार्य गर्न सुझाव दिनुभयो ।

    अर्थविद् डा. डिल्लीराज खनालले सुकुम्वासी समस्यालाई आधारभूत रूपमा नै समाधान गर्नेतर्फ अहिलेसम्म सत्तामा पुगेका राजनीतिक दलहरूले ध्यान नदिएको बताउनुभयो ।

    सुकुम्वासी र अव्यवस्थित बसोबासी विपन्न वर्गभित्र पर्ने बताउँदै उहाँले नेपालमा आयमाथि आधारित गरिबी ४० प्रतिशतभन्दा बढी भएकाले यसबारे राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

    सरकारको बजेटको प्रसङ्ग उठाउँदै उहाँले अमेरिकाले राष्ट्रिय आत्मसंरक्षणवादी नीति अनाइरहेका बेला नेपालले भने नवउदारवादी नीति अपनाउनु उल्टो दिशातर्फ जानु भएको विचार व्यक्त गर्नुभयो ।

    बजेटकै सन्दर्भमा उहाँले वर्तमान करप्रणालीकै कारण देशमा बिचौलिया जन्मने, हुर्कने र फैलिने वातावरण रहेको स्पष्ट पार्नुभयो ।

    अखिल नेपाल किसान महासङ्घका संयोजक बलदेव चौधरीले संविधानमा जनता सार्वभौमसत्ताको मालिक हुन् भन्ने लिपिबद्ध भएकाले आवास जनताको मौलिक हक रहेको सरकारले हेक्का राख्नुपर्ने बताउनुभयो ।

    जनताको बाँच्न पाउने हक कसैले खोस्न नसक्ने स्पष्ट पार्दै उहाँले संविधानमा व्यवस्था भएको समाजवादोन्मुख मुलुकको सट्टा व्यक्तिगत उन्नतितर्फ वर्तमान सरकार अघि बढिरहेको धारणा राख्नुभयो ।

    संविधानमा उल्लेख भएका अधिकारको सूची तीनै तहका सरकारले समुचित प्रकारले उपयोग नगरेकाले अहिले देशमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या गम्भीर रहेको उहाँको भनाइ थियो ।

    विभिन्न नाममा करिब ७२ प्रतिशतजति जमिन सार्वजनिक स्वामित्वमा रहेको बताउँदै उहाँले भूमिहीनका समस्यालाई समाधान गर्न ध्यान जानुपर्ने बताउनुभयो ।

    नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालमा प्रत्येक आन्दोलन साम्राज्यवाद र साम्राज्यवादसँग सम्झौता गरेर टुङ्गिएकाले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या अहिलेसम्म यथावत रहेको धारणा राख्नुभयो ।

    देश स्वाधीन नरहेकाले पहिलो कार्यभार सोही रहेको विचारसँगै उहाँले भन्नुभयो– ‘त्यसका लागि नेपालमा नयाँ जनवादी क्रान्ति हुनुपर्दछ ।’

    उहाँले जल, जमिन र जङ्गलमा किसानको स्वामित्व हुनुपर्ने बताउँदै किसान बलियो नहुँदासम्म देश बलियो हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सी.पी. गजुरेलले सम्बोधन गर्दै कम्युनिस्ट पार्टीको नीतिअनुसार नै कार्यक्रमको अवधारणापत्र आएको बताउनुभयो ।

    देशका थुप्रै कम्युनिस्ट तथा वामपन्थी पार्टीहरू हुँदाहुँदै पनि सुकुम्वासी समस्या गम्भीर रहनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।
    सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि यतिका ज्यादती हुँदा सदनमा अपेक्षाकृत कुरा नउठेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    नयाँ जनवादी क्रान्तिपछि मात्रै सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान हुने बताउँदै उहाँले सुकुम्वासी आन्दोलनले नयाँ जनवादी क्रान्तिको तयारीमा मदत पुग्ने धारणा राख्नुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले समेत सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा हाउसबाट सुकुम्वासीहरू पवन गोले र लघुमाया गोलेले टिप्पणी गर्नुभएको थियो ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.