• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अपर कर्णाली हाम्रो क्षमताभित्रको योजना हो : पौडेल


  •   आइतबार, साउन १८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले अपर कर्णाली परियोजना स्वदेशी क्षमताभित्रको योजना बताउनुभएको छ । राष्ट्रिय जनमोर्चासहित १३ पार्टी तथा सङ्घसंस्थाको आयोजनामा २०७७ साउन १८ गते आयोजित अन्तरक्रियामा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

    Advertisement

    अपर कर्णाली जलविद्युत परियोजनामा जिएमआरको म्याद एक वर्षअघि नै समाप्त भएको प्रसङ्गबारे मन्तव्य राख्दै सांसद पौडेलले भन्नुभयो– ‘अपर कर्णालीका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नै थिएन ।’ स्वदेशी लगानीबाट नै अपर कर्णालीजस्ता परियोजना सम्पन्न सकिने आत्मविश्वासका साथ उहाँले भन्नुभयो– ‘अपर कर्णाली हाम्रो क्षमताभित्रको कुरा हो, त्यसका लागि विदेशीका सामु हात फैलाउनुपर्ने आवश्यकता हिजो पनि थिएन र आज पनि छैन ।’ उहाँले सरकारले नागरिक सेयर आह्वान गरेमा लगानीको समस्या नरहने उहाँले बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफूहरूले अपर कर्णाली परियोजनाप्रतिको असहमति विरोधका लागि विरोध मात्रै नभएको बताउनुभयो । ‘कुनै पनि परियोजना सम्पन्न गर्दा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ’ प्रवक्ता पुरीले भन्नुभयो– ‘माफिया र भ्रष्टलाई पोस्नका लागि कुनै योजना अगाडि सारिनु हुन्न ।’ उहाँले पनि अपर कर्णाली परियोजना नेपाली जनता आफैले बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले देशमा राष्ट्रहितको पक्षमा सामूहिक रूपमा संवाद गर्नुपर्दछ भन्ने जागरण आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकारसित आग्रहसमेत गर्नुभयो ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव लोकनारायण सुवेदीले शासक वर्गमा कुरा आत्मनिर्भरताको गर्ने, तर काम परनिर्भरताको गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।

    राष्ट्रिय जागरण परिषदका संयोजक गुणराज लोहनीले २०० मेगावाट विद्युतको अभावमा अहिलेसम्म नेपालमा मल कारखाना खोल्न नसकिएको बताउँदै यस्तो देशबाट तत्कालै विद्युत निर्यातको आशा राख्नु व्यर्थ रहेको बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशमा शासकसित शासन गर्ने तरिका नभएको र प्रतिपक्षीमा खरबदारी गर्ने चरित्र नभएको बताउँदै देशभक्तिको मार्गमा आइपरेका कठिनाइँ भोग्न तयार रहन आग्रह गर्नुभयो ।

    कार्यक्रममा जलश्रोतविद तथा विज्ञहरू दीपक ज्ञवाली र रतन भण्डारीले सम्बोधन गर्दै जिएमआरको खराब रेकर्ड, विद्युत निर्यातको व्यर्थको सपनाबारे देशलाई सजग गराउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

    अन्तरक्रिया कार्यक्रममा पूर्व उद्योगमन्त्री कर्ण थापा, जनसमाजवादी पार्टीका डम्बरविक्रम कार्की र नेकपा (माओवादी–केन्द्र) का गोपाल किराँतीले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता गरिरहनुभएका माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीले “सरकार, माथिल्लो कर्णाली जिएमआरसँगको सम्झौता खारेज भएको घोषणा गर !” शीर्षकको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दीपकबहादुर शाहीले गर्नुभएको थियो ।

    कार्यक्रमको आयोजक नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण मञ्च, नेकपा, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), पुष्पलाल अध्ययन समाज काठमाडौँ, राष्ट्रिय जागरण परिषद् र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान रहेका थिए ।

    आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • २.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ३.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ४.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ५.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ६.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ७.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ८.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.