• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जलजलामा ‘गोठस्टे’ सञ्चालन


  •   बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
  • सन्तोष गौतम /रासस

    Advertisement

    जलजला (म्याग्दी), १४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।

    समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलामा बस्ती, होटल र रेष्टुराँ छैन ।

    ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने नयाँ अवधारणा अघि सारिएको गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माले बताउनुभयो ।

    “पर्यटकहरुको अनुरोधमा गोठमै खाने बस्ने सुविधा दिएको हो”, उहाँले भन्नुभयो, “गोठालाहरुलाई अतिरिक्त आम्दानी र पर्यटकहरुलाई सहज भएको छ ।” गोठबासमा बस्नका लागि पाहुनाहरुले अग्रिम रुपमा फोन गरेर ‘बुक’ गर्नुपर्छ । बीस जनाभन्दा बढी पाहुना भएमा पालो लगाउने गरिएको विकले बताउनुभयो ।

    “यसअघि ढोरपाटनमा आएका सिमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए”, उहाँले भन्नुभयो, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँच वटा गाडी तथा १५/२० वटा मोटरसाइकलमा १०० जनासम्म पर्यटक आउन थालेका छन् ।”

    पर्यटकलाई सहज

    गोठबासमा च्याउ, टुसा, ढकायोको तरकारी, ढिडो, आटो, गाईभैँसीको दूध, दही, मोही, खसीको मासुको परिकारको स्वाद लिन पाइन्छ । आन्तरिक पर्यटक प्रतापजङ्ग थापाले गोठबासको सुविधा भएपछि टेन्ट लगेर जानुपर्ने अथवा ओडार खोजेर रात कटाउनुपर्ने अवस्था हटेको बताउनुभयो ।

    घुम्ती गोठको महशुस गर्न पाइने उहाँले अनुभव सुनाउनुभयो । जलजला धौलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । बर्खायाममा जलजला उपत्यकामा भेडाबाख्रा, गाईभैँसी र घोडाको घुम्ती गोठ लैजाने चलन छ ।

    बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा उत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउने जलजलादेखि मुना हँुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

    मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तब्य बनेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन शिकार आरक्षको ‘भ्यू पोइन्ट’को रुपमा विकास हुन थालेको छ ।

    जलजलाको आकर्षण

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे्र र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

    बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान भएकाले थप महत्व रहेको छ ।

    पूर्वाधार थपिँदै

    धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गोठबास प्रभावकारी बनेको बताउनुभयो । “जलजलामा खानेपानीको व्यवस्था मिलाएको र सार्वजनिक शौचालय निर्माण थालिएको छ”, उहाँले भन्नुभयो, “ढोरपाटन शिकार आरक्षसँग समन्वय गरेर अस्थायी टहरा र गोठ बनाएर गोठबासको क्षमता बढाउन पहल गरिएको छ ।”

    सार्वजनिक शौचालय र खानेपानी निर्माणका लागि चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरेको धौलागिरि गाउँपालिकाले यसै हप्ता जलजलामा पर्यटन प्रवद्र्धन कार्यक्रम पनि सम्पन्न गरेको छ । ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ ।

    कसरी पुग्ने ?

    धौलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ ।

    बिहिबार, जेठ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.