क्षितिजा राहादीमगर ##
नेपालको प्रगतिशील वामपन्थी सांस्कृतिक आन्दोलनको इतिहासमा छुट्टै पहिचान राख्दै आएको सांस्कृतिक मोर्चा हो, रक्तिम सांस्कृतिक अभियान । यसले आफ्नो स्थापनादेखि नै अन्य अत्याचार, शोषण, दमन र उत्पीडनमा परेका जनताको दु:खपीडा, सामाजिक एवम् जातीय भेदभाव विरुद्ध लगातार सङ्घर्ष गर्दै असमानताका जन्जिर तोड्दै समानताका पक्षमा आफ्नो जनवादी गीतसङ्गीत, नृत्य, प्रहसन, नाटकमार्फत जनतालाई सचेत बनाउँदै देशव्यापी रूपमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै आइरहेको सांस्कृतिक मोर्चा हो, रक्तिम सांस्कृतिक अभियान ।
देशको राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानता र जनजीविका र मानवअधिकारका पक्षमा पनि वकालत गर्दै आएको रक्तिम सांस्कृतिक अभियानले यही आगामी २०८३ जेठ १६ गतेदेखि असार १३ गतेसम्म देशका प्रमुख सहरमा सांस्कृतिक अभियान सञ्चालन गर्दैछ ।
विगत लामो समयदेखिको ग्यापलाई परिपूर्ति गर्ने गरी रक्तिम सांस्कृतिक अभियानले काठमाडौँ, पोखरा, बुटवल, गुल्मी, प्युठान, रोल्पा, अर्घाखाँची, बागलुङलगायतका देशका विभिन्न सहरमा टिकट सोमार्फत आफ्नो अभियानलाई अघि बढाउन थालेको छ । यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण न्यायप्रेमी दाजुभाइ, दिदीबहिनी, तपाईं हाम्रो सबैको सहयोगले मात्र सफल हुन सक्छ । त्यसैले तपाईंहरूको सहयोग समर्थनका लागि रक्तिम सांस्कृतिक अभियानले अपेक्षा राख्दछ ।
देशको वर्तमान समयमा न्यायप्रेमी जनता माथि सुकुमबासी जनताको उठीबास र बिचल्ली पार्न दुईतिहाइको नजिकको यो सरकार दिनप्रतिदिन तानाशाही बन्दै गएको तथा जनताको न्यायक अधिकार स्वतन्त्रता कमजोर पार्न सरकारको प्रतिकार गर्दै र विरोध गर्दै रक्तिमले सांस्कृतिक अभियानमार्फत जनता जगाउने अभियान सञ्चालन गर्न थालेको छ । नेपालको वामपन्थी आन्दोलनको सशक्त सांस्कृतिक धरोहर रक्तिमको यो सांस्कृतिक अभियानलाई सफल बनाउन हामी सबैको दायित्व आजको आवश्यकता बनेको छ । सबैले कार्यक्रममा सहभागी भएर सफल बनाऔँ ।