• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ

ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख

चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार

हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक

इरानमा हिजाबविरुद्ध अवज्ञा बढ्दै, सरकार दबाबमा

कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प छैन : प्रचण्ड

जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ३. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ४. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ५. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ६. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

प्रलेसद्वारा राष्ट्रिय साहित्यिक गोष्ठी सम्पन्न


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ लेखक झलनाथ खनालको प्रमुख आतिथ्यमा २०८३ जेठ १० गते सुकेधारामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    उद्घाटन सत्र

    बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा अघि बढेको उक्त कार्यक्रमको पहिलो सेसनको उद्घाटन प्रमुख अतिथि खनालले आफ्नो ‘महाविष्फोट’ शीर्षकको कविता वाचन गरेर गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले कुनै पनि साहित्यलाई युगीन चरित्रको आधारमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

    नेपालमा २०६२–६३ सालमा क्रान्ति नै भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो– त्यतिखेर क्रान्ति भयो तर त्यो क्रान्ति कम्युनिस्ट पार्टीले गरेनन् । पुँजीवादी क्रान्ति भयो । त्यो नयाँ जनवादी क्रान्ति थिएन ।’

    उहाँले अबको प्रगतिशील साहित्य सिर्जना गर्दा २०६२–६३ सालको परिवर्तनपछिको अवस्थालाई ख्याल गरिनुपर्ने बताउनुभयो ।

    फरक प्रसङ्गमा उहाँले जेनजी आन्दोलनपछि अब राजनीतिक दलको नेतृत्वमा युवालाई समेट्नुपर्ने युगीन अवस्था आइपरेको विचार व्यक्त गर्नुभयो ।

    त्यस्तै उहाँले प्रलेसजस्तो साझा सङ्गठनको महत्त्व अझै पनि यथावत् रहेको धारणा उहाँको थियो ।

    श्यामप्रसादले २००९ सालमा स्थापना गरेको साझा वामपन्थी साहित्यकारको यो सङ्गठनलाई निरन्तरता दिइनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षता तथा महासचिव डा. पारस ढकालको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष समीर सिंहले स्वागत गर्नुभएको थियो ।

    राष्ट्रियगान वाचन तथा सहिदको सम्मानमा एक मिनट मौनधारणसँगै अघि बढेको सो कार्यक्रमलाई बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख ललितविक्रम सिंह, विशिष्ट अतिथि कन्फ्युसियस सेन्टरका कोअर्डिनेटर क्यू वाङ मिङ, नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, रक्तिम सांस्कृतिक अभियानका प्रकाश थापामगर र जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी मल्लले शुभकामना दिनुभएको थियो ।

    गोष्ठी सत्र

    कार्यक्रमको दोस्रो सत्र विचारगोष्ठीको रहेको थियो ।

    कार्यक्रममा पहिलो कार्यपत्र प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलको थियो । उहाँको कार्यपत्रको शीर्षक रहेको थियो– “प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा” । कार्यपत्रमाथि प्रगतिशील साहित्यकार सीता शर्माले टिप्पणी गर्नुभएको थियो ।

    दोस्रो कार्यपत्र प्रा.डा. विदुर चालिसेको थियो । “बुढानीलकण्ठ नगरपालिका – प्रगतिशील साहित्य” शीर्षकको सो कार्यपत्रमाथि अर्की साहित्यकार नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नुभएको थियो ।

    कार्यक्रमाम हाउसबाट सुझाव सङ्कलन गरिएको थियो । त्यस क्रममा जगत् वाशिष्ठ, गोपालकुमार मैनाली, वासुदेव अधिकारी, डा. फणिन्द्र निरौला, सुधा मैनाली, माधव प्रधान, डम्बर पहाडी (एलाक), प्रवीन जोशी, लोकबहादुर थापा, प्राडा जीवेन्द्रदेव गिरी र कृष्ण धारावासीले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    जिज्ञासाको बारेमा कार्यपत्र प्रस्तोता पोखरेल र चालिसेले सङ्क्षिप्त स्पष्टीकरण दिनुभएको थियो ।

    सामना सांस्कृतिक परिवारका आरोह नेपाली र जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष नमुना शर्माले कार्यक्रममा गीत प्रस्तुत गर्नुभएको थियो ।

     

     

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
    ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी
    सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ
    ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख
    चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार
    हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ३.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ४.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ५.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ६.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    भर्खरै

    • १.
      म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

    • २.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    • ३.
      सर्वोच्चको व्याख्या : ‘हाइमेन’ सुरक्षित भए पनि जबर्जस्ती करणी ठहरिन सक्छ

    • ४.
      ज्ञवालीको आरोप : बालेन सरकार अधिनायकवादतर्फ उन्मुख

    • ५.
      चितवनमा १५ वर्षीया बालिकामाथि बलात्कार आरोप, आरोपी फरार

    • ६.
      हिमाचलमा २१ दिनपछि सकुशल भेटिए इन्द्रवीर विक

    • ७.
      इरानमा हिजाबविरुद्ध अवज्ञा बढ्दै, सरकार दबाबमा

    • ८.
      कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प छैन : प्रचण्ड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.