• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

भारतमा “गोदी” मिडिया बनाएका मोदी विदेशी पत्रकारका प्रश्नको जबाफ किन दिन्नन् ?


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पत्रकारका प्रश्नको जबाफ नदिने गरेको आरोप लागेको छ, खासगरी भारतबाहिरका पत्रकारका प्रश्नको । भारतमा त उनीमाथि “गोदी” मिडिया कायम गरेको आरोप छ ।

    Advertisement

    प्रधानमन्त्री मोदीले युरोप भ्रमणको क्रममा पत्रकारका प्रश्नको उत्तर नदिएको विषयमा विवाद छ । विवाद बढ्दै जाँदा भारतीय विदेश मन्त्रालयले स्थिति स्पष्ट गरेको छ । प्रधानमन्त्री मोदीको भ्रमणबारे सरकारले जबाफ दिनुपरेको यो दोस्रो घटना हो ।

    नर्वेका प्रधानमन्त्री युनास कमबगार स्टोरसँगको संयुक्त पत्रकार सम्मेलनमा एक महिला पत्रकारले प्रधानमन्त्री मोदीलाई मिडियाका प्रश्नको उत्तर दिन आग्रह गरिन् तर मोदीले कुनै प्रश्नको उत्तर दिएनन् । युरोपेली देशको भ्रममा पुगेका विदेशी नेतालाई पत्रकारले प्रश्न सोध्ने पुरानै परम्परा छ ।

    नर्वेकी पत्रकार हेल लिङले पनि विदेश मन्त्रालयको ब्रिफिङमा मानवअधिकारको विषयमा प्रश्न सोधेकी थिइन् । विदेश मन्त्रालयका एक वरिष्ठ जना अधिकारीले त्यसको उत्तर दिँदै भारत एक सभ्य राष्ट्र भएको बताए ।

    यसअघि ओस्लोस्थित सरकारी गेस्ट हाउसमा मोदी र नर्वेका प्रधानमन्त्री स्टोरको पत्रकार सम्मेलन सकिएपछि लिङले एउटा प्रश्न सोधेकी थिइन् ।

    हेल लिङले सोधेकी थिइन्– ‘प्रधानमन्त्री मोदी, तपाईं विश्वका स्वतन्त्र प्रेसका प्रश्नको उत्तर किन दिनुहुन्न ? सरकारका लागि तपाईं विश्वासयोग्य हुनुहुन्छ ?’ यो प्रश्नमा प्रधानमन्त्री मोदीले कुनै उत्तर दिएनन् ।

    हेलको प्रश्नबारे लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीको आलोचना गर्दै उनी प्रश्नसँग डराएको बताए ।

    मोदीको द नेदरल्यान्ड्स भ्रमणमा पनि स्थानीय पत्रकारले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने मौका नदिएको विषयमा आपत्ति जनाएका थिए ।

    त्यस्तै प्रश्न जर्मनी भ्रमणमा पनि उठेको थियो । प्रधानमन्त्री मोदी सन् २०२२ मा जर्मनीको भ्रमणमा गएका थिए । त्यस बेला जर्मनीमा ओलाफ सोल्ट्स चान्सलर थिए । जर्मनीमा कुनै विदेशी नेताले चान्सलरलाई भेटेपछि मिडियाका अगाडि पत्रकारका प्रश्नको उत्तर दिने चलन छ तर मोदीको भ्रमणमा त्यस्तो भएन ।

    त्यसपछि जर्मन प्रसारक डिडब्ल्यूका प्रमुख अन्तर्राष्ट्रिय सम्पादक रिचर्ड वाकरले यो मुद्दा उठाए । लगत्तै उनले एक्समा लेखे– ‘मोदी र सोल्ट्स अब बर्लिनमा पत्रकारसमक्ष उपस्थित हुने कार्यक्रम छ । दुई सरकारबिच १४ सम्झौता घोषणा गरिनेछ यद्यपि भारतीय पक्षको अनुरोधमा एउटा पनि प्रश्न लिइने छैन ।’

    त्यसपछि डिडब्ल्यूले समाचारमा लेख्यो– ‘मोदी र सोल्ट्सको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारलाई प्रश्न सोध्न दिइएन । विवरणअनुसार यो निर्णय प्रधानमन्त्री मोदीको अनुरोधमा गरिएको हो ।’

    जर्मनी भ्रमण गरेको एक वर्षपछि जुन २०२३ मा मोदी अमेरिकाको भ्रमणमा गए । तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनसँगको पत्रकार सम्मेलनमा मोदीले पत्रकारका दुईओटा प्रश्नको उत्तर दिए ।

    मोदी किन पत्रकार सम्मेलन गर्दैनन् ?

    मे २०२४ मा ‘इन्डिया टुडे’ सँगको अन्तर्वार्ताको क्रममा मोदीलाई पत्रकार सम्मेलन नगर्ने उनको शैलीबारे सोधिएको थियो । मोदीले त्यसमा विस्तृत जबाफ दिएका थिए ।

    उनले भने– ‘सत्तामा बस्नेले धेरैजसो सञ्चारमाध्यमलाई आफ्नो पक्षमा प्रयोग गर्छन् । यो एउटा संस्कृति नै बनेको छ । उनीहरूलाई आफूले केही गर्नुपर्दैन, मात्र मिडिया प्रयोग गरे पुग्छ भन्ने लाग्छ । म त्यो बाटो पछ्याउन चाहन्नँ ।’

    मोदीले आफूले ‘नयाँ कार्यसंस्कृति सुरु गरेको’ दाबी गरेका थिए अनि उनले सञ्चारमाध्यमविनै पनि जनतासँग पुग्न र सीधा संवाद गर्न सकिने बताएका थिए ।

    भारतमा विशेषज्ञता हासिल गरेका फ्रान्सेली राजनीतिशास्त्री क्रिस्टफ जाफ्रलोले ‘द डिप्लोम्याट’ पत्रिकासँग भनेका छन्– ‘मोदी पत्रकार सम्मेलन वा खुला छलफल स्वीकार गर्दैनन् किनभने उनका तर्कले त्यस्तो भारतलाई चित्रण गर्छन्, जुन वास्तवमा अस्तित्वमा नै छैन ।’

    मोदीले आकर्षक छवि र मिथकले भरिएको एक प्रकारको काल्पनिक संसार सिर्जना गरिरहेको जाफ्रलोको दाबी छ । मोदी चीनको आक्रामकता र भारतमा व्याप्त बेरोजगारीजस्ता मुद्दाबारेका प्रश्न सुन्न नचाहने उनी बताउँछन् ।

    जाफ्रलो भन्छन्– ‘यसैले मोदीको लागि सञ्चार एकतर्फी प्रसार हुन आवश्यक भएको छ ।’

    (बिसिसीको सामग्रीमाथि आधारित)

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.