• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘रञ्जन कोइरालाको फैसला प्रकरणले प्रमाणित गर्छः राजमो नै सही राजनीतिक पार्टी’


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । रष्ट्रिय जनमोर्चाले आफ्नो पार्टी नै सही राजनीतिक नीति अपनाउने पार्टी भएको फेरि प्रमाणित भएको बताएको छ ।

    Advertisement

    पूर्व सशस्त्र डीआईजी रञ्जन कोइरालाबारे अदलतले गरेको फैसला प्रकरणले राजमोलाई सही राजनीतिक दलका रुपमा प्रमाणित गरेको उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभएको छ ।

    बिहीबार विज्ञप्ति प्रकाशित गरी पौडेलले बर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई सर्वोच्चमा नियुक्त गर्ने बेलामा संसदीय सुनुवाईका क्रममा अध्यक्ष चित्रबहादुर केसीले एक्लै विरोध गर्नुभएको स्मरण गर्नुभएको छ । सो घटनाबाट राजमोले लिएको नीति नै सही भएको. र अरु सबै गलत ठहर भएको उपाध्यक्ष पौडेलले बताउनुभएको छ ।

    विज्ञप्तिमा उहाँले राष्ट्रिय जनमोर्चाले लिएका सही नीतिहरुका सयौं उदाहरण रहेको स्पष्ट पार्दै सही राजनीतिक पार्टी आकारले होइन नीतिले हुने उल्लेख गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘प्रधान न्यायाधीशको रञ्जन कोइरालाको फैसला प्रकरणबाट पुनः यो प्रमाणित भएको छ कि नेपालमा सहि राजनीतिक नीति अपनाउने राजनीतिक पार्टी राष्ट्रिय जनमोर्चा नै हो । संसदीय समितिमा सुनुवाई हुँदा त्यो बेलाका एमाले, माओवादी र ने.का समेतका सवासदहरुले चोलेन्द्र शम्सेरको पक्षमा राय प्रकट गरेका थिए भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष क.चित्र बहादुर के.सी ले मात्र उनको विरोध गर्नुभएको थियो ।

    अहिले रज्ञजन कोइराला सम्बन्धी फैसलाबाट प्रमाणित भएको छ कि त्यो बेला क. के.सी को मत नै सहि थियो र अरु सबै गलत थिए । त्यस प्रकारका सयकडौँ उदाहरणहरु छन् । जहाँ अन्य राजनीतिक पार्टी वा संगठनहरुको तुलनामा हाम्रो पार्टीको राय व्यबहारले बारम्बार सहि र दुरदर्शिता पुर्न साबित गर्दै आएका छन् । अन्तमा राजनीतिमा कुन पार्टी सही छ भन्ने कुरा त्यसको आकारले होइन, त्यसको सही नीति र भूमिकाले नै निधारित गर्दछ । त्यसरी समग्र रुपमा विचार गर्ने हो भने नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चाको नीति वा भूमिका नै सबैको भन्दा सही भएको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ । आम रुपमा जनताले पनि त्यो कुरा स्वीकार गर्दछन् ।

    सरकारमा गएका प्रायः सबैजसो मन्त्रीहरु भ्रष्ट र बदनाम हुने गरेका छन् । तर हाम्रो पार्टीको अध्यक्ष क.चित्र बहादुर के.सी. उपप्राधनमन्त्री भएर पनि उहाँले त्यस प्रकारको एउटा पनि काम गर्नु भएन र उहाँका कट्टा विरोधीहरुले पनि उहाँका विरुद्ध त्यस प्रकारको एउटा पनि आक्षेप लगाउन सकेका छैनन् ।

    हाम्रो पार्टी लामो समयदेखि संसद्मा छ । संसद्मा गएका अन्य पार्टीहरुका संसद्हरुमा भ्रष्टचार र अनियमित्ताका कैयौँ आक्षेपहरु लाग्ने गरेका छन् । संसदीय विकास कोषको रकम हिनामिना गरेको भनेर पनि देशव्यापी रुपमा आवाज उठ्ने गरेको छ । तर अहिले मात्र होइन, हाम्रो पार्टीको गतकालको सम्पूर्ण संसदीय इतिहासमा हाम्रो पार्टीका कुनैपनि संसदले त्यसो गरेका छैनन् । त्यसैले उनीहरुका विरुद्ध त्यस प्रकारका आक्षेपहरु कतैबाट लाग्ने गरेका छैनन् ।

    त्यससित जोडिएको अर्काे महत्वपूर्ण प्रश्न यो हो : हाम्रो पार्टीको लामो संसदीय इतिहासमा खाली हाम्रो पार्टीका एकाध संसद् मात्र होइन विना अपवाद सबै संसद्हरु त्यस प्रकारको आर्थिक अनियमितता वा भ्रष्टाचार बाट किन र कसरी बच्न सके ? बास्तवमा पार्टी भित्र कायम भएको कुरा पार्टीको उच्च प्रकारको नीति कार्यक्रम र अनुशासनको कारणले नै उनीहरुको त्यस प्रकारको निसकलंक चरित्र कायम रहने गरेको छ ।

    हामीले यो भन्दैनौँ, अन्य राजनीतिक पार्टीका संसद्हरु सबै भ्रष्ट छन् । अपवाद रुपमा अन्य राजनैतिक पार्टीका कतिपय सदस्यहरु पनि राम्रो हुन सक्दछन र छन् पनि । तर हाम्रो पार्टीको मुख्य विशेषता हो कि । हाम्रो पार्टीका संसद्हरु विना अपदान निसकलंक रहने गरेको छ । त्यो कारणले नै हाम्रा पार्टीलाई आन्य सबै राजनैतिक पार्टीहरुलाई भन्दा निसकलंक र उच्च बनाईदिन्छ । निश्चय नै त्यसो भन्दा मैले संसद्भित्रका राजनैतिक पार्टीहरुको नै कुरा गरिरहेको छु र देशका सबै राजनीतिक पार्टी वा संगठनबारे होइन ।

    हामी यहाँ त्यस प्रकारका उदाहरणहरुको सबै विवरण दिनप्रति लाग्दैनौ तर अहिले सम्मको पार्टीका निस्कलङ्क राजनीतिक इतिहासबाट यो कुरामा कुनै संका रहन्न कि देशमा राष्ट्रिय जनमोर्चा नै यस्तो राजनीति पार्टी हो, जस्ले सधै देश र जनताको हितका लागि लगातार र दृढतापूर्वक काम गर्दै आएको र गर्न सक्दछ । त्यसबाट यो पनि निष्कर्ष निस्कन्छ कि आज देशको राजनीति, संसदीय व्यवस्था वा सरकारको कार्य प्रणालीबारे जुन धेरै प्रश्नहरु उठ्ने गरेका छन् त्यसको सही निकास वा विकल्प राष्ट्रिय जनमोर्चाले मात्र दिन सक्दछ ।

    तर राष्ट्रिय जनमोर्चाको त्यस प्रकारको स्वच्छ र निष्कलंक राजनीतिक इतिहास भएपनि देशको राजनीतिमा त्यसले प्रभावशाली, शक्तिशाली वा संसद भित्र वा बाहिरको राजनीतिलाई नै निर्णायक रुपले प्रभाव पार्ने गरि भूमिका खेल्न सकिरहेको छैन, यद्धपी अन्नत ब्यवहारमा राष्ट्रिय जनमोर्चाका नीतिहरु नै सही सावित हुन्छ वा अन्य पक्षहरुपनि त्यो कुरा बाध्य हुन्छन । तैपनि संगठनात्मक वा जनआधारका दृष्टिकोणले हाम्रो अवस्था धेरै नै कमजोर छ । संसद्मा हाम्रो पार्टीको सिट संख्या पहिलेको तुलनामा लगातार कम हुँदै आएको छ र अब त्यो संख्या खाली १ मा सिमित रहेको छ ।

    पार्टीको राजनीति वा कार्य प्रणाली सही भएर पनि हाम्रो संगठन वा शक्ति कमजोर हुनुका पछाडि, एकातिर, निर्वाचन प्रणाली झन पछि झन महंगो र भ्रष्ट हुँदै जानु र अर्कातिर जनताका बिचमा नीति कार्यक्रम वा विभिन्न राजनीतिक पार्टीहरुको नीति, कार्यक्रम वा भूमिकाले भन्दा पैसा, प्रलोवन, सिद्धान्तहिन र अराजनीतिक प्रचारले बढी असर पर्नु पनि हो । त्यस प्रकारको स्थिति रहदासम्म देश झन पछि झन बर्वादतिर जाने नै बढी सम्भावना छ ।

    त्यसकारण जनतामा उच्च प्रकारको चेतना उठाएर नै हामीले आजको स्थितिमा परिवर्तन गर्न सक्दछौ र गर्नुपनि पर्दछ । त्यो स्थितिमा नै सही र निसकलंक चरित्र भएका राष्ट्रिय जनमोर्चा जस्ता राजनीतिक पार्टी वा संगठनहरु अगाडी आउन वा शक्तिशीली हुन सक्नेछन् । त्यसपछि नै देशको विकास हुन सक्नेछ ।’

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.