• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकी सिनेटमा इरान युद्ध रोक्ने प्रस्ताव : ट्रम्पलाई झट्का


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी सिनेटमा इरान युद्ध रोक्ने प्रस्ताव अगाडि बढ्नु केवल ट्रम्प प्रशासनको राजनीतिक झट्का मात्र होइन, यो विश्वभरका शोषित, पीडित र युद्धबाट प्रभावित जनताको आवाज बलियो बन्दै गएको प्रमाण पनि हो। दशकौँदेखि अमेरिकाले मध्यपूर्वमा चलाएको सैन्य हस्तक्षेपले लाखौँ निर्दोष नागरिक विस्थापित भएका छन्, हजारौँले ज्यान गुमाएका छन् र सम्पूर्ण क्षेत्र अस्थिर बनेको छ। अहिले अमेरिकी संसदभित्रै युद्धविरुद्ध मत उठ्नु जनताले युद्ध होइन, शान्ति चाहेका छन् भन्ने स्पष्ट संकेत हो।

    Advertisement

    बढ्दो ग्यासको मूल्य, चर्किंदो मुद्रास्फीति र घट्दो जनसमर्थनले ट्रम्प प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको छ। युद्धमा अर्बौँ डलर खर्च गरिँदा अमेरिकी जनताले भने दैनिक जीवन धान्न संघर्ष गर्नुपरेको अवस्था छ। यसको प्रत्यक्ष असर गरिब, श्रमिक र निम्नवर्गीय समुदायमाथि परेको छ। त्यसैले इरान युद्धविरुद्ध उठेको विरोधलाई केवल राजनीतिक मतभेद नभई शोषित जनताको पीडाको अभिव्यक्ति मानिएको छ।

    केही रिपब्लिकन सिनेटरहरूले समेत ट्रम्पको लाइनविरुद्ध गएर मतदान गर्नु ह्वाइट हाउसप्रतिको असन्तुष्टि गहिरिँदै गएको संकेत हो। अलास्काकी लिसा मुर्कोस्की, मेनकी सुसान कोलिन्स र केन्टकीका र्यान्ड पलले डेमोक्रेटहरूसँग मिलेर युद्धविरुद्ध मत दिनु अमेरिकी राजनीतिमा असामान्य घटना मानिएको छ। यसले युद्धको नाममा भइरहेका शक्ति प्रदर्शनप्रति संसदभित्रै अविश्वास बढेको देखाएको छ।

    डेमोक्रेटिक सिनेटर टिम केनले ट्रम्प प्रशासनले कानुनी समयसीमा नाघेर सैन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि यो बहस अझ चर्किएको हो। उनले संसदलाई छल्दै युद्धतर्फ देश धकेल्न खोजिएको बताएका छन्। यो भनाइले अमेरिकी संविधान र लोकतान्त्रिक प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।

    विश्लेषकहरूका अनुसार यो घटनाले विश्व राजनीतिमा एउटा महत्वपूर्ण सन्देश दिएको छ— युद्धको राजनीतिबाट सबैभन्दा धेरै पीडा भोग्ने वर्ग अन्ततः साधारण जनता नै हुन्। त्यसैले संसदभित्र युद्धविरुद्ध उठेको आवाजलाई शान्ति, जनअधिकार र शोषित समुदायको पक्षमा भएको ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.