• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अमेरिकी सिनेटमा इरान युद्ध रोक्ने प्रस्ताव : ट्रम्पलाई झट्का


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी सिनेटमा इरान युद्ध रोक्ने प्रस्ताव अगाडि बढ्नु केवल ट्रम्प प्रशासनको राजनीतिक झट्का मात्र होइन, यो विश्वभरका शोषित, पीडित र युद्धबाट प्रभावित जनताको आवाज बलियो बन्दै गएको प्रमाण पनि हो। दशकौँदेखि अमेरिकाले मध्यपूर्वमा चलाएको सैन्य हस्तक्षेपले लाखौँ निर्दोष नागरिक विस्थापित भएका छन्, हजारौँले ज्यान गुमाएका छन् र सम्पूर्ण क्षेत्र अस्थिर बनेको छ। अहिले अमेरिकी संसदभित्रै युद्धविरुद्ध मत उठ्नु जनताले युद्ध होइन, शान्ति चाहेका छन् भन्ने स्पष्ट संकेत हो।

    Advertisement

    बढ्दो ग्यासको मूल्य, चर्किंदो मुद्रास्फीति र घट्दो जनसमर्थनले ट्रम्प प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको छ। युद्धमा अर्बौँ डलर खर्च गरिँदा अमेरिकी जनताले भने दैनिक जीवन धान्न संघर्ष गर्नुपरेको अवस्था छ। यसको प्रत्यक्ष असर गरिब, श्रमिक र निम्नवर्गीय समुदायमाथि परेको छ। त्यसैले इरान युद्धविरुद्ध उठेको विरोधलाई केवल राजनीतिक मतभेद नभई शोषित जनताको पीडाको अभिव्यक्ति मानिएको छ।

    केही रिपब्लिकन सिनेटरहरूले समेत ट्रम्पको लाइनविरुद्ध गएर मतदान गर्नु ह्वाइट हाउसप्रतिको असन्तुष्टि गहिरिँदै गएको संकेत हो। अलास्काकी लिसा मुर्कोस्की, मेनकी सुसान कोलिन्स र केन्टकीका र्यान्ड पलले डेमोक्रेटहरूसँग मिलेर युद्धविरुद्ध मत दिनु अमेरिकी राजनीतिमा असामान्य घटना मानिएको छ। यसले युद्धको नाममा भइरहेका शक्ति प्रदर्शनप्रति संसदभित्रै अविश्वास बढेको देखाएको छ।

    डेमोक्रेटिक सिनेटर टिम केनले ट्रम्प प्रशासनले कानुनी समयसीमा नाघेर सैन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि यो बहस अझ चर्किएको हो। उनले संसदलाई छल्दै युद्धतर्फ देश धकेल्न खोजिएको बताएका छन्। यो भनाइले अमेरिकी संविधान र लोकतान्त्रिक प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।

    विश्लेषकहरूका अनुसार यो घटनाले विश्व राजनीतिमा एउटा महत्वपूर्ण सन्देश दिएको छ— युद्धको राजनीतिबाट सबैभन्दा धेरै पीडा भोग्ने वर्ग अन्ततः साधारण जनता नै हुन्। त्यसैले संसदभित्र युद्धविरुद्ध उठेको आवाजलाई शान्ति, जनअधिकार र शोषित समुदायको पक्षमा भएको ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.