उषा पुन ##
घर भत्किसक्यो
दाउरा बाली खरानीको केको दर्जा ?
आज सरापिराखेका छौँ
बालेन रविलाई
सुत्केरी आमा र बच्चालाई
रोडमा डोजरले फाल्दा
खै कहाँ छन् रवि
पाए गोपिनी बन्न तयार हुने
नारी जमात
दियौ भोट बनायौँ सभासद्
दु:ख पाएका छन्
सुत्केरी बुढाबुढी साना केटाकेटी
गर्छन् कुरा लगाउँछन्
धाक गरिबको चुलो
बाल्दिन्छौँ भनेर
आज तीनै भन्दैछन्
बाँच या मर
आकाशको तारा गनेर
पानी आउँदा चरी पनि
गुँडमा जान्छन् वास बस्न
तर आज बालेन सरकारले
जनताको गास, बास, कपास पनि खोस्छ
विवेक सही ठाउँमा
प्रयोग गरेको भए पो
बुद्धि पुग्यो भनिन्छ
सही ठाउँमा जनताले
विवेक नपुराउँदा झन्
अन्यायमा परिन्छ
स्वतन्त्र स्वतन्त्र खोई स्वतन्त्र ?
खोस्न खाज्दैछन्
लडेर ल्याएको अधिकार पनि
यस्ता नकाबधारीको सत्ता
पल्टाउन उठ्नुपर्छ
राता मान्छे बनी
भोलि अबेला हुनेछ
आजैदेखि सोच ।
जनता हो तानाशालीलाई पल्टाउने
सही राजनीति र सिद्धान्त भएको
पार्टी रोज