• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘बहना’ सँग साहित्यकार


  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • ## सुुमन थापा ‘सङ्गम’

    Advertisement

    हराउनुु पनि थरिथरि हुुने रहेछ । हराएर नभेटिनु दुखद, हराएर भेटिनुु, भेटिएर पोखिनुु निक्कै सुुखद । म हराएर भेटिन र भेटिएर पोखिन चाहन्छुु । थोपाथोपा हुुँदै समग्रमा सागरजत्तिकै विशाल रूप लिन कलमबाट सुस्तरी पोखिन चाहन्छुु । सानो मुुटुु, सगरजत्तिकै फैलिएको हृदय, जुुन हृदयमा अनगिन्ती यात्रा अनगिन्ती अनुुहार अटाउँछन् । कुुनैकुनै यात्रा कुुनैकुुनै अनुुहार मुुटुुछेउमै आएर बास बस्छन् । कुुनै हृदयको सगरमाझ सिताराजस्तै फैलिएर अटाउँछन् यात्रामा । यो यात्रा ‘सुकुटे कविता साँझ’ को यात्रा हो ।

    जब ‘सुुकुुटे कविता साँझ’ मा सामेल हुुने योजना बनाएँ, तबदेखि नै मेरो मन भोटेकोशीमा मभन्दा अगाडि पुुगेर राफ्टिङमा रमाउन थाल्यो । साहित्यिक कार्यक्रम अत्यन्त प्रिय लाग्छ । निमन्त्रणा आएका कार्यक्रममा सकेसम्म सहभागी हुुन्छुु ।

    ‘सुुकुुटे कविता साँझ’ कार्यक्रमसहित एकरात बसाइ, खाना र राफ्टिङको अवसर जुुराएको थियो– प्रगतिशिल लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागले । कवितापाठ गर्नुु एउटा महत्त्वपूूर्ण कार्यक्रम त छँदै थियो । त्यसमा जोडिएको थियो, भोटेकोशीमा राफ्टिङ । निक्कै पहिलेदेखिको राफ्टिङ गर्ने रहर पूरा हुने अवसर पाएकी थिएँ । राफ्टिङ साहसिक खेल भएकाले परिवारका सदस्यले समेत विचार गर्नुुहोस् भनिरहेका थिए । म भने खेल्ने उत्सुुकतालाई कायम नै राखेर निस्किएँ ।

    वैशाख १९ र २० गतेका लागि तोकिएको कार्यक्रमका संयोजक समीर सिंहसँग पनि राफ्टिङ आफूलाई रहर भएको र मन पर्ने कुुरा बताएँ । उनले सजिलो–अप्ठ्यारो के छ बुझौँला भने । राफ्टिङ त राफ्टिङ नै हो, सजिलो अप्ठ्यारो त के फरक होला र सोचिरहेथेँ तर त्यहाँ पुुगेपछि थाहा भो अप्ठ्यारो त ठुला ठुला छालमा खेल्नुु रहेछ ।

    घामपानीका बेला देखिने सुन्दर कलाबाट सजिएको इन्द्रेणी परबाट आँखाले देख्दा अति सुन्दर देखिन्छ तर त्यो इन्द्रेणी जन्मनु अर्थात् भनौँ, आफ्नै लयमा पृथ्वी ओर्लिरहेका किरणसँग पानीका थोपा जुध्नु र त्यो सङ्घर्षबाट अर्को रूपमा इन्द्रेणी देखा पर्नुजस्तै रहेछ राफ्टिङ । अरू पानीका छालसँग हुत्तिँदै बगेको देख्दा रमाइलो लागे पनि पानीका छालसँग स्वयम् जुध्नु साहसिक खेल नै रहेछ ।

    वैशाख १९ गते ११ बजे भक्तपुुर जडिबुुटिबाट बस छुुट्ने सूचनानुुसार हामी दुुई सुुमित्रा राई बहिनी र म उक्त ठाउँमा पुुग्यौँ । केही समयपश्चात् सगर सुुवेदी र समीर पनि आइपुुगे । हामी रोकिएको ठाउँभन्दा पर अरनिको बसपार्कभित्र नै बस रोकिएको रहेछ । हामी पुुुुग्यौँ । सबै साथीहरू जुुटिसक्दा पनि एक जना मित्र कर्ण दयाल आइपुुगेका थिएनन् । उनलाई पर्खंदा १२ बज्यो । साथीहरू बसभित्र तातो मौसमसँग सिँगौरी खेलिरहेका थिए र ढिलो गरेका कारण उनीसँग रिसाइरहेका पनि थिए । ३२ जनालाई रोकिराख्ने मित्र कर्ण दयाललाई मनमनैै धन्यवाद दिदै थिएँ, म भने ।

    बसले आफ्नो रफ्तार लियो । रफ्तार लियो पनि के भन्नुु ? बसको गुुरुजी भर्खरभर्खरै बसचालक भएका रहेछन् । बस गुुडेको आवाजभन्दा गियर लगाउँदा बसले निकालेको आवाज त्रासमय थियो । उमेर र साहित्यमा दशकौँ काटेका अग्रज साहित्यकारले ‘हैन, यो बस किन यसरी कराउँछ ? के भएको हो’ भन्न थाले । बस कन्डक्टर आफै तर्सिएजस्ता थिए । उनले ढाडसस्वरूप ‘हजुुरहरू चुुप लागेर बस्नुुहोस् न, बस कराइहाल्छ नि’ भन्न थाले । बसको त्रासमय ध्वनिसँगै हाम्रो यात्रा बढिरह्यो ।

    नेपालको पहाडी भूूभागमा सडक सोझोतिर हानेजस्तो त कहाँ भेटिनुु र ? काठमाडौँबाट सिन्धुुपाल्चोक जिल्लाको सुकुुटेसम्म पुग्ने बाटो पनि एकापट्टि पहाड, अर्कोपट्टि भिर र बिचमा सडक, त्यही सडकमा हाम्रो बस दौडिएको छ । नागबेली बाटोसँग जोडिएका घरहरू पनि बाटोसँगै नागबेली बनेर उभिएका छन् ।

    बसमा साहित्यकारहरू आआफ्नो सिटमा भएका साथीसँग गफिँदै थिए । म भने मेरो सिटको साथी बहिनी सुुमित्रा राईलाई बेलाबखत उनको अवस्था कस्तो छ ? हेर्दै विचार गर्दै थिएँ । विचार गर्नुको कारण उनीसँगको मेरो पहिलो यात्रा थियो । उनले मलाई पहिले नै सचेत गराएकी थिइन्– ‘दिदी मलाई त लामो बाटो बसमा हिँडदा बस लाग्छ बमिट हुुन्छ ।’ मलाई त्यही पिर थियो । कतै बमिट गरेर यात्रामा रहेकालाई खल्लो पो हुने हो कि ?

    नागबेली बाटो, नागबेलीजस्तै बाटोसँगै जोडिएका घर छुट्दै गएका थिए हामीबाट । हामी केराबारी पुुगेपछि चिया पिउन रोकियौँ । सबैले आआफ्नो चाहनानुुसार खाजाचिया अर्डर गरे । हामीले पनि खाजा अर्डर गरेर पर्खिबस्यौँ । खाजा पर्खंदाको थोरै फुुर्सदिलो समयमा कोही फोटोसेसनमा लागे, कोही गफ गर्दै बसे ।

    हामी सबै जना होटलको सबैभन्दा माथिल्लो तलामा बस्यौँ । सुुमित्रा बहिनी र म छेउपट्टिको टेबलमा वल्लो र पल्लो छेउ गरेर बस्यौँ । माथिल्लो तला टिनले मात्रै छाएको चारैतिर खुुला गरी बनाइएको रहेछ । बहिनी मोबाइल हेर्दै थिइन् । मेरो आँखा टक्क एउटा रुखमा गएर अडियो । म मेरो दुुई हातका कुुहिनोलाई टेबलमा टेकाएर हत्केलाले चिउँडो अड्याएर त्यो रुख खुुब नियालेँ ।

    बसन्तको महिना भएर होला, ठुलाठुला हाँगामा थाल थापेजस्ता पात छपक्कै थिए । हामी सुुकुुटेतर्फ बढ्ने बाटोको किनारमा उभिएको बडेमानको त्यो रुख अचम्म गरी हावाले दायाबाया गरी घुुमाइरहेको देखेँ । खासगरी म रुखविरुवा चिन्दिनँ भन्दा पनि हुन्छ । मैले सुुमित्रा बहिनीलाई सोधेँ– ‘त्यो केको रुख हो बहिनी ?’ उनले ‘सिमलको रुख हो दिदी’ भनिन् । त्यो सिमलको बडेमानको रुखका हाँगा मानौँ, केटाकेटीले भुुरुङ नचाएझैँ घुमिरहेको खुुब हेरेँ । एक्लो उभिएको बडेमानको रुख हावाले दायाबाया हल्लाउँदा नाचेकोजस्तो देख्दा मलाई खुुब मज्जा लाग्यो । सुुमित्रा बहिनीलाई भनेँ– ‘त्यो रुख त कस्तो मज्जाले नाचेको हो ।’ उनले भनिन्– ‘सिमलको रुख हावाले हल्लाउँदा नाचेझैँ देखिन्छ दिदी ।’

    हामी पाँचखाल, तामाघाट, दोलालघाट हुुँदै इन्द्रावतिको धमिलो नदी तरेर अगाडि बढ्यौँ । सिन्धुुपाल्चोक चौतारा जाने र सुुकुुटे जाने बाटो छुुट्टियो । हामी सुुकुुटेको यात्रामा भएकोले त्यतै लाग्यौँ ।

    सुकुटेको भोटेकोशी रिसोर्ट हाम्रो गन्तव्य भएकाले दिउँसो ३ बजे सो स्थानमा पुगियो । आयोजकले हामी साहित्यकारबाट २,५०० रुपियाँका दरले प्याकेजको निम्ति उठाइएको रकमबाट हामीलाई दुईपटकको खाना, दुईपटकको खाजा र बसाइ उपलब्ध हुने जानकारी दिएका थिए । जानेआउने यातायात खर्चको निम्ति ७५० रुपियाँका दरले सङ्कलन गरिएको रकमबाट हामी सुकुटे पुगेका थियौँ । समग्रमा ३,२५० पचासभित्रको सुविधा हामीले प्रशस्त लियौँ । राफ्टिङ, खाना, खाजा, बसाइँ र चिया पिउने समयमा कफी, दुधचिया, जसलाई जस्तो मन पर्छ र जति पिउन मन पर्छ, प्रशस्त थियो ।

    सबैले खाजा लिएपश्चात् आयोजकले बास बस्ने कोठामा सबैको चाहअनुरूप जोडीलाई सिङ्गल कोठा, क्याम्पिङ टेन्टमा बस्न चाहनेलाई टेन्ट, सिङ्गल गएकालाई गु्रपमा गरेर व्यवस्था गरे । हामी चार जना मलगायत प्रतिभा पुन, यादेवी ढकाल र सुमित्रा राई एउटा कोठा, जसमा आठ जना अटिने खाट भएको कोठामा हामी चार जना बस्यौँ । आआफ्ना ब्याग राखेर रिसोर्टको निक्कै सुन्दर स्विमिङ पुलमा केही बेर फोटोसेसनतिर व्यस्त बन्यौँ । आयोजक समिर सिंह, सिन्धु सिरुबारेलगायत अरू दुई जना गरी चार जनालाई सुत्ने कोठा कमी भएछ । उभिएर गफिँदै थियौँ, सिन्धुले आफूलाई कोठा बन्दोबस्त नभएको सुनाए । कार्यक्रम सुरु भएको थिएन, उनीहरू कोठा म्यानेजतिर लागे ।

    हामी आआफ्नै धुनमा तस्बिर खिच्नतिर लाग्यौँ । हामी ‘सुकुटे कविता साँझ’ कार्यक्रमअन्र्तगत पुगेका थियौँ । साँझ ६ बजे कार्यक्रम सुरु भयो । सुरुआतमै सिन्धुपाल्चोक जिल्ला समितिका वर्तमान अध्यक्ष सरस्वती अधिकारी र निवर्तमान अध्यक्ष निर्मल बस्नेतजीले दोहोरीमा साहित्यकार पाहुनालाई गीतबाट स्वागत गरे ।

    “एकछिनमा सुन्ने हो कविता छिनको छिनैमा
    भेट भो कवि के भनी बोलाऊँ म पहिलो दिनैमा”

    यसरी निक्कै मिठो गीतबाट दुई अध्यक्षले स्वागत गरे । प्रगतिशील गीत, कविता, चुट्किला जो जसरी आफ्नो कलामा निपूण छ, त्यही सुनाउने माहोल तात्तिँदै थियो । यसरी प्रगतिशील साहित्यलाई समन्वय गर्न सुकुटेमा कार्यक्रमको सुरुआत भयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रलेस नेपालका पूर्व अध्यक्ष मातृका पोखरेल थिए । सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्राधानाङ, डा. विन्दु शर्मा, गोपाल बराल, प्राज्ञ बाबा बस्नेत, डा. कौशिला रिसालका साथ रचना प्रस्तुत गर्नेमा स्वयम् यो लेखकलगायत समीर सिंह, डा. अमृता शर्मा, डा. कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा. बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोडारी, डा. प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जिसी, रमेश दाहाल, राधा कार्की, यादेवी ढकाल, बासुदेव पौड्याल, अच्युत घिमिरे, बालकवि सुविन पन्तलगायत थिए । पर्यटन व्यवसायी महेन्द्र थापा पनि उपस्थित भएका थिए ।

    उनले आफ्ना भनाइ राख्दै भने– “२०३६ सालमा एसएलसी दिएर राफ्टिङ व्यवसायी सुरु गरेको थिएँ । आँसुले यो भूमि सिचेर यो काम गरियो । यहाँका मेयरसाहब सुबोधजी धन्यवादका पात्र हुनुहुन्छ । सुकुटेलाई पर्यटनक्षेत्र घोषणा गर्नु भयो । यहाँ लेखक साहित्यकारले पनि सुकुटे कोरिडोर उत्थानको निम्ति केही आफ्ना विचार राखिदिनुहुनेछ ।’ उनले आफ्नो अभिव्यक्ति राखेर छुुट्टिए । यसरी रातिको ९ बजे कार्यक्रमले बिट मारियो ।

    रातीको खानापश्चात् सुत्न आआफ्नो कोठातर्फ लाग्यौँ । सुत्ने तर्खर हुँदै थियो । मलाई सिन्धुजीले भनेको कुरा मनमा लागिरहेथ्यो । हामी भने आठ जना अट्ने ओछ्यानमा चार जना मात्रै छौँ, उता आयोजक साथीहरूलाई ओछ्यान पुगेको छैन, मन पिरोलिन थाल्यो । सोँचे हामी चार जना भएको कोठामा अरू चार जना महिलालाई यता ल्याइयो भने त ओछ्यान नपुगेका साथीहरूलाई ओछ्यान पुग्छ । हामी ४० जनाको निम्ति रिसोर्टले छुट्याएको ओछ्यानमा हामी आआफ्नै सुविधाले ओछ्यान ओगटेका थियौँ । मनमा साथीहरूले सुत्ने ठाउँ पाए कि पाएनन् होला भनेर निद्रा नै लागेन र ठाउँ नपाएका समीरलाई म्यासेज गरेर सोधेँ– ‘तपाईंहरूलाई सुत्ने ठाउँ मिल्यो ?’ केही बेरपश्चात् समिरले रिप्लाई दिए– “मिल्यो । गुडनाइट ।’ अब भने मन ढुक्क भो निदाएँ ।

    भदौ २० गते बिहान खाजा खानुअघि पुन: कविता र गीत वाचन भए । खाजा खाएपश्चात् हामी राफ्टिङको निम्ति सुकुटे बिच रिसोर्टतर्फ लाग्यौँ । वरिपरि पहाडले घेरिएको सुकुटेमा भोटेकोशी नदीको सुन्दर सङ्गीत श्रवण गर्दै पर्यटक पाहुनाका खातिर दत्तचित्तका साथ लागिरहेका रिसोर्ट छन् । हामी भोटेकोशी रिसोर्टबाट पैदलयात्रा गर्दै सुकुटे रिसोर्टतर्फ लाग्यौँ । हामीलाई अघिल्लो दिन नै निम्ता गरेर महेन्द्र थापा छुट्टिएका थिए ।

    हामी राफ्टिङको निम्ति महेन्द्र थापाको सुकुटे बिच रिसोर्ट पुग्यौँ । राफ्टिङ गर्न पुगेका ४० जना साहित्यकार केही बेर नदी किनारमै रमायौँ । राफ्टिङको डुङ्गा अर्थात् हावा भरेको रबरको तीनओटा डुङ्गा आएपछि त्यसमा हामी बाँडियौँ । हाम्रो डुङ्गामा १३ जना भयौँ ।
    राफ्टिङको गाइडले पानीलाई प्याडल (बहना) ले कति बेला कसरी फ्याँक्ने भन्ने कुरा डुङ्गामा बस्नुअगाडि नै जानकारी गराएका थिए ।

    आपतकालीन अवस्थामा डुङ्गाभित्र प्याडलको पछिल्लो भाग टेकेर आफूलाई कसरी सुरक्षित बनाउने कुरा सबै सिकाएका थिए । हामीलाई गाइड गर्ने भाइ जम्मा २० वर्षका रहेछन् । उनी मुस्किलले पचास किलो जति तौलका थिए होलान् । जब हामी डुङ्गामा बस्यौँ, उनको निर्देशनमा पानीअगाडि वा पछाडि फ्याँक्नुपर्ने हुन्थ्यो । उनले पानी कता फ्याँक्ने भनेर भन्थे तर त्यो रमाइलोमा उनको मसिनो आवाज त्यही पानीको छालसँगै विलीन हुन्थ्यो ।

    म उनको नजिक थिएँ र मैले उनको निर्देशनलाई साथीहरूसम्म पुर्‍याउने कोसिस गर्थें । त्यसो भएता पनि त्यो होहल्ला रमाइलोमा सबैले उनले पानी अघिल्तिर फ्याँक्न अह्राउँदा बिर्सिएर पछिल्तिर फ्याँक्ने पछिल्तिर फ्याँक्न अह्राउँदा अघिल्तिर फ्याँक्ने भएछ । पानी त्यसरी फ्याँकिदा डुङ्गाले त सुरुमै आफ्नो लिक छोडिहाल्यो । बिचरा त्यो फुच्चे गाइडले कसरी सम्हाल्नु र ? हाम्रो डुङ्गा भोटेकोशीको बिचमा जानुको सट्टा किनारमा ढुङ्गाले छेकिएर बनेको रहमा पो गयो । ती ढुङ्गालाई पार गराउन उनले पानी चलाउने निर्देशन दिए तर अहँ कसैले राम्रोसँग सुने पो ! अन्तत: उनी पानीमा ओर्लिए । किनार भए पनि पानी घुँडामाथि नै थियो । उनले सबैलाई ओर्लन अह्राए । डराइडराई सबै त्यही पानीमा ओर्लियौँ । उनले डुङ्गालाई तानेर ढुङ्गा पार गराए । सबै फेरि त्यही पानीमै डुङ्गा चढ्यौँ, बल्ल डुङ्गा बग्न थाल्यो । हाम्रो जेन्जी पुस्ताका भाइहरूलगायत सबैले बहना खियाउन थालिहाले ।

    म गाइडनजिक थिएँ । उनले आफूलाई सम्हाल्न भ्याएकै रहेनछन्, डुङ्गा बग्न के थालेको थियो । उनी त झ्वाम्मै पानीमा खसिहाले । चुम्लुङ पानीमा डुबेर टाउको उठाउँदै मुखले पानी फुर्रर फ्याँक्दै डुङ्गाको डोरी समाउन आइपुगेको देखेँ । उनी डुङ्गामा उक्लिए । म त अवाक् उनलाई हेरेकोहेर्‍यै भएँ । पछि पो उनी खसेको सबैले थाहा पाए । उनी त्यो भोटेकोशीको चिसो पानीमा निथ्रुक्क रुझे । ती फुच्चे गाइडलाई रुझेको देख्दा सबैलाई माया लाग्यो ।

    डुङ्गा बग्न थालेपछि ती फुच्चे गाइडले भने– ‘८ जना बस्ने डुङ्गामा १३ जना हुनुहुन्छ । त्यो पनि यति मोटा मोटा’ । उनी थकित देखिन्थे । हामी गलल्ल हाँस्यौँ । डुङ्गाले आफ्नो रफ्तार लिँदै थियो । उनले फेरि भने– ‘म यहाँ डुङ्गा चलाउन भर्खर आएको हुँ ।’

    उनले यति भन्न के भ्याएका थिए, सबै मुखामुख गर्‍यौँ । बाबा बस्नेतले जिब्रो टोकेर मलाई हेर्नु भो । म पनि उनको कुरा सुनेर अत्तालिएँ । नअतालिनु पनि कसरी र ? भर्खरै डुङ्गा रहमा पुगेर रहबाट निस्किएका थियौँ ।

    उनले भोटेकोशीमा पो भर्खरै राफ्टिङ गराउन आएका रहेछन् । पहिला त्रिशूलीमा राफ्टिङ गराएका रहेछन् । बल्ल मन ढुक्क भो ।

    डुङ्गाले रफ्तार लिइरहेको थियो । भोटेकोशीको किनारलाई एकातिर पहाडको भुइँले अँगालेको थियो भने एकातिर रमाइला रिसोर्टका आँगन आइपुगेका थिए । ती दुईका बिचमा भोटेकोशी आफै बगिरहेको थियो । त्यसरी निर्बाध रूपमा बगेको भोटेकोशीमा डुङ्गामा सयर गरिरहेका हामीलाई डुङ्गाभन्दा माथिमाथि पानीको छाल आएर रुझाउँदा मन पुलकित बन्यो । गाइडलाई हाम्रो मोबाइलबाट भिडियो फोटा लिन लगायौँ ।

    अब भने उनी (गाइड) आफै हौसिँदै भन्दै थिए– “पानीमा झर्न मन लागे झर्नुहोस् र डोरी समाउनुहोस् ।’

    समीर र सगर सुवेदी पानीमा ओर्लिए । पानीको छालसँग रमाउँदै हुत्तिँदै थियौँ । बाबा बस्नेतले ‘चराहरू’ शीर्षकको कविता वाचन सुरु गरिन् । माहोल कवितामय बन्यो । केही छिनपछि पानीमा ओर्लिएकालाई ती फुच्चे गाइडले सेफ्टी ज्याकेटमा समातेर माथि ताने । सुकुटे बिचबाट सुरु भएको राफ्टिङ लगभग ६ किलोमिटर सुनकोशी पुगेर टुङ्गियो । त्यहाँबाट फर्कन हामीलाई लिन सानो ट्रली जिप आएर बसेको रहेछ । त्यसैको पछिल्लो भागमा साहित्यकार टन्नै कोचिएर उभियौँ । भोटेकोशीको छालमा भिजेका हामीलाई लिएर टलीले सडकमा गति लियो । रमाइलो पनि कति कति । उभिएका हामी त्यही ट्रली जिपमै फेरि रमाइलो गर्दै भोटेकोशी रिसोर्ट फर्कियौँ ।

    खाना खाएर फर्कने बेला रिसोर्टका कर्मचारी दिप सापकोटासँग थोरै भलाकुसारी गरेँ । उनका अनुसार सुकुटेमा आउने पर्यटक पाहुनालाई इच्छानुसार बास र खानाको निम्ति टेन्टको २,५०० सय, क्याम्पिङ टेन्टको २,००० र कोठाको ३,५०० शुल्क प्याकेजमा निर्धारण गरेको कुरा उल्लेख गरे । सुकुटे घुम्न आउन चाहने पर्यटक पाहुनाले प्याकेजमा यी सुविधा प्राप्त गर्नुहुनेछ । यदि राफ्टिङ गर्न चाहनुहुन्छ भने १,५०० व्यक्ति शुल्क लाग्ने कुरा पनि उनले बताए । १७ रोपनीमा बनेको भोटेकोशी बिच रिसोर्टमा ३०० हाराहारी पर्यटक राख्ने क्षमता रहेको पनि बताए ।

    ‘सुकुटेको प्रख्यात के कुरा हो’ भन्ने मेरो प्रश्नमा उनले भने– ‘यहाँ लोकल कुखुरा र माछासँगको भोजन नै प्रख्यात छ । यहाँको संस्कृतिको कुरा गर्दा तामाङ समुदायको भेषभूषा, पाहुना सत्कार र तामाङ शैलीको परम्परागत खाना नै हो ।’

    यस भेगका सबैभन्दा बढी माझी समुदायका बस्ती रहेको र उनीहरू माछा मार्ने र खेतीपाती गरी जीविकोपार्जन गर्नेसमेत उनले बताए । यहाँ मादल बजाएर लोकनृत्य गर्ने गाउँघरको विशेष आकर्षण रहेको पनि जानकारी दिए । दीप सापकोटाले छोटो भेटमा थुपै्र कुरा जानकारी दिए ।

    अन्तमा मैले उनलाई भनेँ– ‘म पर्यटक बनेर आएको छु । म यहाँको केही चिज चिनोको रूपमा लिएर फर्कन चाहन्छु । मैले लिएर जान सक्ने यहाँको के चिज छ ?’

    मेरो प्रश्नमा उनले हाँस्दै भने– ‘तपाईंले चिनोको रूपमा लिएर जान सक्ने भनेको तपाईंको अनुभव हो । भोटेकोशीमा राफ्टिङ गर्नुभयो । यो क्षेत्र घुमेर अवलोकन गर्नुभयो । यहाँको भोजन गर्नु भयो यही नै हो । त्यस्तो लिएर फर्कन मिल्ने चिनो अरू केही छैन ।’

    उनका कुरा आत्मसात गर्दै थुपै्र अनुभव बटुलेर सुकुटेलाई बाइबाइ गर्‍यौँ । दिनको ३ बजे घाम पनि आफ्नो वासस्थानतर्फ ओर्लने सुुरसार कस्दै थियो । पहाडमाथि टेकेर ओर्लदै गरेको घामलाई आफ्नो काँध दिँदै पहाड पनि एकातर्फ आफ्नो शरीरलाई छायाको बर्को ओढाउँदै थियो । हाम्रो बसले पनि हामीलाई सुरक्षित अनुुभूत गराउँदै हाम्रो वासस्थानतर्फ हुइँकियौँ ।

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.