काठमाडौं । जनता समाजवादी दलका तर्फबाट समानुपातिक सांसद सरिता गिरीलाई हटाएपछि रिक्त रहेको स्थानमा लिलादेवी सिटौला नियुक्त हुनुभएको छ । सिटौलाले आज सपथ लिने कार्यक्रम छ ।
Advertisement
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिक सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम रहेको सभामुखको निजी सचिवालयले जनाएको छ ।
पार्टीको ह्विपपिरित संविधान संशोधन प्रस्तावविरुद्ध प्रस्ताव दर्ता गरेपछि जसपाले सरिता गिरीलाई सांसद पदसहित पार्टी सदस्यताबाट निष्काशन गरेको हो । गत असार २३ गते जनता समाजवादी पार्टीले गिरीलाई बर्खास्त गरी उनको ठाउँमा लिलादेवी सिटौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।