सुरेशकुमार पाण्डे ###
Advertisement
जुर्मुरायो त्यो शिकागोको शहर कुनैबेला,
भिजायो रगतले धर्तिको अधर कुनैबेला ।
उठेका थिए बोकेर सहास बिना हतियार,
इन्कलावी हुङ्कारले गुज्यो सगर कुनैबेला ।
श्रमजीविहरूको एकताले हिलायो धर्ती,
त्यसैको दुनियाँभरी भयो असर कुनैबेला ।
आठ घण्टा कामको समय आएन त्यत्तिकै,
कयौँको बलिदानको थ्यो खबर कुनैबेला ।
वर्गिय संघर्षले ल्याएको अधिकार सबै,
श्रमिक एकताको थियो अफर कुनैबेला ।
जसले जगायो यो सारा संसार नमन गरौँ,
बनेकै छन् अंमर जो थिए निडर कुनैबेला ।
दाङ घोराही १८
०१–०५–२०२६