काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सचिव तथा कोषाध्यक्ष खडक रानाथारू पत्नीशोकमा पर्नुभएको छ ।
२०८३ वैशाख १६ गते बुधबार उहाँकी पत्नी लालमती रानाथारूको असामयिक निधन भएसँगै उहाँ शोकमा पर्नुभएको हो ।
जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा बुधबार नै सार्वजनिक गरिएको शोकवक्तव्यका अनुसार गोरुगाडाबाट लडेर उहाँको निधन भएको थियो ।
शोकवक्तव्यमा लेखिएको छ– “हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सचिव तथा कोषाध्यक्ष खडक रानाथारूकी ६३ वर्षीया पत्नी लालमती रानाथारूको २०८३ वैशाख १६ गते कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. १३ कैलालीगाउँमा गोरुगाडाबाट लडेर असामयिक निधन भएकोमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।”
मृतक लालमतीको बिहीबार स्थानीय घाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।
निजको परिवारमा पति खडक रानाथारूसँगै एक छोरा र दुई छोरी रहेका छन् ।





