• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सुडानमा यौन हिंसाले गहिरिँदो मानसिक सङ्कट


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • जेनेभा, १६ वैशाख । सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिँदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध निकायहरू र स्थानीय सहायता समूहहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो हिंसाबाट बचेकाहरूका लागि तत्काल र दीर्घकालीन मनोसामाजिक सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

    Advertisement

    अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन् । यही हिंसात्मक वातावरणमा बलात्कार र अन्य यौन अपराधहरूलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको विभिन्न प्रतिवेदनहरूले देखाएका छन् ।

    मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्सका अनुसार जनवरी २०२४ देखि नोभेम्बर २०२५ सम्म उत्तर र दक्षिण डार्फर क्षेत्रमा उनीहरूले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा यौन हिंसाबाट बचेका कम्तीमा तीन हजार ३९६ जनाले उपचार खोजेका थिए, जसमा अधिकांश महिला र किशोरीहरू रहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूले यो सङ्ख्या वास्तविक अवस्थाको सानो अंश मात्र भएको सङ्केत गरेका छन् ।

    डब्लुएचओको लैङ्गिक हिंसा एकाइकी प्रमुख अवनी अमिनले जेनेभामा आयोजित कार्यक्रममा यौन हिंसाका पीडितहरूले सेवा लिन असाध्यै कठिनाइ भोगिरहेको बताउनुभयो । उहाँका अनुसार असुरक्षा, स्वास्थ्य संस्थामा पुग्न गाह्रो तथा यस्ता घटनासँग जुझ्न प्रशिक्षित स्वास्थ्यकर्मीको अभावले समस्या झनै जटिल बनाएको छ । साथै, सामाजिक कलङ्कका कारण धेरै पीडितहरूले घटना सार्वजनिक गर्नै नसक्ने अवस्था रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “एउटा घटना सार्वजनिक हुने प्रत्येक अवस्थामा अरू धेरै महिलाहरू चुपचाप पीडा सहेर बस्न बाध्य हुने सम्भावना रहन्छ ।”

    डार्फर महिला एक्सन समूहकी निमत अहमदीले हिंसापछि उपचार खोज्ने महिलाहरूले सामना गर्नुपरेको भयावह अवस्थाबारे जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक बलात्कारपछि धेरै महिलाहरू गम्भीर स्वास्थ्य जटिलता, विशेषगरी फिस्टुलाजस्ता समस्याबाट पीडित हुने गरेका छन् । शान्ति कालमै यस्ता बिरामीका लागि पर्याप्त चिकित्सक नभएको अवस्थामा अहिले त सेवा लगभग शून्यजस्तै भएको उहाँले उल्लेख गर्नुभयो ।

    धेरै स्वास्थ्य संस्था लडाकू समूहको नियन्त्रणमा रहेकाले उहाँले अपहरण र बलात्कारपछि बचेका महिलाहरू अस्पताल जान समेत डराउने गरेको बताउनुभयो । एउटा अस्पतालमा आरएसएफका लडाकूहरूले प्रवेश गरी स्वास्थ्यकर्मीमाथि नै गोली प्रहार र बलात्कार गरेको घटनासमेत उहाँले स्मरण गर्नुभयो । त्यही क्रममा उपचाररत एक प्रसूता (सुत्केरी) को ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

    सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको फिर्ता र मानवीय सहयोगमा भएको कटौतीले अवस्था अझ जटिल बनेको उहाँले बताउनुभयो । स्रोत अभावका कारण साना स्थानीय महिला संस्थाहरूले मात्रै सेवा दिनुपरेको र त्यसले जोखिम बढाएको उहाँको भनाइ छ ।

    संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि सेवाको अभावले पीडितहरूमा गम्भीर असर परेको जनाएको छ । युएनएफपिएका मानवीय प्रतिक्रिया प्रमुख सोको अराकाकीले यौन हिंसापछि ७२ घण्टाभित्र उपचार पाउनु अत्यन्त आवश्यक हुने बताउनुभयो, तर अहिले औषधि र सेवा दुवैको अभाव रहेको स्वीकार गर्नुभयो ।

    उहाँले विशेषगरी मानसिक स्वास्थ्य सहयोगको आवश्यकता अत्यधिक बढेको उल्लेख गर्दै पीडितहरूमा गम्भीर मनोवैज्ञानिक समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार आत्महत्याका घटनाहरू समेत बढिरहेका छन् । यद्यपि यस्ता घटनाको आधिकारिक विवरण सङ्कलन गर्न कठिन रहेको छ, तर स्थानीय स्रोतहरूले बलात्कारको डर वा त्यसपछि हुने सामाजिक बहिष्कारबाट बच्न महिलाहरूले आत्महत्या गर्ने घटनाहरू बढेको सङ्केत दिएका छन् ।

    अवनी अमिनले जीवनरक्षा प्रयाससँगै मानसिक स्वास्थ्य सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार यस्ता द्वन्द्वका असरहरू केवल तत्काल नभई दीर्घकालीन र पुस्तौँसम्म रहने खालका हुन्छन् । त्यसैले अहिले नै व्यापक तयारी र समर्थन प्रणाली विकास गर्नुपर्ने उहाँको जोड छ ।

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.