• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

महामारी सन्धिमा सहमति खोज्न अन्तिम कसरत


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • जेनेभा, १४ वैशाख । भविष्यका महामारीहरू सामना गर्न बनाइएको विश्वव्यापी सन्धिको सबैभन्दा विवादित र अधुरो अंश टुङ्ग्याउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सोमबारदेखि निर्णायक वार्ता सुरु भएको छ । धनी र विकासोन्मुख राष्ट्रबीच गहिरो मतभेद कायमै रहेकाले सम्झौताको कार्यान्वयन पक्ष अझै अन्योलमा छ, जसलाई मिलाउन थप एक साताको समय छुट्याइएको हो ।

    Advertisement

    गत वर्ष अनुमोदित महामारी सन्धिले व्यवहारमा कसरी काम गर्ने भन्ने मूल प्रश्नमै अहिले विवाद केन्द्रित छ । विशेषगरी ‘रोगजनक पहुँच र लाभ–साझेदारी प्रणाली’ (पिएबिएस) ले महामारी निम्त्याउन सक्ने भाइरस तथा रोगजनकहरूको पहुँच कसरी साझा गर्ने र त्यसबाट प्राप्त लाभ—जस्तै खोप, परीक्षण र उपचार—कसरी न्यायोचित रूपमा बाँड्ने भन्ने विषयमा स्पष्ट सहमति हुन सकेको छैन ।

    डब्लुएचओकी प्रमुख वैज्ञानिक सिल्वी ब्रिन्डले विकासशील राष्ट्रहरूमा अझै गहिरो अविश्वास रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार ती देशहरूले सङ्कटको बेला खोपमा समान पहुँच सुनिश्चित नहुने डरका कारण आफ्ना भाइरस नमुना साझा गर्न हिच्किचाइरहेका छन् । अर्कोतर्फ केही विकसित देशहरूले भने औषधि उद्योगलाई लगानीको प्रतिफलको स्पष्ट सुनिश्चितता नदिई यस्ता वैश्विक सम्झौतामा संलग्न गराउन कत्तिको सम्भव छ भन्ने प्रश्न उठाइरहेका छन् ।

    अहिले खोप, उपचार र परीक्षण विकासमा भौतिक नमूनाभन्दा डिजिटल जेनेटिक सूचना अझ महत्त्वपूर्ण बनिसकेकाले आनुवंशिक डाटाको साझेदारी पनि अर्को जटिल पक्ष बनेको उहाँले बताउनुभयो ।

    मे २०२५ मा, कोभिड–१९ महामारीबाट सिकेका पाठका आधारमा तीन वर्षभन्दा लामो वार्तापछि सदस्य राष्ट्रहरूले ऐतिहासिक महामारी सन्धि स्वीकृत गरेका थिए । यसको उद्देश्य भविष्यका स्वास्थ्य सङ्कटमा अन्तर्राष्ट्रिय समन्वय सुदृढ गर्ने, निगरानी प्रणाली सुधार गर्ने र खोप तथा उपचारमा समान पहुँच सुनिश्चित गर्नु हो । तर सन्धिको मुख्य आधार मानिएको पिएबिएसलाई अन्तिम रूप दिन नसकिएकाले यो अझै अधुरै रहेको छ ।

    आगामी मे १८ मा सुरु हुने विश्व स्वास्थ्य सभामा यसलाई औपचारिक रूपमा पारित गराउने लक्ष्य राखिएको छ । त्यसअघि पिएबिएसमा सहमति जुटाउन यही सातालाई अन्तिम अवसरका रूपमा हेरिएको छ । जेनेभास्थित ब्राजिलका कूटनीतिज्ञ जिन कारिडाकिसले मतभेद गम्भीर भए पनि सहमति सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रगति सुस्त भए पनि विशेषगरी युरोपेली सङ्घ (इयु) बाट केही लचकता देखिन थालेको बताउनुभयो ।

    विकासोन्मुख देशहरू, विशेषतः अफ्रिकी राष्ट्रहरूका लागि पिएबिएस अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ, किनकि कोभिड–१९ का बेला खोप पहुँचमा उनीहरूले ठूलो असमानता भोगेका थिए । यद्यपि, ती देशहरूबीच पनि प्राथमिकतामा फरक देखिन्छ । दक्षिण अफ्रिका जस्ता उदीयमान अर्थतन्त्रहरूले प्रविधि हस्तान्तरणमा जोड दिइरहेका छन् भने गरिब राष्ट्रहरू स्वास्थ्य सामग्रीमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्न चाहन्छन् ।

    पाकिस्तानका प्रतिनिधि आदिल मुमताज खोखरले वार्ता चुनौतीपूर्ण भए पनि सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गर्नुभयो । उहाँका अनुसार इजाजतपत्र, प्रविधि हस्तान्तरण र स्वास्थ्य प्रणालीको क्षमता विकासजस्ता विषयहरू मुख्य विवादका बिन्दु बनेका छन् ।

    प्रस्तावित व्यवस्थाअनुसार सहभागी औषधि कम्पनीहरूले आफ्नो उत्पादनको २० प्रतिशत हिस्सा डब्लुएचओमार्फत पुनः वितरणका लागि उपलब्ध गराउनुपर्नेछ, जसको आधा दान र बाँकी किफायती मूल्यमा हुने व्यवस्था छ । तर स्वास्थ्य डेटा पहुँच र महामारीबाहेकका स्रोतहरूको उपयोगजस्ता विषयहरू अझै स्पष्ट पार्न बाँकी छन् ।

    गरिब देशहरूले खोप र उपचारमा सुनिश्चित पहुँच पाउन सकून् भन्ने उद्देश्यले गैरसरकारी संस्था र विकासोन्मुख राष्ट्रहरूले प्रयोगशालाहरूलाई अनिवार्य दायित्वमा बाँध्नुपर्ने माग गरेका छन् । डाक्टरस विदाउट बोर्डर्सकी ओलेना जारित्सकाले इबोला प्रकोपको उदाहरण दिँदै अफ्रिकी नमूनाबाट विकसित उपचारहरूमा स्थानीय पहुँच सीमित भएको स्मरण गराउनुभयो ।

    यस्तै, पिएबिएस डाटाबेसमा प्रयोगकर्ताको दर्ता र निगरानी प्रणालीको विषयमा पनि विवाद छ । जर्मनी, नर्वे र स्विट्जरल्यान्डजस्ता विकसित देशहरूले बेनामी पहुँच कायम राख्न चाहेका छन् भने अन्य पक्षले त्यसले पारदर्शिता घटाउने तर्क गरेका छन् । थर्ड वर्ल्ड नेटवर्कका के. एम. गोपकुमारका अनुसार यस्तो व्यवस्था रहिरहेमा कसले कुन उद्देश्यका लागि डाटा प्रयोग गरिरहेको छ भन्ने ट्र्याक गर्न असम्भव हुने खतरा रहन्छ ।

    अक्सफामसहित १०० भन्दा बढी संस्थाहरूले डब्लुएचओलाई लेखेको संयुक्त पत्रमा बेनामी पहुँचले विकासोन्मुख देशका आनुवंशिक स्रोतहरू दण्डहीन रूपमा प्रयोग र व्यवसायीकरण हुन सक्ने चेतावनी दिएका छन् ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.