✍नवीन बस्याल
Advertisement
जीवनभर काम गरेर मरिने भईयो
बाह्रै घण्टा कामै काम गरिने भईयो
प्रगति गर्न परदेश हिँडेको परदेशी
कहिल्यै शिखर होइन उल्टो झरिने भईयो
सामान्य जागिर गर्ने कहाँ पुगेसके
आफू भने भ्यागुताझैँ कुवामै सरिने भईयो
सबैको जित भएको देख्छु संघर्षमा
मेरो खेलले जहिले पछि परिने भईयो
अब एउटा नयाँ यात्रा थालनी गर्दैछु
बिजय पछि सुवास बनि छरिने भइयो ।