नवीन बस्याल ##
Advertisement
सरकारले राम्रो काम गरे जनताका दु:ख मेटाउने समय आउँछ,
विरोध होइन, आम रूपमा समर्थन देखाउने समय आउँछ ।१।
हिजोको जस्तै प्रतिबद्धता एकातिर काम अर्कोतिर भए भने,
विरोधपूर्ण आन्दोलन, जुलुस गरी चेताउने समय आउँछ ।२।
सचेत भइसकेका छन् अहिलेका जनता हिजोभन्दा,
गल्ती दोहोरिए निर्वाचनबाट सरकार भत्काउने समय आउँछ ।३।
सुरुआतमै कमजोरी देखिन थालिसकेको छ कहाँ पुग्छ हेरौँ,
प्रतिशोध भयो भने घमण्डको आगो निभाउने समय आउँछ ।४।
गाउँबस्ती, सहर, गल्लीका जनतामा चेतना जगाउनुपर्छ,
राम्रो भए फेरि जिताउने राम्रो नभए धपाउने समय आउँछ ।५।