• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रगतिशील लेखक सङ्घको दोधाराचाँदनी घोषणापत्र


  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित
  • ?प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा २०८२ चैत २०–२१ गते कञ्चनपुर जिल्लामा सम्पन्न अन्तर्राष्ट्रिय सङ्गोष्ठीद्वारा जारी

    Advertisement

    १) प्रगतिशील लेखक सङ्घ, नेपाल नेपाली सिमानाको रक्षा तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफ्नो जीवन बलिदान गर्नुहुने भीमदत्त पन्तदेखि पुनर्वास कञ्चनपुर निवासी गोविन्द गौतमलगायतका ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछ ।

    २) प्रलेसको यस राष्ट्रिय कार्यक्रमको माध्यमले सीमान्त क्षेत्रका आवाजलाई साहित्यलेखनको माध्यमले नेपालको राष्ट्रिय राष्टिय मूलधारमा प्रवाहित गर्ने कार्य गरेको सन्दर्भमा यहाँको समुचित विकासका लागि समेत लेखनका माध्यमले प्रवाहित गर्न यो अन्तराष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत साहित्य र विचारका भावनालाई समेट्दै सुदूरपश्चिम प्रदेशका विभिन्न भाषा, संस्कृति, कला तथा साहित्यलाई विश्व प्रगतिशील साहित्यमा प्रचारप्रसार गर्न दोधाराचाँधनी विशेषाङ्क प्रकाशित गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

    ३) अहिलेको विषम परिस्थितिमा प्रगतिशील लेखन तथा साहित्यको संरचना परम्परागत ढङ्गमा मात्र सीमित राख्नु उचित देखिँदैन । युवा पुस्ताका भावनालाई समेट्दै हाम्रो साहित्यलाई परिमार्जन गर्नुपर्ने आवश्यकता छ । साम्राज्यवादीले भाषा, साहित्य, कला र संस्कृति, आधुनिक प्रविधिको प्रयोग गर्दै प्रगतिशील लेखन साहित्यका विरुद्ध सशक्त मोर्चा बनाइरहेको सन्दर्भमा प्रलेस, नेपाल हाम्रो लेखन तथा साहित्यलाई राष्ट्रियता, सार्वभौमिकता, नेपाली मौलिकता तथा श्रमजीवी जनताको भावनालाई अझ परिमार्जित गर्दै क्रियाशील हुने प्रतिबद्धता जाहेर गर्दछ ।

    ४) भदौ २४ गतेपछि नेपालको राजनीति विदेशी शक्तिहरूको चपेटामा पर्दै गइरहेको छ । नेपालको भ्रष्ट राजनीति र कुशासनका विरुद्ध नेपाली जनताको आक्रोशलाई पक्रिँदै विदेशी शक्ति नेपाली राजनीतिमा आफ्नो प्रभावलाई बढाउँदै गइरहेका छन्् । प्रारम्भमा नेपालको संसद्बाट एमसिसी पारित गरेर आफूअनुकूल वातावरण बनाइयो । प्रलेस, नेपालले त्यो बेला नै एमसिसीको विरोधमा आफ्नो भूमिका निर्वाह गरेको थियो । अहिले फेरि चीनविरोधी गतिविधि गर्न एसपिपी पारित गर्न अनुकूल वातावरण बनाइँदैछ । आफ्नो कथित उदेश्य पूरा गर्न वर्तमान सरकार फासिस्ट तथा स्वेच्छाचारी प्रकारले राजनीतिक नेतालाई दमन तथा गिरफ्तारी गरिरहेको अवस्था छ । प्रलेस, नेपाल देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिँदै वर्तमान सरकारको यस प्रकारको फासिष्ट शैलीको कडा रुपमा भत्र्सना गर्दछ ।

    ५) बामपन्थी आन्दोलनमा कृयाशील सबै पार्टीहरु, सङ्घ संस्थाहरू तथा व्यक्तिहरुलाई आपसी मतभेदलाई बाति राखि एकताबद्ध रुपमा राटिय सार्वभौमसत्ताको सुरक्षा र बाम लोकतान्त्रिक मूल्य मान्यताका संरक्षण एवं संवर्धनमा समाहित हुन आग्रह गर्दछ ।

    ६) वर्तमान सरकार आफ्नो फासीवादी शैलीलाई निरन्तरता दिदै स्वतन्त्र विद्यार्थी युनियन तथा टे«ड युनियन खारेजीका साथै स्वतन्त्र मिडियामाथि अङ्कुश लगाउँदै गइरहेको अवस्था छ । प्रलेस, नेपाल सरकारको यस प्रकारको अधिनायकवादी शैलीको कडा रूपमा भत्र्सना गर्दछ ।

    ७) भारत र चीनले हालै नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेका छन् । उक्त निर्णयले नेपालको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरेको छ । यसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै छिमकी राष्ट्रबिचको सम्बन्धमा गहिरो आघात पुगेको छ । प्रलेस, नेपाल उक्त सम्झौता तुरुन्त खारेज गरी अन्तर्राष्टिय नियम तथा कानुनका आधारम त्रिपक्षीय सम्बन्ध सुमधुर बनाउन जोडदार माग गर्दछ ।


    ८) आज अमेरिकी साम्राज्यवाद विश्व शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा बनेको छ । साम्राज्यवादी शक्तिहरूको युद्धनीतिले विश्वभर युद्धको वातावरण सिर्जना हुँदै विश्व तेश्रो विश्वयुद्धतर्फ लम्किँदै गइरहेको छ । यस प्रकारको विश्वयुद्धले आणविक युद्धको सम्भावना बढ्दै गएको छ । यसले विश्व मानव जाति नै सङ्कटमा गर्ने गम्भीर खतराको स्थिति सिर्जना भएको छ । संसारकै सबैभन्दा ठुलो पेट्रोलियम खानी भएको भेजेजुयलामाथि सैन्य आक्रमण गरी त्यहाँको राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकाको बन्दी शिविरमा पुर्‍याइएको छ । अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु फासिस्ट इजरायली सरकारद्वारा स्वाभिमानी प्यालेस्टाइनी जनतालाई उनीहरूको मातृभूमिबाट हटाउनुका साथै सार्वभौम इरानमाथि भिषण हमला गरिँदैछ । भ्लालिदिमिर जेलेन्स्कीलाई हातमा लिँदै युक्रेन र रुसको बिचमा चरम द्वन्द्व सिर्जना गरिएको छ । इरानका सर्वोच नेता खामेनीसहित ठुलो सङ्ख्यामा उच्च अधिकारीको हत्या गरिएको छ । प्रगतिशील लेखक सङ्घ, नेपाल राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न तथा विश्वभरि चलाउँदै गइरहेको युद्धोन्माद बन्द गर्न जोडदार माग गर्दछ ।

    शनिबार, चैत २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.