• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चोरीपछि सुनौलो हेलमेट फिर्ता


  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
  • एसेन (नेदरल्यान्ड्स), २० चैत । गत वर्ष नेदरल्यान्ड्सको एक संग्राहालयबाट चोरी भएको रोमानियाको दुई हजार ५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट अन्ततः बरामद भएको छ, जसले लामो समयदेखि रहँदै आएको अनिश्चितता अन्त्य गरेको छ । डच अधिकारीहरूले बिहीबार उक्त ऐतिहासिक वस्तु सुरक्षित रूपमा फिर्ता ल्याइएको जानकारी दिएका छन् ।

    Advertisement

    पूर्वी डच सहर एसेनमा आयोजित पत्रकार सम्मेलनमा कडा सुरक्षाबीच अभियोजकहरूले डेसिया सभ्यतासँग सम्बन्धित कोटोफेनेस्टी हेलमेट सार्वजनिक गरेका हुन् । अभियोजन सेवाकी कोरिएन फाहनरले हेलमेट फिर्ता हुनु अत्यन्तै सुखद उपलब्धि भएको उल्लेख गर्दै यो प्रक्रिया निकै उतारचढावपूर्ण रहेको बताउनुभयो ।

    उक्त हेलमेट जनवरी २०२५ मा ड्रेन्ट्स संग्राहालयमा आयोजना गरिएको छ महिनाको प्रदर्शनीको अन्तिम सप्ताहन्तमा चोरी भएको थियो । चोरहरूले तीनवटा सुनौलो हातमा लगाउने गहना (आर्मब्यान्ड) सहित संग्राहालयमा प्रवेश गरी हेलमेट लुटेका थिए । घटनापछि यसको ऐतिहासिक महत्व र विशिष्ट बनावटका कारण बेच्न कठिन हुने भएकाले पगालिएको हुन सक्ने आशंका गरिएको थियो ।

    चोरीसँग सम्बन्धित आरोपमा पक्राउ परेका तीन जनासँग अभियोजकहरूले गरेको सम्झौताअन्तर्गत हराइरहेका तीनमध्ये दुई आर्मब्यान्ड पनि बरामद भएका छन् । ती अभियुक्तहरूको मुद्दा यसै अप्रिलमा सुरु हुने जनाइएको छ । बाँकी एक आर्मब्यान्डको खोजी भने अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।
    बरामद गरिएको हेलमेट पूर्ण रूपमा अक्षुण्ण अवस्थामा भने छैन । ड्रेन्ट्स संग्राहालयका निर्देशक रोबर्ट भ्यान ल्याङका अनुसार यसमा केही सामान्य दाग देखिए पनि स्थायी क्षति भने नभएको स्पष्ट पार्नुभयो । आर्मब्यान्डहरू भने राम्रो अवस्थामा फेला परेका छन् ।

    अनुसन्धानका क्रममा सार्वजनिक गरिएको सुरक्षा भिडियोमा चोरहरूले घरमै बनाइएको विस्फोटक र स्लेजह्यामर प्रयोग गरी संग्राहालयको ढोका फुटाएर प्रवेश गरेको देखिन्छ । त्यसपछि उनीहरूले लक्षित वस्तुहरू लिएर फरार भएका थिए ।

    यो घटनाले नेदरल्यान्ड्स र रोमानियाबीच कूटनीतिक तनावसमेत सिर्जना गरेको थियो । रोमानियाका न्याय मन्त्री राडु मरिन्स्कुले यसलाई ‘राज्यविरुद्धको अपराध’ भन्दै चोरी गरिएका सम्पदा फिर्ता ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको थियो ।

    अब हेलमेट फिर्ता भएसँगै दुबै देशका लागि महत्वपूर्ण सांस्कृतिक सम्पदा पुनः सुरक्षित भएको छ, यद्यपि यसको पूर्ण पुनःस्थापना र बाँकी वस्तुको खोजी कार्य अझै जारी रहनेछ ।

    शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.