काठमाडौँ । काठमाडौँ गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरी घर भएका २३ वर्षीय सुदिप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङका अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङ घर भएका २६ वर्षीय दिलीप राई छन् ।
उनीहरूलाई ब्लु बुक नवीकरण लगायतको काममा सहजीकरण गरिदिने नाममा यात्रुलाई हैरानी गरेको आरोपमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।