• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्थानीय उत्पादनलाई बजार अभाव


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ), १५ चैत । बागलुङमा लाग्ने चैतेदशैँ मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् । मेला सुरु हुनुअगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जालगायत देशैभरबाट व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् ।

    Advertisement

    आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो, मुडा, काठको ठेकी, मदानीसहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा यही चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ताकपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादनतिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आउनुभएका लिलबहादुर चुँदाराले बताउनुभयो ।

    आफू ३७ वर्षदेखि निरन्तर चैतेदशैँ मेलामा ठेकी बिक्रीका लागि आएको भन्दै उहाँले पछिल्लो एक दशकमा व्यापार निकै कम भएको बताउनुभयो । पहिले गाउँमा धेरैले वस्तुभाउ पाल्ने, दूध, दही र मही बनाउने गरे पनि हिजोआज बजारबाटै दूध किनेर उपभोग गर्न थालेपछि काठका ठेकी र मदानी बिक्री हुन छोडेको चुँदाराले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले वर्षभरि गाउँमा ठेकी, मदानीलगायत थुप्रै काठका सामान बनाउने र चैतेदशैँमा लिएर बिक्री गर्थ्यौँ, बिक्री पनि धेरै हुन्थ्यो, कमाइ पनि राम्रै हुन्थ्यो, त्यही कमाइले वर्षभरि परिवार चलाउँथ्यौँ, अहिले त दिनभरि कुरेर बस्यो, पाँच–सातवटा पनि बिक्री हुँदैन, आउने जाने भाडा पनि नउठ्ला भन्ने चिन्ता छ ।”

    कास्कीको माछापुछ्रेबाट चोयाको डालो बिक्रीका लागि आउनुभएका तुलमान गुरुङले प्लास्किटका भाडाँकुँडाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको बताउनुभयो ।

    विगत २२ वर्षदेखि चैतेदशैँ  मेलामा डाली बिक्री गर्न आएको भन्दै तीन वर्षदेखि व्यापार निकै कम भएको उहाँको भनाइ छ । व्यापार गर्न आउँदा गाडी भाडा नै हजारौँ तिर्नुपरेको भन्दै उहाँ मेला सकिँदासम्म बिक्री नहुँदा सित्तैमा दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।

    “यो मेला पनि पहिलेको जस्तो रमाइलो छैन, उतिबेला सबै गाउँ ठाउँमा नाचगान हुन्थ्यो, अहिले त केके गराए यस्तो ?, न व्यापार राम्रो हुन्छ”, गुरुङले भन्नुभयो, “पहिले गाउँमा भएका सबै उत्पादन बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलाभन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ ।”

    बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाबाट हरेक वर्ष १५/२० जना स्थानीय डालो बिक्रीका लागि आउने गर्छन् । यसपालि पनि आएका छन् । तर अघिल्लो वर्ष व्यापार कम हुँदा यसपालि पहिलेको जति व्यापारी आएनन् । मेलामा स्थानीय उत्पादन बिक्रीमात्रै गर्न व्यवस्थापन मिलाउनुपर्ने चन्द्रबहादुर विकले बताउनुभयो । पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति नागरिकको आकर्षण बढी भएको हुँदा मौलिक सीप र सामानले बजार नपाएको उहाँले गुनासो गर्नुभयो ।

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • २.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ३.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ४.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ५.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ६.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ७.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ८.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.