• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गल्ती नेकपाका सदस्यको वा नेतृत्वको सम्झौतापरस्त दृष्टिकोणको ?


  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    कामरेड प्रचण्डले उनीहरूका पचास प्रतिशत सदस्यले घण्टीमा भोट हालेको बताउँदै उनीहरूका विरुद्ध कारबाही गर्ने बताएका छन् । उनीहरूका पचास प्रतिशत सदस्यले नै घण्टीमा भोट हालेका थिए भन्ने प्रचण्डको भनाइमा कति सत्यता छ ? त्यो त निश्चित रूपमा भन्न सकिन्न तैपनि उनको त्यो भनाइबाट नेकपाका सदस्यको एउटा ठुलो सङ्ख्याले घण्टीमा भोट हालेको कुराको अनुमान गर्न सकिन्छ ।
    नेकपाका धेरै सदस्यले घण्टीमा किन भोट हाले र त्यसको कारण के हो ? त्यो पनि एउटा गम्भीर र विचारणीय प्रश्न हो । त्यसका लागि नेकपा वा त्यो बेलाको माओवादीको नेतृत्व नै जिम्मेवार भएको कुरा सजिलैसित अनुमान गर्न सकिन्छ ।

    नेकपाको नेतृत्वले सुरुदेखि नै कथित स्वतन्त्र पार्टीप्रति सम्झौतापरस्त नीति अपनाउँदै आएको थियो । उनीहरूले त्यो सङ्गठनसित गठबन्धनको नीति मात्र अपनाएका थिएनन् तर नेपालको वैध नागरिकतासमेत नभएको र अमेरिकी पासपोर्ट र नागरिकतासमेत भएको त्यो सङ्गठनको सभापतिलाई उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनाएका थिए । जब त्यो सङ्गठनका सभापतिसित सम्बन्धित सहकारी रकमको हिनामिना र ठगीको कुरा उठ्यो, उनले उनी पूरै निर्दोष भएको दाबीसमेत गरेका थिए ।

    अब यो कुरा दिनको उज्यालोजस्तै छर्लङ्ग भएको छ कि कथित स्वतन्त्र पार्टी नेपालमा अमेरिकाको साम्राज्यवादी रणनीति पूरा गर्न नै गठन भएको थियो र त्यसले अमेरिकाको मदतमा नै चुनावमा भारी बहुमत प्राप्त गरेको थियो तर प्रचण्डले, जसले आफूलाई नेपालको सबैभन्दा सच्चा कम्युनिस्ट भएको दाबी गर्दछन्, उनले नै अमेरिकी साम्राज्यवादद्वारा परिचालित एउटा राजनीतिक शक्तिप्रति सही दृष्टिकोण अपनाउने कुरा त परै छ, त्यसप्रति मेलमिलापको नीति अपनाए । त्यसको परिणाम यो भयो कि उनको सङ्गठनभित्र उनका कार्यकर्ता वा सदस्यमा समेत घण्टीप्रति व्यापक भ्रम पैदा भयो र चुनावमा उनीहरूले ठुलो पैमानामा त्यसलाई भोट दिए । यसरी उनको सङ्गठनमा आएको त्यस प्रकारको विचलनका लागि स्वयम् त्यसको नेतृत्व नै जिम्मेवार भएको कुरा स्पष्ट छ । के त्यसबारे त्यसको नेतृत्वले पुनर्विचार गरेर आफ्नो गलत नीतिमा सुधार गर्ला ?

    कथित स्वतन्त्र पार्टीप्रति त्यही प्रकारको सम्झौतापरस्त नीति ओलीको नेतृत्वमा एमालेले पनि अपनाएको थियो । प्रचण्ड र ओली दुवैले त्यही प्रकारको राजनीतिक गल्ती गरेका थिए । उनीहरूको त्यस प्रकारको गल्तीबाट पूरै राजनीतिमा धेरै नै ठुलो असर परेको थियो । त्यसले गर्दा पनि देशमा अमेरिकी साम्राज्यवाद र त्यसको पक्षमा काम गर्न देशमा देखा परेको कथित स्वतन्त्र पार्टीको पक्षमा भ्रम पैदा गर्न पनि धेरै मदत पुगेको थियो

    प्रचण्ड वा ओलीले ‘स्वतन्त्र पार्टी’ प्रति जुन सम्झौताप्ररस्त दृष्टिकोण अपनाएका थिए, त्यसका मूलमा उनीहरूको अमेरिकी साम्राज्यवादप्रतिको सम्झौतापरस्त दृष्टिकोणले नै काम गरेको थियो । उनीहरूले यो सोचेका थिए, अमेरिकी साम्राज्यवादको त्यसरी सेवा गरेर उनीहरू लामो समयसम्म सत्तामा रहन सक्नेछन् तर त्यो उनीहरूको अवसरवादी सोचाइ थियो । त्यसका साथै त्यो उनीहरूको अदूरदर्शितापूर्ण सोचाइ पनि थियो । अन्तमा अमेरिकाले उनीहरूलाई विस्थापित गर्ने नीति अपनायो । त्यो कुरा व्यवहारबाट नै प्रस्ट भइसकेको छ ।

    उनीहरूलाई मुख्य रूपले भ्रष्टाचार र कुशासनको नाममा विस्थापित गर्ने कार्य गरियो । जेनजीले निश्चय नै भ्रष्टाचार र कुशासनका विरुद्ध इमानदारिपूर्वक सङ्घर्ष गरेका थिए तर कथित जेनजीको भ्रष्टाचारको अन्त्य गर्ने कुरासित कुनै सम्बन्ध थिएन । यदि त्यसो भएको भए अरबौँ रुपैयाँ सहकारी रकमको हिनामिना गर्ने वा गृहमन्त्री भएको बेलामा ठुलो भ्रष्टाचार गरेर राष्ट्रिय परिचयपत्र विदेशी कम्पनीलाई ठेक्का दिने व्यक्तिलाई समर्थन गर्ने थिएनन् ।

    अमेरिकी साम्राज्यवाद वा त्यसको पक्षमा काम गर्ने तत्त्वलाई कसले भ्रष्टाचार गर्दछ वा गर्दैन ? त्यो मुख्य कुरा थिएन । अमेरिकी साम्राज्यवादका लागि कसले अन्धाधुन्ध प्रकारले त्यसको रणनीति पूरा सहयोग गर्ने काम गर्छ वा गर्दैन ? त्यो मुख्य कुरा थियो । प्रचण्ड ओली वा कङ्ग्रेसले उनीहरूप्रति सम्झौतापरस्त नीति अपनाए पनि उनीहरूले एक चीनको नीतिलाई समर्थन गर्थे र स्वतन्त्र तिब्बतको नीतिलाई समर्थन गर्दैनथे । त्यसैले अमेरिकाको दृष्टिकोणमा उनीहरू ढुलमुल तत्त्व थिए । त्यसैले अमेरिकी साम्राज्यवादले उनीहरूलाई विस्थापित गर्ने नीति अपनायो र उनीहरूको ठाउँमा पूरै नै त्यसद्वारा परिचालित तत्त्वलाई अगाडि ल्यायो । अहिले जसरी घोषित रूपले नै स्वतन्त्र तिब्बत पक्षधर तत्त्व अगाडि आएका छन् । त्यसबाट अमेरिकाको रणनीतिको सेवा गर्न कुन प्रकारका तत्त्वको आवश्यकता थियो ? त्यो कुरा छर्लङ्ग भएको छ ।

    नेका एउटा बुर्जुवा पार्टी हो । त्यसकारण त्यसले अमेरिकी साम्राज्यवादप्रति अपनाएको साम्राज्यवादपरस्त नीति एक प्रकारले सामान्य कुरा थियो भन्न सकिन्छ तर जसले आफूलाई सच्चा कम्युनिस्ट वा कम्युनिस्ट आन्दोलनको मूलधार बताउँछन् । उनीहरूले अपनाएको साम्राज्यवादपरस्त नीति अक्षम्य अपराध हो । त्यसबाट देशलाई अमेरिकी साम्राज्यवादद्वारा परिचालित वा ‘स्वतन्त्र तिब्बत’ पक्षधर तत्त्वलाई सत्तामा आउन मात्र मदत पुगेन तर त्यस प्रकारको नीति स्वयम् उनीहरूका लागि पनि आत्मघाती बन्न पुग्यो ।

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.